ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनआरएनएको १२ औं महाधिवेशन भोलिदेखि सुरू, नयाँ नेतृत्व चयन हुने

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२ औं महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने महाधिवेशनको सबै तयारी पुरा भएको एनआरएनएले जनाएको छ। महाधिवेशनको उद्घाटन फागुन ३० गते बिहान ९ बजे हुनेछ भने साँझदेखि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया...

तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद

१ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद करिब १४ वर्षअघिको कुरा हो। शिवशंकर यादव आफ्ना बुबालाई लिएर अस्पताल धाउँदै थिए। उनका बुबालाई मुखको क्यान्सर भएको थियो। त्यति बेला १० कक्षा पढ्दै गरेका शिवशंकरले बुबाको उपचार क्रममा स्वास्थ्य सेवाको बेथिति र आम जनताको आर्थिक...

मुग्लिन-नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सडक अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

मुग्लिन नारायणगण सडकखण्डको तुइन खोलामा ढुंगा खस्दा सडक अवरूद्ध भएको छ। शुक्रबार साँझ तुइन खोला माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक अहिले एकतर्फी सञ्चालनमा आइसकेको छ। यद्यपि माथिबाट ढुंगा झरिरहेको हुँदा सावधानी अपनाएर...

'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'

१ घण्टा अघि   सेतोपाटी

नयाँ सरकारबारे के भन्छन् सहिद परिवार? जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको...

केपी ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने- पिताजस्तो रक्षक कोही छैन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिएका हुन्। शुक्रबार ओलीका बुबा मोहनप्रसादको ९७औं वर्षको...

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

२ घण्टा अघि   सेतोपाटी

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुन लागेकोमा खुसी व्यक्त गरेको छ। शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मुल समितिको बैठकले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने हर्षको विषय भएको बताएको छ।...

अबदेखि नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने

२ घण्टा अघि   सेतोपाटी

नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने भएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो। सरकारी र कूटनैतीक राहदानी बाहेकका नागरिकले अबदेखि विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्रै नेपाल प्रवेश गर्न मिल्ने...

सेवकको शपथ!

२ घण्टा अघि   सेतोपाटी

बधाई छ तपाईंलाई, नयाँ यात्राको सुरुवातमा सफल कार्यकालको हार्दिक शुभकामना यो पद केवल कुर्सी होइन, यो जनताको भरोसाको भारी जिम्मेवारी हो। नेपाल र नेपालीको खुसीमा कहिल्यै आँच नआओस्, जनताको विश्वासमा कहिल्यै घात नहोस् भरोसाको दीप निभ्न नदिनुहोस् त्यो दीपमा लाखौँ...

१२ वर्षीया सपनाको अवस्था अझैं अज्ञात

२ घण्टा अघि   सेतोपाटी

रुकुम-पश्चिममा पाँच दिनदेखि बेपत्ता १२ वर्षीया सपना वलीको अवस्था अझैं अज्ञात रहेको छ।  बाफीकोट गाउँपालिका-३ की १४ वर्षीया कल्पना वली र उनकी १२ वर्षीया उर्मिला वलीको शव भने फागुन २६ गते बिहान सानी भेरी नदीमा फेला परेको थियो। उनीहरू सहोदर दिदी बहिनी हुन्। ...

जन्मन नपाएकी छोरी!

३ घण्टा अघि   सेतोपाटी

घरमा हामी दुई बुढाबुढी मात्र छौँ। घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठुलो लाग्छ। यही घर बिस वर्षअघि कति गुलजार थियो, कति जीवन्त र रमाइलोक! अहिले भने घर, बाटोघाटो, वन-पाखा सबै सुनसान लाग्छन्। बाटोमा हिँड्दा दुई...

कांग्रेसले सर्लाही–४ मा प्रत्यक्ष र समानुपातिक दुवैमा बढायो मत, कसको मत तानेर जिते अमरेशले?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सर्लाही क्षेत्र नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ विगतको भन्दा बढी मत ल्याए पनि त्यहाँ उम्मेदवार रहेका सभापति गगन थापाले चुनाव हारे। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले झन्डै १३ हजार मतान्तरले पराजित गरे। अमरेशले...

जेलेन्स्कीले ट्रम्पलाई भने-ममाथि होइन, पुटिनमाथि दबाब हाल्नू

३ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन होइन, रूसमाथि धेरै दबाब हाल्नुपर्ने जिकिर गरेका छन्। रूस र युक्रेनको युद्ध अन्त्य गर्नका लागि ट्रम्पको पहलमा २०२५ को अन्त्यमा व्यापक छलफल भएको थियो। तर त्यसपछि ट्रम्पले सेना...

भारतीय अभिनेत्री हंसिका मोटवानीले गरिन् सम्बन्धविच्छेद

३ घण्टा अघि   सेतोपाटी

बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हंसिका मोटवानीले आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएकी छिन्। हंसिका र उनका पति व्यवसायी सोहेल खतुरियाबीच औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको हो।  दुवैले आपसी सहमतिमा मुम्बईको परिवार अदालतबाट डिभोर्स लिएका हुन्। रिपोर्टअनुसार अभिनेत्री हंसिकाले सम्बन्धविच्छेदको...

यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!

३ घण्टा अघि   सेतोपाटी

२०४३ सालमा हामी काठमाडौँको नक्सालस्थित चारढुंगे नजिकै ढुंगेधारा अगाडिको एउटा घरको दोस्रो तलामा रहेको कोठामा मासिक तीन सय रुपैयाँ भाडा तिर्ने गरी बसेका थियौँ। भुईँतलाको सटर कोठामा एकजना साहुजीको किराना पसल चल्दथ्यो। हामी चिनी, चामल, मट्टितेल लगायतका उपभोग्य वस्तुहरू त्यसै...

यस्ता छन् कांग्रेस अनुशासन समिति बैठकले गरेका निर्णय

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बसेको छ। संयोजक तारामान गुरूङको नेतृत्वमा सानेपामा बैठक बसेको हो। बैठकले दुई वटा निर्णय गरेको छ। पहिलो, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय भएको छ। दोस्रो, नेपाली...

नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन चैत ५ मा हुने

३ घण्टा अघि   सेतोपाटी

नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन २०८२ साल चैत ५ गते काठमाडौंमा सुरू हुने भएको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा उद्घाटन समारोह आयोजना गरिने जनाएको छ। महाधिवेशनको मूल...

सामसङले सार्वजनिक गर्‍यो 'ग्यालेक्सी बड्स४ प्रो'

३ घण्टा अघि   सेतोपाटी

सामसङले वायरलेस इयरबड्स 'ग्यालेक्सी बड्स४ प्रो' सार्वजनिक गरेको घोषणा गरेको छ। गहिरो ध्वनि अनुभव, बुद्धिमान विशेषताहरू र ग्यालेक्सी इकोसिस्टमभित्र सहज जडान सुनिश्चित गर्ने उद्देश्यले तयार गरिएको ग्यालेक्सी बड्स४ प्रोले अत्याधुनिक अडिओ इन्जिनियरिङलाई एआईद्वारा सञ्चालित सुधारहरूसँग संयोजन गरी दैनिक सुन्ने अनुभवलाई...

भक्तपुर फिल्म महोत्सव हुँदै

३ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ। भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो।  युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न...

धुलिखेल-खावा सडकखण्डमा कालोपत्र गर्न १४ दिन राति बन्द गरिने

४ घण्टा अघि   सेतोपाटी

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड कालोपत्र गर्न १४ दिन रातिको समयमा बन्द गरिने भएको छ। उक्त सडकखण्डमा कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म राति पूर्ण रूपमा बन्द गरिने भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए। उनका अनुसार साँझ...

फिल्म 'लालीबजार' को 'मायालाई के दिउँ म बैना' गीत सार्वजनिक

४ घण्टा अघि   सेतोपाटी

षट्कोण आर्टसले निर्माण गरेको फिल्म 'लालीबजार' को पहिलो गीत 'मायालाई के दिऊँ म बैना' सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापाका साथमा मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा...

नेपाल–भारतबीच आगामी एक वर्षका लागि विद्युत खरिद दर निर्धारण

४ घण्टा अघि   सेतोपाटी

आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत आयात गर्ने विषयमा सहमति भएको छ। नेपाल–भारत विद्युत आदान–प्रदान समितिको १७औं बैठकले यस्तो सहमति गरेको हो।  बैठकमा भारतको पक्षबाट विद्युत उत्पादन तथा आपूर्तिसँग सम्बन्धित लागतमा वृद्धि भएको...

'खाडी द्वन्द्वले बढायो बहुआयामिक चुनौती, तत्काल रोकिए थप बढ्न सक्छ रोजगारीको अवसर'

४ घण्टा अघि   सेतोपाटी

खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले नेपाली अर्थतन्त्रमा बहुआयामिक असर पार्ने संकेत देखा परेका छन्। इन्धनको आपूर्ति, श्रम समस्यादेखि अत्यधिक मूल्य वृद्धि र आर्थिक संकुचनसम्मका बहुआयामिक असर पर्ने सम्भावना विज्ञहरूले औंल्याएका छन्।  नेपाल आर्थिक पत्रकार समाज सेजनले 'पश्चिम एसियाको समस्या र नेपाली...

असोजमा पुग्यो दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन आगामी असोजमा हुने भएको छ। यसअघि फागुन पहिलो साता गर्ने भनिएको महाधिवेशन प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको थियो।  शुक्रबार बसेको प्रतिष्ठान केन्द्रिय पदाधिकारी बैठकले असोज १६, १७ र १८ गते महाधिवेशन...

रेड सीमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतमा आगलागी

५ घण्टा अघि   सेतोपाटी

रेड सीमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतमा आगलागी भएको छ। इरानसँग युद्धमा भूमिका खेलिरहेको युएसएस जेराल्ड फोर्डमा बिहीबार आगलागी भएको अमेरिकी अखबार द वासिङ्टन पोस्टले जनाएको छ। इरानसँग तनाव बढ्दै गर्दा अमेरिकाले एक महिनाअघि मध्यपूर्व क्षेत्रमा युएसएस जेराल्ड फोर्ड युद्धपोत तैनाथ...