ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नवलपरासीको बर्दघाटमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

११ मिनेट अघि   सेतोपाटी

नवलपरासीको बर्दघाटमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार गए राति पौने १ बजेतिर बर्दघाट नगरपालिका वडा नं. ४ घिउ खोलामा ट्रक, बस र पिक अप ठोक्किएर दुर्घटना भएको थियो। प्रहरीका अनुसार...

वरिष्ठ अधिवक्ता भट्टराईले भने– ओलीको पक्राउमा कानुनी प्रक्रिया र विषय दुवै मिलेको छैन

२९ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएको पक्राउ गैरकानुनी भएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्ने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन्। 'ओलीलाई गरिएको गिरफ्तारी कानुनी रूपमा पनि मिलेको छैन। अब कानुनी लडाइँ प्रारम्भ हुन्छ। सम्भवत: भोलि आइतबार सर्वोच्च अदालतमा...

ओली–लेखक पक्राउ परेपछि के भने हर्क साम्पाङले?

३६ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा शनिबार बिहानै पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले राजनीतिक प्रतिशोधतर्फ संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जसले जिते पनि राजनीतिक प्रतिशोध हुने भनेर आफूले यसअघि...

ओलीलाई लगियो अस्पताल (तस्बिरहरू)

३९ मिनेट अघि   सेतोपाटी

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पताल लगेको छ।  गुण्डुबाट नियन्त्रणमा लिएर उनलाई शनिबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय भद्रकाली ल्याइएको थियो।  उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको हो। स्वास्थ्य जाँचपछि पुनः प्रहरी परिसरको कार्यालय ल्याइनेछ।  आज शनिबार परेकाले...

एमाले नेताहरू भन्छन्– सरकार प्रतिशोधको बाटोमा गयो

४५ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेताहरूले सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटातर्फ अग्रसर भएको बताएका छन्। भदौ २३ को जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान निवासबाटै पक्राउ परेपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रतिशोध, निषेध र द्वन्द्वको...

ओली र लेखकसँगै पूर्वआइजिपी खापुङलाई किन गरिएन पक्राउ?

५६ मिनेट अघि   सेतोपाटी

भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलाई भने पक्राउ गरिएको छैन। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शुक्रबार गरेको निर्णय अनुसार पूर्वआइजिपी...

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने - राजनीति र कानुनी लडाइँ तयार छु

५८ मिनेट अघि   सेतोपाटी

पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार विहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। 'राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको...

गुण्डुदेखि भद्रकाली, प्रहरीले यसरी ल्यायो ओलीलाई (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर कार्यालयमा ल्याइएको छ।  शनिबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरी ओलीलाई परिसरको कार्यालयल ल्याइएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।  आज शनिबार परेकाले थप अनुसन्धानका लागि म्याद थप लगायतका प्रक्रिया...

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले...

ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भनेर ओलीलाई थमाइएको थियो जरूरी पक्राउ पुर्जी

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। पूर्व प्रधानमन्त्री रहेका ओलीलाई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएको छ। अहिले उनलाई उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइँदै गरेको एसएसपी रमेश थापाले...

ओली–लेखक प्रक्राउपछि गृहमन्त्रीले भने– प्रतिशोध होइन न्यायको सुरूआत

२ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले कसैप्रति प्रतिशोध नसाँधिएको बताएका हुन्। ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं।...

पक्राउ परे अध्यक्ष ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको एक प्रहरी अधिकारीले जानकारी...

पक्राउ परेका रमेश लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै

२ घण्टा अघि   सेतोपाटी

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्। शनिबार बिहानै पक्राउ परेका उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको एक अधिकृतले जानकारी दिए। गत भदौ २३ जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले...

ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि ओलीले बोलाए दुई वरिष्ठ अधिवक्ता

२ घण्टा अघि   सेतोपाटी

ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका छन्। वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका हुन्। नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी अधिकारीहरू पुर्जीसहित आएको जानकारी दिइन्। अध्यक्ष ओलीले केही...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्। गत भदौ २३ जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्व मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेको थियो।  जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीले...

ठूलो संख्यामा प्रहरी गुण्डुमा, पक्राउ पर्दै ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरीहरू भक्तपुरस्थित उनको निवास गुण्डुमा पुगेको छन्। गुण्डुमा प्रहरी रातभरि नै तैनाथ थियो। नेकपा एमालेका नेताहरू दिएको जानकारी अनुसार अहिले प्रहरीहरू ओली निवास प्रवेश गरिसकेका छन्। निवासभित्र प्रवेश गर्ने क्रममा...

इन्जिनियर्स एसोसिएसन चितवनमा दीपक खनालको नेतृत्व

१० घण्टा अघि   सेतोपाटी

नेपाल इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्र, चितवनको अध्यक्षमा दीपक खनाल चयन भएका छन्। शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले खनालको अधियक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा सूर्य प्रकाश लामा, सचिवमा अजय पोखरेल र कोषाध्यक्षमा सुशीला जमरकट्टेल...

अर्थमन्त्री वाग्लेले भने– दोस्रो चरणको आर्थिक सुधार अघि बढाइनेछ

१३ घण्टा अघि   सेतोपाटी

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक क्षेत्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनलाई तीव्रतासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पदबहाली गर्दै उनले आर्थिक क्षेत्र सुधारका लागि विक्रम सम्बत् २०५० को दशकमा सुरू भएको नीतिगत परिवर्तनलाई दोस्रो चरणमा...

रवि र बालेनबीच शक्ति सन्तुलनको चुनौती

१३ घण्टा अघि   सेतोपाटी

नेपालको लोकतान्त्रिक इतिहासमा दलहरूभित्रको शक्ति सन्तुलनको विषय अत्यन्त पेचिलो छ। यही कारण लगभग सबै प्रमुख दलहरू पिरोलिएका छन्, फुटेका छन्। झनै एउटा दलमा दुई जना नेता, एक जना प्रधानमन्त्री र अर्को पार्टी सभापति रहने त विगतमा दलहरूलाई फापेकै छैन। कांग्रेस,...

'एथर रिज्टा एस' सार्वजनिक, कति पर्छ मूल्य?

१३ घण्टा अघि   सेतोपाटी

वैद्य इनर्जी नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरकले एथर रिज्टा एस सार्वजनिक गरेको घोषणा गरेको छ। यो गत वर्ष नेपालमा सार्वजनिक भएको रिज्टा जेड को उत्कृष्ट परिष्कृत रूप हो। यस सार्वजनिकसँगै रिज्टा लाइन–अपलाई एथर एस्योरेन्स प्याकेजद्वारा समर्थन गरिएको छ, जसले ब्याट्रीको विश्वसनीयता, चार्जिङ...

वार्ताका लागि ट्रम्पले ‘हिट लिस्ट’ बाट हटाए इरानका सभामुख र विदेशमन्त्री

१३ घण्टा अघि   सेतोपाटी

इरानसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सभामुख र विदेश मन्त्रीलाई ‘हिट लिस्ट’ बाट हटाएका छन्। अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीको हत्या गरेका थिए।...

श्रीमती हत्या आरोपमा वन कार्यालयका अधिकृत पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

दाङमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। वन कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन् ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा बिहीबार बेलुका दाउरा र रड प्रहार गरी  २८ वर्षीया कमला वलीको वीभत्स हत्या भएको थियो।  हत्या आरोपमा उनका ३६ वर्षीय श्रीमान...

६ महिनापछि घर फर्किएकी सुशीला कार्कीलाई लिन दौडिँदै आयो पप्पी

१४ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि अन्तरिम सरकार प्रमुख बनेको १९६औं दिनपछि थाप्लो हलुँगो पारेर सुशीला कार्की शुक्रबार घर फर्किइन्। काठमाडौंको धापासीस्थित घर फर्किएकी सुशीला कार्कीलाई स्वागत गर्न 'पप्पी' निकै तलसम्म आइपुगेको थियो। कार्की भदौ २७ गते मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यति...

सेतो दूधको चिया!

१४ घण्टा अघि   सेतोपाटी

महासय! आउनुहोस्, देखिनुहोस् म तपाईंलाई मन नपरे पनि भेटम्, बोलम् धमिलो मुख लगाएर पनि सेतो दूधको चिया खाउँला बरु मै स्पोन्सर गरुँला बजार-बजार लुकेर कति दिन चल्छ र इमान बेच्ने तपाईंको अद्भुत खुबी मैले मात्रै हैन सबैले जानी सके। मेरो...