ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्लाही ४ मा गगन थापा २ हजार मतले पछाडि

१८ मिनेट अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै २ हजार मतले पछि परेका छन्।  अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ। अमरेश र गगनबीच...

धनुषा-३ मा निधीलाई १८ हजार मतले पछि पारे रास्वपाका मनिष झाले

१८ मिनेट अघि   सेतोपाटी

धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका मनिष झाले फराकिलो मतान्तर कायम गरिरहेका छन्। पछिल्लो मतपरिणाममा झाले २८ हजार ७११ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधी छन्। उनले ९९४० मत प्राप्त गरेका छन्।...

ललितपुर १मा उदय शम्शेरलाई पछि पार्दै अघि लागे रास्वपाका बुद्धरत्न

२१ मिनेट अघि   सेतोपाटी

ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जनले अग्रता लिएका छन्। रास्वपाका महर्जनलाई यसअघि कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले पछि पार्दै आएका थिए। महर्जनले ७०७१ मत पाउँदा राणाले ७०६४ मत पाएका छन्। उनीहरूबीच ७ मतको मात्रै मतान्तर...

संसदीय निर्वाचन नलड्ने एमाले सचिव राजन भट्टराईको घोषणा

२१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन्। काठमाडौं–४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने बताएका हुन्। उनले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेका हुन्। काठमाडौं–४मा दुई पटक हार व्यहोरिसकेका र अहिले...

कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको पार्टीलाई अग्रता

२६ मिनेट अघि   सेतोपाटी

कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृती पार्टीले अग्रता लिएको छ।  पाँचथर, इलाम २, धनकुटा, भोजपुर, खोटाङ र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन्।  पाँचथरको सुरुआती मतगणनामा श्रम संस्कृतिका हस्तराज शेर्माले अग्रता लिइरहेका छन्।...

सर्लाही ४ मा अमरेशले बढाए मतान्तर

३३ मिनेट अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर रूपमा अगाडि छन्। अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ। अमरेश र गगनबीच १९६६ मतान्तर छ। एमालेका उम्मेदवार अमनिशकुमार यादवको ६४३...

रूपन्देही-४ मा रास्वपाका कन्हैयाले उछिने एमालेका प्रमोदलाई

३५ मिनेट अघि   सेतोपाटी

रूपन्देही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेलाई उछिनेको छ। यहाँ एमालेबाट  प्रमोद यादव उम्मेदवार छन्। सुरूवातदेखि दिउँसोसम्म उनले अग्रता लिँदै आएका थियो। रास्वपाले यहाँ कन्हैया बानियाँलाई उम्मेदवार बनाएको छ। कांग्रेसले आशुतोष मिश्र उम्मेदवार छन्। दिउँसो रास्वपा तेस्रो स्थानमा थियो। एमालेका...

शेखर कोइराला भन्दा रास्वपाकी आचार्य १७ हजार मत अघि

४१ मिनेट अघि   सेतोपाटी

मोरङ क्षेत्र नम्बर ६ का रास्वपा उम्मेदवार रूबिना आचार्य १७ हजार मतले अगाडि छिन्। आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइराला ५२७७ मत प्राप्त गरेका छन्। कोइराला भन्दा रूबिना १७ हजार मतले अगाडि...

'कार्की साइँला' को छायांकनका क्रममा प्राविधिक शम्भु भट्टराईको निधन

५४ मिनेट अघि   सेतोपाटी

नेपाली फिल्मका प्राविधिक (लाइटम्यान) शम्भु भट्टराईको निधन भएको छ। ४७ वर्षीय उनको शुक्रबार धरानमा निधन भएको हो। केही सातादेखि फिल्म 'कार्की साइँला' को छायांकनमा रहेका उनी छायांकनस्थलमै अस्वस्थ भई ढलेपछि निधन भएको बताइएको छ। बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको छायांकन...

चितवन-३ मा सोबिता गौतमले बनाइन् रेनु दाहालसँग दोब्बर बढी मतान्तर

५५ मिनेट अघि   सेतोपाटी

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोबिता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्। उनले १३ हजार ४२९ मत पाएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सोबिता गौतमले ६ हजार ५५७ मत पाएकी छन्। नेकपा (एमाले)का शंकरराज थपलियाले १ हजार ७२६...

गुल्मीका दुबै क्षेत्रमा रास्वपा अगाडि

१ घण्टा अघि   सेतोपाटी

गुल्मीका दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्। क्षेत्र नम्बर १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोबिन्द पन्थीले अग्रता लिइरहेका छन्।  ढकालले ३ हजार ९६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाएका छन्। सुरूदेखि नै अग्रस्थानमा रहेका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाएका हुन्। कांग्रेसका...

रूपन्देही–४ मा एमालेका यादवको अग्रता कायमै

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिएका छन्। निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा...

बालेनले बनाए ओलीसँग १० हजार बढी मतान्तर

१ घण्टा अघि   सेतोपाटी

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन्। बिहीबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका...

भारी मतान्तरले काठमाडौं ८ बाट निर्वाचित भएपछि विजयी जुलुसमा निस्किए विराजभक्त श्रेष्ठ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएपछि उत्सव मनाउन विजयी जुलुसमा निस्किएका छन्।  शुक्रबार श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार...

नारायणकाजी श्रेष्ठभन्दा रास्वपाका नरेन्द्र साह कलवार ८ गुणा मतले अगाडि

१ घण्टा अघि   सेतोपाटी

सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले सुरुआती अग्रता लिएका छन्। कलवारले हालसम्म ५ हजार ४२४ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वनद्वी नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ७ सय २० मत मात्र प्राप्त गरेका छन्।  जारी मतगणनामा...

सिन्धुली–१ मा एमालेको अग्रता कायमै

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सिन्धुली–१ मा नेकपा एमालेले हजार बढी मतले अग्रता लिएको छ। सुरूआती गणनाअनुसार एमालेका प्रदीपकुमार कटुवाल क्षेत्रीले २ हजार ३४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १ हजार ३०० मत ल्याएका छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र...

इलाम-१ मा कांग्रेसका निश्कल राईको अग्रता

१ घण्टा अघि   सेतोपाटी

इलाम-१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। यहाँ कांग्रेसबाट निश्कल राई उम्मेदवार छन्। उनले ३९९ मत पाएका छन्। नेकपा एमालेका काजीमान कागते ३१८ मत सहित दोस्रो स्थानमा छन्। यहाँ श्रम संस्कृति पार्टीका विनोदकुमार लिम्बू चौथो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

२ घण्टा अघि   सेतोपाटी

रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भएका छन्। प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्। साथै यहाँ नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३४६२ ल्याए। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी...

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङ विजयी, घोषणा हुन बाँकी

२ घण्टा अघि   सेतोपाटी

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्। बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका अनुसार कांग्रेसका गुरूङले २ हजार ४१५ मत पाएका छन् भने उनका निकटम...

तीन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता

२ घण्टा अघि   सेतोपाटी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार तीन क्षेत्रमा अघि छन्। इलाम क्षेत्र नम्बर २, पाँचथर र धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। श्रम संस्कृति पार्टीबाट इलाम २ मा सुदीप राईले १ हजार ५०४ मत ल्याएर अघि छन्। धनकुटामा सानबहादुर...

मोरङ–३ मा रास्वपाको अग्रता, कांग्रेशका सुनील शर्मा तेस्रो

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ–३ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले अग्रता कायमै राखेका छन्। रास्वपाका गणेश कार्कीले २ हजार ७८८ मत ल्याउँदा प्रतिस्पर्धी अमीर मगरले २ हजार २०० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सुनीलकुमार...

महावीर पुन ३ हजार भन्दा बढी मतले अगाडि

२ घण्टा अघि   सेतोपाटी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन्। पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत ल्याएका छन्। पुन ३ हजार ४३७ मतले अगाडि छन्। नेपाली कम्युनिष्ट पार्टीका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।  श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत...