ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अर्पण थापाको निर्देशनमा बन्दै 'फ्रेन्च किस', रेखा थापा जोडिइन्

४ मिनेट अघि   सेतोपाटी

अभिनेत्री रेखा थापा फिल्म 'फ्रेन्च किस' मा अनुबन्धित भएकी छन्। छायाकंनरत फिल्मको निर्माणपक्षले अभिनेत्री रेखालाई अनुबन्ध गरेको हो। यो फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ।  नयाँ पुस्ताको प्रेमकथा भन्ने ‘फ्रेन्च किस’ मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी...

अख्तियार प्रमुख धम्क्याउने प्रकाश पाठकलाई ल्याइयो नेपाल

२२ मिनेट अघि   सेतोपाटी

उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला...

प्रदर्शन मिति घोषणा गर्दै 'लालीबजार' को टिजर सार्वजनिक (भिडिओ)

२४ मिनेट अघि   सेतोपाटी

षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म 'लालीबजार' आगामी वर्ष २०८३ को बैशाखमा प्रदर्शनमा आउने भएको छ। निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्म बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो।  सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रहरूलाई समेट्दै कथाबस्तुबारे संकेत...

६ महिनामा प्रदेश सरकारको बजेट खर्च १४ प्रतिशत मात्रै

२८ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट कार्यान्वयन थप कमजोर देखिएको छ। यो वर्षको लागि सात वटा प्रदेश सरकारले २ खर्ब ८७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका थिए। तर, ६ महिनाको अवधिमा ४० अर्ब ७० करोड रूपैयाँ मात्रै खर्च गरेका छन्।...

सरकारी कार्यालयको सेवा चुस्त बनाउन गगन थापाका तीन योजना

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी सेवाग्राहीलाई चुस्त ढंगले सेवा दिनका लागि आफ्नो योजना अघि सारेका छन्। बुधबार भिडिओ सन्देशमार्फत सभापति थापाले मालपोत कार्यालय, राहदानी विभागदेखि विश्वविद्यालयको प्रमाणपत्र लिन समेत लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका...

पूर्वडिआइजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ

३५ मिनेट अघि   सेतोपाटी

श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको छ। बुधबार न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भएको हो। आजै आदेश आउने सम्भावना छ। कोइरालाले आफूलाई कैदमुक्त गर्न माग...

उच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै एन्फा निर्वाचनको बाटो खुल्यो

४८ मिनेट अघि   सेतोपाटी

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको विषयमा परेको दुई वटा रिटमा यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने अर्को आदेश दिएको छ।  आजका लागि तोकिएको निर्वाचनको विषयमा अमित खत्री तथा उपाध्यक्ष विराटजंग शाहीले छुट्टा छुट्टै रिट  दायर...

प्रिमियर स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ मा रच्यो इतिहास

५२ मिनेट अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ज्याक कौर अवार्ड, ओभरअल च्याम्पियन टिमको उपाधि र ७०० भन्दा बढी पदक तथा १८ ट्रफी जित्दै सबैको ध्यान तानेको...

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार हो- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएको बताएकी छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुन, नीतिगत व्यवस्था भएको बताइन्। तर पनि भ्रष्टाचार निवारणको माग राखेर भदौ...

लगातार चौथो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।  गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।  मंगलबार सुन...

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो। गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी...

प्रशंसा होइन ‘एक्सपोजर’ खोजिरहेको नेपाली क्रिकेट

२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले उपाधि दाबेदार इंग्ल्यान्डविरूद्ध गरेको प्रदर्शनको चर्चा अझै सेलाएको छैन। खेलपछि समाजिक सञ्जालमा क्रिकेटका हस्तीले नेपालको प्रशंसा गरे। विभिन्न आइपिएल टोलीले प्रोत्साहन गरे। नेपालको प्रशंसामा समाजिक सञ्जालमा मात्र सीमित छैनन्। भारतको मुम्बईका गल्ली...

भारतीय ओपनर अशिषेक शर्मा अस्पताल भर्ना

२ घण्टा अघि   सेतोपाटी

भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ। पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा...

सर्वसाधारणका लागि रिज लाइन इनर्जीको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

२ घण्टा अघि   सेतोपाटी

रिज लाइन इनर्जी लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

तपाईंसँग भोट माग्न आउनेलाई सोध्नुस् यी १५ प्रश्न

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा 'काउन्टडाउन' सुरू भइसकेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा, गल्ली गल्ली, टोल टोल वा मतदाताहरू जहाँ जहाँ छन्, भौतिक रूपमा भोट माग्न पुगेका छन्। सामाजिक सञ्जालहरू पनि दल र मतदाताहरूसँगका अनुरोध र बाचाहरूले...

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले...

साढे २ सय मिटर तल खस्यो जिप, चालकको घटनास्थलमै मृत्यु

३ घण्टा अघि   सेतोपाटी

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ५ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको पिक अप जिपभीरबाट झन्डै साढे दुई सय मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता...

कुखुरामा इकोलाईको समस्या

४ घण्टा अघि   सेतोपाटी

जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो। कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

४ घण्टा अघि   सेतोपाटी

विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएका यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रुपमा...

कस्ता छन् सबभन्दा महँगो सेयर भएका यी २ कम्पनी?

४ घण्टा अघि   सेतोपाटी

अहिले सेयर बजारमा सस्तो सेयरको प्रतिकित्ता मूल्य १८८ रूपैयाँ छ। यो भनेको हिमालयन बैंकको हो। तर बजारमा एउटै सेयरको ४६ हजार रूपैयाँसम्म पर्ने कम्पनी पनि छन्। आज हामी सेयर बजारमा सबभन्दा महँगा दुई कम्पनीको चर्चा गर्नेछौं। यी हुन्, युनिलिभर नेपाल र...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

४ घण्टा अघि   सेतोपाटी

सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो। चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो। तर धानको उत्पादन, क्षेत्रफल र...

उपप्रमुख चढेको ट्याक्सी पहिले मोटरसाइकल, त्यसपछि ठोक्कियो भ्यानसँग

५ घण्टा अघि   सेतोपाटी

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्। मंगलबार जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी...

६ हजार ७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

५ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि...

राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

५ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका...