ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मेलवर्नमा सडकपेटी र पार्क बनाउने धमला

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली नुवाकोटका नवराज धमलाले सन् २००७ को जनवरीमा अस्ट्रेलियाको मेलवर्न गएपछि सुरूमा क्याफे त्यसपछि रेस्टुरेन्टमा काम गरे। झण्डै १ वर्ष क्याफे र रेस्टुरेन्टमा काम गरेपछि उनले कामलाई पूर्ण रूपमा बदले। अर्थात् गरिरहेको कामसँग कुनै सम्बन्ध नभएको काम रोजे। उनले ल्यान्डस्केपिङको काम गरे।...

जुवाको खालबाट ६ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। शनिबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित ललित केसीको घरबाट ६ जनालाई पक्राउ गरेको हो। नगद राखेर हारजीत हुने गरी जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शिशिर केसी,...

वार्ताअघि अमेरिकी र इरानी प्रतिनिधिले छुट्टाछुट्टै भेटे पाकिस्तानी प्रधानमन्त्रीलाई

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुँदैछ। वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डल इस्लामावाद पुगिसकेका छन्। सभामुख मोहम्मद बाघेर गालिबाफ नेतृत्वको इरानी टोली शुक्रबार बेलुकी नै इस्लामावाद पुगेको थियो। उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोली शनिबार बिहान साढे १० बजेपछि...

अस्ट्रेलियाभन्दा त नेपालमै सुख छ!

२ घण्टा अघि   सेतोपाटी

'अस्ट्रेलियाबाट नेपाल हेर्दा नेपाल सुखी देखिन्छ, नेपालबाट अस्ट्रेलिया हेर्दा अस्ट्रेलिया सुखी देखिन्छ, मान्छेको मन कस्तो विचित्रको चिज रहेछ' ! एक जना साथीले म्यासेजमा लेखेर पठाएको यो छोटो संवादले मलाई केहीबेर मौन बनायो। फोनको स्क्रिनमा झल्किएको त्यो वाक्य पढेपछि म निकैबेरसम्म...

चिनियाँ कम्युनिस्ट पार्टीले कसरी निर्णय गर्छ?

२ घण्टा अघि   सेतोपाटी

पुस्तक समीक्षा चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’ केन्द्रीय समितिको पार्टी स्कुलका प्राध्यापक र अनुसन्धानकर्ता शन चुआनलियाङद्वारा लेखिएको किताब हो ‘सीपीसीले कसरी निर्णय लिन्छ?’ यस किताबले सीपीसीको इतिहासदेखि वर्तमान अवस्थासम्मको विकासका सँगै यसले गर्ने निर्णय तथा कार्यशैलीका बारेमा गहन उदाहरणसहित व्याख्या गरेको...

जनताको अधिकार खोस्न खोजिए सदन र सडकबाट प्रतिवाद गर्छौं- प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको हक अधिकार खोस्न खोजिए सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशले शनिबार गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेको सरकारले गर्ने राम्रो कामलाई सकारात्मक...

संगठन एकीकरणको काम हप्ता दिन भित्रै सक्छौं- माधव नेपाल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा सहसंयोजक...

छानबिनका लागि म तयार छु- प्रचण्ड

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।   शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्दै सबै किसिमको छानबिनका...

संघर्षको पीडा र सफलताको उचाइ

३ घण्टा अघि   सेतोपाटी

आजको पुस्ता अवसरले भरिएको छ, तर त्यत्तिकै चुनौतीले पनि घेरिएको छ। प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव, र छिटो सफल हुने चाहनाले धेरै युवाहरूलाई छोटो बाटो रोज्न प्रेरित गरिरहेको देखिन्छ। तर, वास्तविकता के हो भने– सफलता कहिल्यै सजिलो बाटोबाट आउँदैन।...

अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीले कक्षा लिनुपर्ने

४ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीलाई एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गरेको छ। मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि २०८२  जारी गरी अस्पताल सुधारका लागि विभिन्न व्यवस्था गरेको हो। कार्यविधिको जनशक्ति व्यवस्थापन र आचरण खण्डमा कर्मचारीको आचरणबारे उल्लेख...

स्कुल बिदा भए नि आपत!

५ घण्टा अघि   सेतोपाटी

मुलुकभर चैत महिनामा विद्यालयहरूमा बच्चाहरूको परीक्षा सकियो। सबैजसो अभिभावकको चिन्ता बच्चालाई यो बिदामा कसरी सम्हाल्ने? यो भनिरहँदा त विद्यालयलाई ठूलो स्याबासी नै दिनुपर्छ, वर्षभरि विद्यालयमा कसरी बच्चाहरू थमाएर र टिकाएर राखे होलान्। त्यसो त विद्यालयमा प्रशस्त भौतिक पूर्वाधारहरू छन् खेल्ने र रमाउने घरमा त्यो तीन आना...

सीमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

६ घण्टा अघि   सेतोपाटी

सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको छ। कैलाली र कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलमा जनशक्ति थप गरिएको हो। अहोरात्र गस्ती गर्न ३० जनाको टोली बनाएर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले जनाएको छ...

इरानका नयाँ सर्वोच्च नेता खामेनीको शरीरमा गम्भीर चोट

६ घण्टा अघि   सेतोपाटी

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धको पहिलो दिनमै गम्भीर घाइते भएको खुलेको छ। फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलामा परी खामेनी गम्भीर घाइते भएको इरानी अधिकारीहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी र इसराइली...

कुटुम्बको सहकार्यसहित प्रकाश दुतराजले ल्याए 'मनमाया'

६ घण्टा अघि   सेतोपाटी

लोकगायक प्रकाश दुतराजले 'मनमाया' बोलको गीत सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गीतमा यसपटक उनले वाद्यवादनमा चर्चित ब्याण्ड कुटुम्बसँग सहकार्य गरेका छन्।  लोक-फ्युजन शैलीको गीतको भिडिओमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ। गीतमा स्वर प्रकाश र मेलिना...

जहाँ मह काढ्न समेत निषेध छ!

६ घण्टा अघि   सेतोपाटी

'हेर्नेकथा' ले धेरै अगाडि चुम भ्यालीसँग सम्बन्धित धेरै कथाहरू दर्शक माझ ल्याइसकेको थियो।गोरखामा कार्यरत रहेको हिसाबले पनि मलाई चुम भ्याली पुग्न एकदमै मन थियो।मनास्लु हिमाल वरिपरिको सामागाउँ पुगिसकेको म अब गणेश हिमाल वरिपरि पुग्न चाहन्थें।त्यस्तैमा चुनाव अघि फागुनको तेस्रो हप्ता एउटा...

काठमाडौंका सडक किनारामा ढकमक्क फूल (तस्बिरहरू)

७ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ।  महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान सुरू गरेको हो। यस अभियानले...

स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ- महासचिव पोखरेल

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन्। उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे।   नयाँ शक्तिहरू (रवि–बालेन्द्र) बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको...

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी

७ घण्टा अघि   सेतोपाटी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी छ।  प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा...

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्- महासचिव पोखरेल

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन्। सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनले आरोप लगाए।  सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध...

०८२ को पीडालाई ०८३ को सफलताले धोइपखाली गर्नेछौँ- शंकर पोखरेल

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गरेका छन्।  उनले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गरेका हुन्। निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा...

सम्झौता बिनै पुस्तक पसल सञ्चालन, सम्झौता गरिएका पसलले पनि बुझाउँदैनन् भाडा

८ घण्टा अघि   सेतोपाटी

लुम्बिनीस्थित शान्ति दीप अगाडि सम्झौता बिना पुस्तक पसल सञ्चालन गरेको पाइएको छ। पछिल्ला सात आठ वर्षौंदेखि शान्ति दीपको अगाडि पूर्वतर्फ सिम्बोलिक पेभिलियोन भवनमा विकास कोषको सम्झौता बिना नै पुस्तक पसल सञ्चालन हुँदै आएको पाइएको हो। लुम्बिनी विकास कोषका अनुसार पुस्तक पसल श्री...

स्मार्ट उद्योगको युगमा नेपाल

८ घण्टा अघि   सेतोपाटी

नेपालको आर्थिक विकास, दीर्घकालीन र दिगो समृद्धिको आधार भनेको बलियो औद्योगिक संरचना हो भन्ने यथार्थ हामीले अझै पर्याप्त रूपमा आत्मसात गर्न सकेका छैनौं। रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरण आदिका सबैको केन्द्रमा उद्योग नै हुन्छ। नेपालको दिगो आर्थिक...

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानी लडाकू विमानको तीन घन्टा 'एस्कर्ट'!

८ घण्टा अघि   सेतोपाटी

अमेरिकासँग वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन्। तेहरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची, सुरक्षा परिषद सदस्य अली अकबर, केन्द्रीय बैंकका गभर्नर अब्दुलनसिर हेमाती तथा सुरक्षा, राजनीतिक, सैन्य, आर्थिक र कानुनी क्षेत्रका अधिकारीहरू सहभागी रहेको...

अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारी जाँदा विमानस्थलमा थप कागजात पेस गर्नुपर्दैन

९ घण्टा अघि   सेतोपाटी

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले विमानस्थलमा अनावश्यक थप कागजात तथा बिल/रसीद पेश गर्न नपर्ने स्पष्ट पारेको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागको अघिल्लो सूचनापछि उत्पन्न अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन...