ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सानेपाको बैठकमा सहभागी हुन को-को नेता पुगे (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

कांग्रेसको विघटित केन्द्रीय समिति बैठक सुरू हुँदैछ।  बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका थिए। बैठकका लागि नेताहरू सानेपा पुग्न थालेका छन्। पूर्वकार्यवहाक सभापति खड्का, कृष्ण सिटौला, रमेश लेखक, बालकृष्ण खाण, श्याम घिमिरे लगायतका नेताहरू सानेपा पुगेका छन्। नेता...

कांग्रेस फेरि मिल्छ, मिलाउन संवाद गर्छौं- शेखर कोइराला

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन्।  शनिबार सानेपा जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले संवादमार्फत समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् । 'फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट  नेपाली कांग्रेसको विवाद सल्टिन्छ,' उनले...

उम्मेदवार टुंग्याउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।  आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी केन्द्रीय समिति बैठक आह्वान भएको रास्वपाका एक नेताले बताए।  केन्द्रीय समिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका १६५ वटै क्षेत्रमा...

सानेपामा सुरक्षा व्यवस्था कडाइ, बैठकका लागि पुग्न थाले नेताहरू

५८ मिनेट अघि   सेतोपाटी

कांग्रेसको विघटित केन्द्रीय समिति बैठक बस्दैछ। बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका थिए। यद्यपि बैठकका लागि नेताहरू पुग्न थालेका छन्। नेताहरू कृष्ण सिटौला र रमेश लेखक सानेपा पुगेका छन्। नेता लेखकले निर्वाचन आयोगको शुक्रबारको निर्णयबारे...

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ। सभापति गगन थापाले  नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।  विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई  शुक्रबारमात्रै निर्वाचन आयोगले मान्यता दिएको थियो।...

नेकपाका उम्मेदवारलाई टिकट बाँडिसक्यौं- प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो दलले फागुन २१ को निर्वाचनका लागि टिकट बाँडिसकेको बताएका हुन्। 'मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाड्न...

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर...

एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा?

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए। आजको सचिवालय बैठकबाट फागुन २१ गते हुने प्रतिनिधस सभा निर्वाचनका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी...

भ्यानमा ठोक्किएर स्कुटर चालकको मृत्यु, पछाडि सवार युवक घाइते

२ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत  दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं...

बढ्यो अमेरिकन डलरको मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा...

निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन। निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक...

रास्वपा केन्द्रीय कार्यालयमा हुम्ला जिल्ला सभापतिसहितका नेताहरू बसे रातभरि धर्ना

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुम्ला जिल्ला सभापति गणेश पाण्डेसहित प्रतिनिधिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। शुक्रबार बेलुकीदेखि उनीहरू रातभरि चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेका हुन्। शनिबार बिहान पनि धर्नामै रहेको हुम्ला सभापति पाण्डेले सेतापाटीलाई जानकारी दिए।  उनीहरूले पार्टीले बनाएको समानुपाति...

पुस मसान्तमा मध्यरातसम्म के काम गर्छन् राजस्वका कर्मचारी?

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनाल बेला बखतमा फेसबुकमा छोटो तर अर्थपूर्ण स्ट्याटस लेख्छन्। माघ १ गते बिहान ९ बजेतिर उनले लगातार दुइटा स्ट्याटस लेखे। त्यसबाट अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभाग (आइआरडी) सँग सम्बन्धित कर्मचारीहरू दंग परे। खनालले पहिलो स्ट्याटसमा आन्तरिक राजस्व विभागमा कार्यरत...

काठमाडौंका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

३ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो। काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ। पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका...

सडकबाट ५०० मिटर तल तिला नदीमा खस्यो जिप, तीन जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुई...

देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक, आज बस्दै

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ। शनिबार बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक बोलाएका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय...

प्रि-एनेस्थेसिया कहिले जरूरी पर्छ? (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

कुनै पनि अपरेसन गर्नुअघि एनेस्थियोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ। सर्जनले सर्जरी गरे पनि कुनै पनि बिरामीको समग्रमा हेर्ने एनेस्थियोलोजिष्टले हो। कुनै पनि सर्जरीका लागि प्रि-एनेस्थेसिया जरूरी छ भन्ने धेरैलाई जानकारी हुँदैन। अधिकांश बिरामीले प्रि-एनेस्थेसिया भनेको थोरै एनेस्थेसिया दिएर हेर्ने भनेर बुझ्नुहुन्छ खासमा...

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन निर्वाचन आयोगले लिएका यी ४ आधार

१२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिन चार वटा आधार लिएको छ। कांग्रेस विधानको दफा १७ (२) अनुसार विशेष महाधिवेशन बाध्यकारी व्यवस्था भएको र महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गठन...

जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन महामन्त्री पौडेलको आह्वान

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनले खोजेको सुशासन र रूपान्तरणको काम अब कांग्रेसले गर्ने बताएका छन्। जेनजी आन्दोलनपछि राजनीतिमा लाग्ने आकांक्षा बोकेका नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन उनले आह्वान पनि गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित 'सभापति गगन थापा...

पूर्णबहादुर खड्काले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहान केन्द्रीय समिति बैठक राख्ने भन्दै विज्ञप्ति जारी गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि उनले यो बैठक डाकेका हुन्। पूर्वकार्यवहाक सभापति खड्काको निर्देशानुसार भन्दै केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान...

गगन थापाले गरे एकताबद्ध भएर अघि बढ्न अपील, भने– आजबाट कांग्रेसमा कुनै गुट र भागबन्डा हुने छैन

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेका सभापति गगन थापाले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन्।  आयोगले विशेष महाधिवेशनको निर्णयलाई आधिकारिकता दिएपछि विज्ञप्ति जारी गर्दै यो कांग्रेसका सदस्य र शुभेच्छुकले गरेको इमानदार प्रयत्नको प्रतिफल भएको पनि...

एमाले नेता गोकुल बाँस्कोटाले दिए गगन–विश्वलाई बधाइ

१३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता दिएपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बधाइ दिएका छन्।  उनले सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बधाइ दिएका हुन्।  'गगन–विश्वलाई बधाइ छ। राजनीतिक निर्णयले कानुनी वैधता पायो,'...

सरकार र दुर्गा प्रसाईंबीच सम्झौता (पूर्णपाठ)

१३ घण्टा अघि   सेतोपाटी

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच १२ बुँदे सम्झौता भएको छ।  शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईंबीच १२ बुँदामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार...