ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट

१४ मिनेट अघि   सेतोपाटी

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ।  ५० वर्षको उमेरमा उनको गए राति निधन भएको हो। गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए। गाउँपालिकाका अध्यक्ष...

हर्मुजबाट इरानले कब्जा गर्‍यो दुइटा पानीजहाज

२६ मिनेट अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले बुधबार हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकाले इरानी पानीजहाज कब्जा गरेपछि इरानले हर्मुज खुला भएको...

तराई क्षेत्रमा तातो लहरको सम्भावना

५३ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार ...

जातीय विभेद मुद्दामा पोखराका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कैद सजाय

१ घण्टा अघि   सेतोपाटी

जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै वडा सदस्य मैया नेपालीले...

१० लाख खर्चेर पार्क निर्माण, बाघको प्रतिमा बनाउन साढे तीन लाख

१ घण्टा अघि   सेतोपाटी

पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ। भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो। बेनी नगरपालिका र दाताको सहयोग तथा...

बढ्यो अमेरिकी डलर र युरोको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५० रूपैयाँ ३८ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९...

'गौंथली' बनेकी सुहाना भन्छिन्– मेरो अभिनयको दोस्रो अध्याय सुरू भयो!

१ घण्टा अघि   सेतोपाटी

यसअघिसम्म पर्दामा प्रायः प्रेमकथाका भूमिकामा देखिएकी अभिनेत्री सुहाना थापा यस पटक फरक स्वरूपमा दर्शकमाझ आउँदैछिन्। यही शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' मा उनी गाउँले युवती 'गौंथली' को भूमिकामा छिन्, जसले घरेलु हिंसा र मौन पीडाको कथा बोकेको छ। गुरूप्रसाद...

क्यानडामा आत्मीय बिदाइ पाउँदै फर्कियो नेपथ्य

९ घण्टा अघि   सेतोपाटी

सानो सहर भए पनि दर्शकको भव्य उपस्थितिबीच सांगीतिक प्रस्तुति दिँदै नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ।  अग्रणी लोकरक ब्यान्ड नेपथ्यले दुई साता लामो यात्राको अन्तिम कन्सर्ट शनिबार ओन्टारियो प्रान्तको लन्डनस्थित ‘लन्डन म्युजिक हल’मा गरेको हो।  बाहिरबाट हेर्दा...

भ्रामक समाचार फैलाए कारबाही गर्ने सरकारको चेतावनी

९ घण्टा अघि   सेतोपाटी

सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा 'आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेहरू विरुद्ध' विद्युतीय कारोबार ऐन अनुसार   कार्बाही गर्ने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई...

उल्कापिण्डझैं झिलिक्क चम्केर मिलिक्कै झरेका सुधन गुरूङ!

१० घण्टा अघि   सेतोपाटी

फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर गोरखा–१ बाट उम्मेदवारी दिएका सुधन गुरूङले सुरूदेखि नै गृहमन्त्री हुने तयारी गरेका थिए। उनको त्यो तयारी चुनावी भाषणहरूबाट पनि पुष्टि हुन्छ। उनले चुनावी प्रचार क्रममै आफू गृहमन्त्री बन्न चाहेको आसय...

आफ्नै प्रशिक्षकलाई कुटेपछि तीन क्रिकेटरमाथि आजीवन प्रतिबन्धको खतरा!

१० घण्टा अघि   सेतोपाटी

पुडुचेरीका तीन क्रिकेटरहरू जे. कार्थियेयन, ए. अरविन्दराज र एस. सन्तोष कुमारन लाई पुडुचेरी क्रिकेट संघले ‘सबै प्रकारका क्रिकेट गतिविधि’ बाट निलम्बन गरेको छ। उनीहरूमाथि १९ वर्षमुनिको टोलीका प्रशिक्षकमाथि गम्भीर कुटपिट गरेको आरोप लागेको छ। क्रिकेट संघका अनुसार यी तीन खेलाडीहरूले...

सुधन गुरूङको राजीनामा फिर्ता लिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

१२ घण्टा अघि   सेतोपाटी

पूर्वगृहमन्त्री सुधन गुरूङको राजीनामा फिर्ता लिन माग गर्दै प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्डलमा स्वतन्त्र तथा जेनजी अभियानीहरूले गृहमन्त्री गुरूङको राजीनामा फिर्ता लिन माग गरेका हुन्। मिडिया ट्रायल गरेकै भरमा राजीनामा दिन नहुने उनीहरूको माग छ। राम्रो काम गरिरहेको बेला, जेनजीहरूले...

जाँचबुझ आयोगलाई एक वर्षको म्याद

१२ घण्टा अघि   सेतोपाटी

‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। राजकुमार भण्डारीको अध्यक्षतामा गठन गरिएको पाँच सदस्यीय आयोगलाई सरकारले एक वर्षको कार्यकाल दिएको हो। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय ‘सम्पत्ति छानबिन आयोग’...

काठमाडौंमा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

१२ घण्टा अघि   सेतोपाटी

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर उल्लेख्य रूपमा बढेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर निगरानी संस्थाहरूका अनुसार हाल उपत्यकाको वायु गुणस्तर सूचकांक १८०–१९० भन्दा माथि पुगेको छ, जसलाई 'अस्वस्थ' श्रेणीमा राखिन्छ। विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार बुधबार...

शोभा पाठकले तोडिन् अनसन

१३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकले अनसन तोडेकी छन्। बुधबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाठकलाई जुस खुवाएका हुन्।  पछिल्लो समय पाठकको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो। गृहमन्त्री सुधन गुरूङले राजीनामा...

मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल

१३ घण्टा अघि   सेतोपाटी

आरजु राइस मिलले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै मधेश प्रदेशमा पनि धान उत्पादन सुरू गर्ने सम्भावनाबारे छलफल अघि बढाएको छ। यसअघि मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गर्दै आएको कम्पनीले अब मधेशमा पनि सोही मोडल लागु गर्ने तयारी गरेको हो। आरजु...

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाइएको रिट सर्वोच्चमा दायर

१३ घण्टा अघि   सेतोपाटी

महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाइएको रिट सर्वोच्च अदालतमा दायर भएको छ। बुधबार आठ जना अधिवक्ताले महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन्।  उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ। महान्यायाधिवक्ता कँडेलको नियुक्ति संविधानको धारा १५७ (३)...

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषदको वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। वैशाख १७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान भएको छ।

नेसनल लाइफ इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच सम्झौता

१४ घण्टा अघि   सेतोपाटी

नेसनल लाइफ इन्स्योरेन्स र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच एक सम्झौता भएको छ। कम्पनीले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलब्ध गराउने गरी बुधबार नेसनल लाइफ इन्स्योरेन्स...

कोशीमा कांग्रेसको निर्वाचन समीक्षाः आफ्ना पक्षका सबै नेता जाँदा गएनन् शेखर

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजोआज विराटनगरमै छन्। तर पार्टीले आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी समीक्षामा भने अनुपस्थित रहे। सर्वोच्च अदालतले हालै विशेष महाधिवेशनलाई वैधानिकता दिएको थियो। कोइराला पक्षले पनि सर्वोच्चको आदेश स्वीकार गर्ने निष्कर्ष निकालेको थियो। तैपनि पार्टी संस्थापनइतर पक्ष...

गृहमन्त्री हुनु दुई दिनअघि मात्रै किनेका थिए सुधनले धनकुटाको २० रोपनी जग्गा

१४ घण्टा अघि   सेतोपाटी

सम्पत्ति विवादपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका सुधन गुरूङले धनकुटाको २० रोपनी जग्गा गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै किनेको तथ्य फेला परेको छ। धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका-६ को कार्कीछाप भन्ने ठाँउमा १९ रोपनी १५ आना जग्गा चैत ११...

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र

१४ घण्टा अघि   सेतोपाटी

गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा...

चीनले इरानलाई पठाएको 'उपहार' नियन्त्रणमा लिएको ट्रम्पको दाबी

१४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार सहयोग गरेको हुन सक्ने संकेत गरेका छन्।  मंगलबार सिएनबिसीसँगको एक अन्तर्वार्तामा उनले अमेरिकाले चीनबाट आएको एउटा 'उपहार' सहितको जहाज नियन्त्रणमा लिएको दाबी गरे। 'हामीले हिजो एउटा जहाज समात्यौं। जसमा केही वस्तुहरू थिए, जुन त्यति...

अब छिटोभन्दा छिटो प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्छ– मुख्यमन्त्री शाह

१४ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार अब छिटोभन्दा छिटो प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।  नेपाल पत्रकार महासंघका प्रदेश र कैलाली जिल्लाका पदाधिकारीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री शाहले त्यस्तो कुरा बताएका हुन्।  नेपाली कांग्रेसका नेता समेत रहेका शाहले भदौ २३...