अनि मैले आफैँलाई भनेँ- अब गाउँमै बस्छु!
गाउँमा रहेको चौपारिको चिया पसलमा बेलुकीपख हल्काफुल्का गफगाफ चलिरहेको थियो। रेडियोमा पुराना गीत बजिरहेको थियो र गाउँका केही बुबा समानका मान्छेहरू चियाको कप हातमा लिएर सुरूप-सुरूप चियाको चुस्की लिँदै थिए। त्यत्तिकैमा एकजनाले अचानक भने, ‘पल्लाघरे साइँलो त भोलि बुटवल जान लाग्यो...
