ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेले किन बोलायो सचिवालय बैठक?

२२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बस्न लागेको हो। आज बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुनेछ। त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक...

सेयर लगानीकर्ताले दुई दिनमा गुमाए २ खर्ब रूपैयाँ!

२६ मिनेट अघि   सेतोपाटी

नयाँ सरकार गठनपछि सेयर बजार लगातार उच्चले घटिरहेको छ। नयाँ सरकार बनेपछि दुई दिन खुलेको बजार दुवै दिन घट्यो। यो दुई दिनमा नेप्सेले ११८ अंक गुमाएको छ। लगानीकर्ता छोटेलाल रौनियार यो अवस्थालाई बजारले सरकारलाई नरूचाएको अर्थमा लिन नहुने बताउँछन्। 'निर्वाचनको परिणामपछि पनि सेयर...

हर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट इरानले शुल्क उठाउने

३६ मिनेट अघि   सेतोपाटी

इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ। सोमबार इरानको संसदीय समितिले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो। यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) निकट फार्स न्युज एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षा...

काठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।  भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा...

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१ घण्टा अघि   सेतोपाटी

चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सुचारु भएको छ। गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो। क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले...

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

लेबननमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका तीन जना शान्ति सैनिक मारिएका छन्। सोमबार दक्षिणी लेबननमा शान्ति सैनिक सवार एउटा गाडीमा आक्रमण हुँदा २ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उक्त विस्फोट कसले गराएको भन्ने...

आज कहाँ-कँहा छ वर्षाको सम्भावना?

२ घण्टा अघि   सेतोपाटी

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार मुलुकका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागका केही...

आज कति पुग्यो अमेरिकी डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

३ घण्टा अघि   सेतोपाटी

भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बांगोटिंगो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ।...

१०० कार्यसूची कार्यान्वयन गर्न ११ कानुन ल्याउँदै बालेन सरकार

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयन गर्न ११ वटा कानुन निर्माण र संशोधन गर्ने भनेको छ। मन्त्रिपरिषदको शुक्रबारको बैठकले पारित गरेको उक्त कार्यसूची अनुसार नयाँ कानुन तर्जुमा र संशोधनका लागि डेढदेखि तीन महिना समय तोकिएको...

आइसिसी च्यालेञ्ज ट्रफीको दोस्रो चरणको टोलीबाट सीतासहित १२ खेलाडी आउट

११ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले अप्रिलमा रवाण्डमा हुने आइसिसी वुमन्स च्यालेञ्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको टोली घोषणा गरेको छ।  प्रारम्भिक टोलीमा रहेका  सिता रानामगर, राजमती ऐरी, खुसी डङ्गोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा...

चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट, चराबाट फैलिएको आशंका

१३ घण्टा अघि   सेतोपाटी

बर्डफ्लु रोग पुष्टि भएपछि चितवनका दुई व्यावसायिक फार्मका १८ हजार बढी कुखुरा नष्ट गरिएको छ। भरतपुर-४ स्थित एउटा लेयर्स कुखुरा फार्म र एउटा लोकल कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजयकुमार...

कर्णालीका मुख्यमन्त्रीले मन्त्री र सचिवलाई भने- पुरानो शैलीलाई सुधार्नुस्

१३ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले...

धादिङमा गाडी पल्टिँदा ८ जना घाइते

१३ घण्टा अघि   सेतोपाटी

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहस्थित कालु पाण्डे सडक खण्डमा गाडी पल्टिँदा चालकसहित ८ जना घाइते भएका छन्। सोमबार साँझ ४ बजे धादिङबेँसीबाट नलाङतर्फ जाँदै गरेको ग.१ ज.६०४९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार...

१४ वर्षीया बालिकाको शव जंगलमा फेला

१३ घण्टा अघि   सेतोपाटी

दाङमा एक १४ वर्षीया बालिका मृत फेला परेकी छन्।  जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बबई गाउँपालिका – ३ हंसपुरकी १४ वर्षीया अनु खत्री सोमबार स्थानीय सल्लीकोट सामुदायिक वनमा मृत फेला परेकी हुन्। खत्रीको शव बबई – ४...

इन्धन मूल्यवृद्धिले निगमको घाटा बढाउँदै

१३ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दा नेपाल आयल निगमको घाटा बढ्ने संकेत देखिएको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले भारतबाट प्रशोधित तेल आयात गरी बिक्री–वितरण गर्दै आएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल किन्छ। निगमले पूर्ण स्वचालित...

३० हजार घुस लिएको आरोपमा खाद्य प्रविधिको सहायक सञ्जय चौधरी अख्तियारको नियन्त्रणमा

१३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत सञ्जय चौधरीलाई ३० हजार रूपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि अन्तर्गत अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक चौधरीलाई अख्तियारले सोमबार नियन्त्रणमा लिएको हो। उनले...

इरानको तेल कब्जा गर्ने ट्रम्पको चाहना

१३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानको तेल कब्जा गर्न चाहेको बताएका छन्। आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा आफ्नो प्राथमिकता तेल कब्जा गर्नु नै हुने बताएका छन्। उनले इरानको खर्ग टापुको निर्यात केन्द्रलाई नियन्त्रणमा लिन सक्ने पनि जनाएका छन्। इरानले निर्यात गर्ने...

रास्वपा अनुशासन आयोगले भन्यो- प्रधानमन्त्री, मन्त्रीलाई बधाई दिन भीडभाड नगर्नू

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले मन्त्रालयमा अनावश्यक भीडभाड नगर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निर्देशन दिएको छ। पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार गठन भएपछि विभिन्न मन्त्रालयमा पुगेर नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने, खादा तथा फूलमाला लगाउने,...

राष्ट्रपतिले आह्वान गरे दुवै सदनको अधिवेशन

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।  राष्ट्रपतिले चैत...

लुम्बिनी एमाले सांसद रेखा कुमारीलाई ३ दिन हिरासतमा राख्न अनुमति

१४ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार न्यायाधीश नवराज दुलालको इजलासले शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुरमा अनुसन्धान सरकारी वकिलको कार्यालयले...

एसइई दिएका विद्यार्थी केन्द्रित ब्रिजकोर्स र तयारी कक्षा रोक्ने निर्णय भएको हो- शिक्षामन्त्री पोखरेल

१४ घण्टा अघि   सेतोपाटी

शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा रोक्ने निर्णय गरिएको बताएका छन्।  सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै...

ओली-लेखकको रिटमा सर्वोच्चले सोध्यो– जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने पूर्वअवस्था के थियो?

१४ घण्टा अघि   सेतोपाटी

भदौ २३ को घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणका दुईवटै रिटमा सर्वोच्च अदालतले 'जरूरी पक्राउ पुर्जी' जारी गर्नुपरेको पूर्वअवस्थाबारे जबाफ मागेको छ। ओली र लेखकको रिटमाथि सोमबार छुट्टाछुट्टै सुनुवाइ भएको थियो। ओलीको रिटमा न्यायाधीश मेघराज...

मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिन राति बन्द हुने

१४ घण्टा अघि   सेतोपाटी

मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ।  हाल भइरहेको सडक स्तरोन्नति कार्यका लागि चैत १७ गतेदेखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी...