यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्। उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको...
