ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सेयर बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने

१ मिनेट अघि   सेतोपाटी

अब सेयर बजार बन्द भएपछि पनि किनबेच आदेश (अर्डर) हाल्न मिल्ने भएको छ। धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबारसम्बन्धी विनियमावली संशोधन स्वीकृत गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आउने भएको हो।  धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रस्ताव...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कांग्रेस संसदीय दल नेतामा को हुन् गगन र देउवा पक्षका उम्मेदवार?

३२ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन सकिएको एक महिना भइसक्यो। ३८ सांसद रहेको नेपाली कांग्रेसले अझै संसदीय दल नेता चयन गर्न सकेको छैन। कांग्रेस नेताहरूका अनुसार संसदीय दल नेता चयन प्रक्रिया सुरू गर्न अझै तीन-चार दिन लाग्न सक्छ। सरकारले केही दिनभित्रै यो अधिवेशन...

मन्त्रिपरिषद् बैठक जारी

३७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ। अरू दिन बैठक आह्वान...

मन्त्रिपरिषद् हेरफेर

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि तेस्रो वरीयता रहेका गृहमन्त्री सुधन गुरूङ अहिले पाँचौं नम्बरमा छन्। यस्तो छन् मन्त्रीहरू मर्यादाक्रम-  

भ्यासलिनको 'ग्लुटा–ह्या' नेपाली बजारमा, गुलाबी कार्पेटसहित सडक अभियान

५८ मिनेट अघि   सेतोपाटी

युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो उत्पादन भ्यासलिन ग्लुटा–ह्या लाई नेपाली बजारमा 'शोस्टपर स्किन' नामक कार्यक्रममार्फत सार्वजनिक गरेको छ। सामान्य ढाँचालाई तोड्न र जिज्ञासा जगाउन तयार गरिएको यो शोस्टपर स्किन कार्यक्रमले परिचित सार्वजनिक स्थानहरूलाई दृश्यात्मक अचम्मको नजारामा परिणत गर्‍यो। कुनै पूर्व...

पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौं- स्वास्थ्य मन्त्री

१ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी...

सरकारले ६ देशका राजदूतलाई भन्यो– एक महिनाभित्र फिर्ता हुनू

१ घण्टा अघि   सेतोपाटी

सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ। यसअघिको सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा....

सेयर ब्रोकरलाई पनि कारबाही भए लगानीकर्ताको सेयर के हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई केही महिना निलम्बन गर्ने खबर सार्वजनिक भएको छ।  सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको...

सिद्धार्थ बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले इन्फरमेसन सेक्युरिटी एनालिस्ट, बिजनेस इन्टेलिजेन्स एनालिस्ट, डिजिटल पेमेन्ट अप्रेसन र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो। इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा आवेदन दिने इच्छुकले आइटी कम्प्युटर इन्जिनियरिङ/इलेक्ट्रिक इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा...

नेपाल टेलिकमको सेवामा सुधार– डाटा सकिँदा स्वतः पैसा नकाटिने

१ घण्टा अघि   सेतोपाटी

नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो।...

नेपालमा विदेशी फिल्म नेपालीभन्दा ६६ प्रतिशत बढी रिलिज

२ घण्टा अघि   सेतोपाटी

यस वर्ष फिल्म प्रदर्शनको तथ्यांक नेपालीभन्दा विदेशी फिल्मको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ। २०८२ को बैशाखदेखि चैतसम्ममा ९३ वटा विदेशी फिल्म प्रदर्शनमा आएका छन्। जबकि नेपाली फिल्म ५६ वटा मात्र रिलिज भए। यसअनुसार विदेशी फिल्मको संख्या नेपालीभन्दा करिब ३७...

ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कपिलवस्तु प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई नियन्त्रणमा लिएको छ। शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले ड्युटीमा खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब...

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। एसपी मनोहरप्रसाद भट्टका अनुसार गैरकानुनी रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको सूचना पाएको थियो। सूचनाको आधारमा खटिएको टोलीले सोमबार चार...

प्रितिको यात्रा अब कम्बोडियन क्लबबाट

२ घण्टा अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले अब कम्बोडियन महिला लिग खेल्ने भएकी छिन्।  उनले कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ एफसीसँग आगामी सिजनका लागि सम्झौता गरेकी हुन्।  क्लबले कम्बोडियाको शीर्ष डिभिजनको लिग कम्बोडियन वुमन्स लिग खेल्छ।  प्रिति २०२६...

गृहमा सेन्ट्रल कमान्ड सिस्टम स्थापना गरिने

२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले सेन्ट्रल कमान्ड सिस्टम स्थापना गर्ने भएको छ। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रभावकारीता ल्याउन गृह मन्त्रालयमा सेन्ट्रल कमान्ड सिस्टम स्थापना गर्न लागेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार कमान्ड सिस्टमबाट सबै जिल्ला प्रशासन कार्यालय, जिल्ला...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।  सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय...

कराते स्टार एरिकालाई जापानिज ब्रान्डको प्रायोजन

२ घण्टा अघि   सेतोपाटी

विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दो ले नेपाली खेलकुदको ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ।  कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्। प्रायोजन अन्तर्गत...

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक तय भएको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद...

मण्डला थिएटरमा 'अतिरञ्जन को मनोरञ्जन' (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नेपाली नाटक 'अतिरञ्जनको मनोरञ्जन' नियमित मञ्चन भइरहेको छ। वैशाख १३ सम्म प्रदर्शन हुने यो नाटकका लेखक संयोग गुरागाईं तथा निर्देशक सागर खाती कामी हुन्। ‘अति’ आखिर कहिले ‘अति’ हुन्छ? के अति राम्रो हुनु सधैं राम्रो नै...

इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको धम्की

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिएका छन्।  ट्रम्पले मंगलबार सम्ममा ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्। उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न...

गृहमन्त्री गुरूङ किन जाँदैछन् रोशी?

४ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङ रोशी–कलाँती क्षेत्र जाँदैछन्। उनी मंगलबार १० बजे काभ्रेको पनौती नगरपालिकाभित्र पर्ने रोशी क्षेत्र जान लागेका हुन्। २०८१ असोज १० देखि १२ गतेसम्मको भेलबाढीले रोशी–कलाँती क्षेत्र तहसनहस पारेको थियो। मापदण्डविपरीतका ढुंगा खानी, क्रसर उद्योगका कारण त्यस क्षेत्र प्रभावित...

आज यी स्थानमा छ वर्षाको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ। मंगलबार बिहान देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेकोछ। मंगलबार दिउँसो देशका पहाडी तथा...