ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

१४ मिनेट अघि   सेतोपाटी

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ। गएराति  वुल्भ्सलाई ४-० गोलले पराजित गर्दै सिटीले जारी सिजनमा विजयी सुरूवात गरेको हो। मोलिन्युक्स स्टेडियममा एर्लिङ हालान्डले दुई गोल गरे। तिज्जानी रेइजन्डर्स र रायन चेर्कीले एक/एक गोल गरे। खेलको ३४ मिनेटमा...

वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको निधन

२० मिनेट अघि   सेतोपाटी

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ। यस्तै पाँच सय ८५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

४० मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र...

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी ठाउँमा भारी वर्षा हुने

५६ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ।  तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम चलिरहेकाले केही ठाउँमा भारी वर्षाको सम्भावना पनि औंल्याएको छ। आइतबार देशभर...

दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ। निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। यस्तै,...

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

१ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले...

मेला उद्घाटन गर्ने विषयमा झडप, नगुरप्रमुखका टाउकामा लगाइयो १७ टाँका

१ घण्टा अघि   सेतोपाटी

रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्। शनिबार दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँचजना घाइते...

तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। तुइन पुलनजिकै आइतबार बिहान करिब ४ बजेतिर ढुंगासहितको पहिरो खसेर दुवैतर्फी सडक अवरूद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ। ‘बिहान ४ः०० बजेतिर मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुलनजिकै माथिबाट ढुंगा...

चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?

१ घण्टा अघि   सेतोपाटी

जापानी अटोमोबाइल कम्पनी टोयोटासँग नेपालको ५८ वर्ष पुरानो सम्बन्ध छ। व्यवसायी विजय गजानन्द वैद्यले सन् १९६७ मा 'युनाइटेड ट्रेडर्स सिन्डिकेट' भन्ने कम्पनी स्थापना गरेर नेपालका लागि टोयोटाको आधिकारिक बिक्री अधिकार लिएका थिए। उनले पहिलोपटक नेपाल आयात गरेको टोयोटा गाडी 'कोरोला' मोडलको थियो।...

प्रधानमन्त्री ओलीलाई निम्ता दिन भारतीय विदेश सचिव मिश्री आज आउँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्।  परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।  भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास...

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेस युवा क्लबलाई

२ घण्टा अघि   थाहाखबर

ताप्लेजुङ : तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ।​ गतवर्षको उपविजेता सलहेसले ए डिभिजन लिग च्यम्पियन चर्चब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले स्तब्ध पार्दै उपाधि हात पारेको हो। तनावपूर्ण खेलको अन्त्यतिर दुबै टोली १० खेलाडीमा सीमित...

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

२ घण्टा अघि   थाहाखबर

बैतडी : आज भदौ १ गते। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ।  ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको...

पाकिस्तानमा बाढी र पहिरोमा परी ३ सय ४० जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो। जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जंनौं...

इलाममा दुईवटा बेलिब्रिज निर्माणले स्थानीयलाई राहत

८ घण्टा अघि   थाहाखबर

इलाम : इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन्।  सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।  कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका...

युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाए : विप्लव

९ घण्टा अघि   थाहाखबर

कर्णाली : नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन्। अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले युवा जनशक्तिमा भरिएको निराशाले...

यसवर्षको गाईजात्रा पर्व आजबाट सकियो

९ घण्टा अघि   थाहाखबर

भक्तपुर : भक्तपुरमा यहीँ साउन २५ गतेदेखि सुरु भएको गाईजात्रा पर्व आजदेखि विधिवत् रूपमा सम्पन्न भएको छ। जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ सोही गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको हो।  जनैपूर्णिमाको भोलिपल्ट...

भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती– महासचिव पोखरेल

९ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको उनले बताए। पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शुक्रबार केन्द्रीय कार्यालय...

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

९ घण्टा अघि   थाहाखबर

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन्। ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।...

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

९ घण्टा अघि   थाहाखबर

सिन्धुली : जिल्लाको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन्। त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्। आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो। अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा...

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

१० घण्टा अघि   थाहाखबर

हेटौँडा : जिल्लाको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।गएराति ठूलो ढुङ्गा र रूखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।यसैगरी हेटौँडाबाट...

झडपपछि कैलाली कारागारका कैदीबन्दी सार्न थालियो

१० घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिन थालिएको छ। घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अस्पतालबाट उपचार गरी फर्किए पनि थप...

टप इण्ड टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : टप इण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।  आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले पराजित भएको हो। जितका लागि बंगलादेश ए ले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट...

रिबन काट्ने विषयको विवादले कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँचजना घाइते

११ घण्टा अघि   थाहाखबर

रौतहट : कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ।  शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत...

अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

११ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ। बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो। परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङ प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा...