ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनाव अलिकति सरोस्, त्यसअघि देश नवीन समझदारीको बाटोमा जाओस्: रवीन्द्र मिश्र

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावको मिति केही पर सर्नुपर्ने बताएका छन्। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। तर मिश्रले चुनाव केही पर सारेर त्यसअघि देश नवीन समझदारीको...

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

२५ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति...

सफ्टवेरिका कलेजबाट आइटीका ४ सय विद्यार्थी दीक्षित

३६ मिनेट अघि   सेतोपाटी

नेपालको उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सबाट यो वर्ष चार सय विद्यार्थी दीक्षित भएका छन् । बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तर तर्फ एमएससी डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टिलिजेन्स, स्नातक...

कांग्रेसमा अनुहार नयाँ आए, भिजन नयाँ आएन– पृथ्वी सुब्बा गुरूङ

४७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन्। प्रेस चौतारी नेपालले मंगलबार आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले नेपाली कांग्रेसले अनुहार मात्रै नयाँ दिन सकेको बताएका हुन्। ‘कांग्रेसमा नयाँ अनुहार आए, नयाँ...

गठबन्धन अस्वीकार गर्दै आएको मोरङ २ मा दलहरूको एकल परीक्षा

१ घण्टा अघि   सेतोपाटी

२०७२ सालमा संविधान जारी भएपछि दुई वटा चुनावमा प्रमुख राजनीतिक दलहरूले गठबन्धन गरेर प्रतिस्पर्धा गरे। गठबन्धनकै आडमा दल र उम्मेदवारले सफलता पनि प्राप्त गरे। मुलुकभरका १६५ मध्ये बहुसंख्यक क्षेत्रमा गठबन्धनका उम्मेदवार जित्थे। तर केही क्षेत्र यस्ता थिए, जहाँ गठबन्धनका उम्मेदवार दुई पटक नै पराजित भए। २०७४...

यस्तो छ बुद्ध एयरको प्रणय दिवस विशेष अफर

१ घण्टा अघि   सेतोपाटी

निजी वायुसेवा कम्पनी बुद्ध एयरले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा  ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले 'एभरेष्ट एक्सपेरियन्स' उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको हो। हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई लक्षित गर्दै...

एनएसएलको उपाधि जितेका फ्रान्सका पापा केबे राष्ट्रिय लिगका लागि प्लानिङ ब्वाइजमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ का लागि प्लानिङ ब्वाइज युनाइटेडले फ्रान्सका पापा केबेलाई भित्र्याएका छन्। ३६ वर्षीय स्ट्राइकर केबे राष्ट्रिय लिगका लागि मंगलबार नेपाल आइपुगेका छन्। उनलाई क्लबका जनरल म्यानेजर विनायक लामिछानेसहित सदस्यहरुले स्वागत गरेका थिए। जारी राष्ट्रिय लिगमा प्लानिङ ब्वाइजले पाँच...

विश्व मार्सल आर्ट्स कन्भेन्सनमा डंगोल

१ घण्टा अघि   सेतोपाटी

डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आर्ट्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भइ स्वदेश फर्किएका छन्। ब्रेगेन्जस्थित डब्लुएमएसीको प्रधान कार्यलय र होटल लाममा कन्भेन्सनमा मार्सल आट्र्सको विकास र...

यस्तो छ 'धुरन्धर २' को टिजर (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

सुपरहिट बलिउड फिल्म 'धुरन्धर' को सिक्वेल 'धुरन्धर २' को अफिसियल टिजर सार्वजनिक भएको छ। रणवीर सिंह स्टारर फिल्मको टिमले मंगलबार टिजर सार्वजनिक गर्दै फिल्मको नाम 'धुरन्धरः द रिभेन्ज' रहेको घोषणा गरेको हो।  आदित्य धर निर्देशित यो फिल्म १९ मार्च २०२६ मा...

'बोर्डर २' ले विश्वव्यापी बक्स अफिसमा कमायो ३८३ करोड भारू

२ घण्टा अघि   सेतोपाटी

बलिउडको युद्ध-ड्रामामा आधारित फिल्म 'बोर्डर २' राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको सुरूआती दिनदेखि नै बक्स अफिसमा बलियो उपस्थिति देखाएको फिल्मले ११ औं दिनसम्म आइपुग्दा विश्वव्यापी बक्स अफिसमा ३८३ भारूभन्दा बढी कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। २३ जनवरीमा रिलिज फिल्ममा...

बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भिड (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। बजारमा अहिले  विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ। जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ। नेपाल...

खोला किनारमा चितुवा मृत फेला

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ। खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी,...

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

२ घण्टा अघि   सेतोपाटी

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्। शर्मालाई आज बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको बैंकले नेप्सेलाई दिएको जानकारीमा उल्लेख छ। उनको चार वर्षको कार्यकाल हुनेछ। शर्मासँग यो क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ। ...

समावेशी वित्तीय पहुँचका लागि विश्व बैंकले ९ करोड ५० डलर खर्चिने

३ घण्टा अघि   सेतोपाटी

विश्व बैंकको सञ्चालक समितिले नेपालमा साना तथा मझौला उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ। यस परियोजनाबाट १ लाखभन्दा बढी साना तथा मझौला उद्यमी लाभान्वित हुने र रोजगारीमा आधारित आर्थिक वृद्धिमा टेवा...

१९ वर्षीया निखिता घरको छतबाट प्रदर्शनी हेर्दै थिइन्, छातीमै लाग्यो गोली

३ घण्टा अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते दिउँसो १ बजेसम्म उनी प्रहरी वृत्त गौशाला अगाडिको प्रदर्शनीमै थिइन्। छोरी प्रदर्शनीमा हिँडिरहँदा उनकी आमा कल्पना गौतम कोठामा एक्लै बसिरहन सकिनन्। उनी छोरीलाई लिन प्रहरी वृत्त गौशाला अगाडि पुगिन्। १९ वर्षीया निखिता गौतम प्रदर्शनीको भिडिओ...

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रबन्धक

३ घण्टा अघि   सेतोपाटी

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। इन्स्योरेन्सले ओखलढुंगा, जितपुर, गुल्मी, चन्द्रौटा, पाल्पा, सुकड र बैतडी शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको हो। इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स वा सेल्स म्यानेजमेन्टको अनुभव...

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले...

प्रदेश संरचनामा न्यून खर्च छ: बालेन शाह

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए। ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

४ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।  गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ।  सोमबार सुन प्रतितोला दुई...

हारिसकेको खेल समेत जिताउन सक्ने अलराउन्डर करण

४ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष करण केसी यस्ता खेलाडी हुन् जसले हारिसकेको खेल पनि जिताउन सक्ने ल्याकत राख्छन्। बलिङ अलराउन्डरको भूमिका आफूलाई धेरै पटक प्रमाणित गरिसकेका छन्। सुरूआती ओभरमा विकेट लिने क्षमतका बलर करणले टोलीलाई चाहिएको बेला बिस्फोटक ब्याटिङ समेत गर्न...

देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ: महामन्त्री पौडेल

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्। नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। 'कांग्रेससँग नागरिकका गुनासा छन्। अपेक्षा झन् धेरै छन्  नागरिकका...

तपाईं कसलाई मत दिनुहुन्छ– तपाईंको मोबाइलले भन्छ!

५ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर तपाईं कसलाई मत हाल्दै हुनुहुन्छ भनेर म सोध्न चाहन्नँ। त्यो तपाईंको गोप्यताको अधिकार हो। तर यत्ति सोध्न यो स्तम्भ लेख्दैछु — तपाईं कुन चुनाव चिह्नमा मत हाल्ने मन कसरी बनाउनुहुन्छ? हामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छौं। सधैं भन्ने गर्छौं...

पत्नीको हत्यापछि युवकले गरे आत्महत्या

५ घण्टा अघि   सेतोपाटी

मोरङको रंगेली नगरपालिकामा एक युवतीको हत्या भएको छ। रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटनापछि उनले आफैले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय...

रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किए, २२ जना विद्यार्थी घाइते

५ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा स्कुल बस र ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका छन्। तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माविको बस र धान बोकेको ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...