मधेस प्रदेशमा 'अबण्डा' बजेट- समपूरक र विशेष अनुदानको ठूलो रकम खर्च नहुने संकेत
पर्साको परवानीपुर गाउँपालिकाले मधेस प्रदेश सरकारबाट आउने समपूरक र विशेष अनुदानको बजेटबाट कृषि सिँचाइका लागि बोरिङ जडान गर्ने, खानेपानी आयोजना, कज्वे र विद्यालयको पर्खाल बनाउने लक्ष्य राखेको थियो। तर वैशाख ३ गतेसम्म प्रदेश सरकारले योजना कार्यान्वयनका लागि स्वीकृति दिएको छैन। ...
