कांग्रेसले दाङ–१ मा योगेन्द्र चौधरी र २ मा किरण किशोर घिमिरेलाई दियो टिकट
नेपाली कांग्रेसले दाङको क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। त्यसअघि उनी शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य थिए। चौधरीलाई कांग्रेसले पछिल्लो समय क्रियाशील सदस्यता छानबिन समितिको सदस्य बनाएको थियो।...
