ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ वर्षको पार्टीमा आगलागी भएको बारभित्रका तस्बिर

११ मिनेट अघि   सेतोपाटी

स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना पर्यटकीय क्षेत्रमा आयोजित नयाँ वर्षको पार्टीमा भीषण आगलागी भएको छ। स्विस प्रहरीले दर्जनौं व्यक्तिको ज्यान गएको अनुमान गरेको उक्त घटनासँग सम्बन्धित भिडिओ सार्वजनिक गरेको छ। स्विस प्रहरीले सार्वजनिक गरेको आगलागीपछि खिचिएको भिडिओमा आगलागी भएको 'ले कन्स्टेलेसन' बारको बरन्डा...

धर्म र राजसंस्थाबारे जनमत संग्रह गर्न दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू

२५ मिनेट अघि   सेतोपाटी

धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई सरकारले यससम्बन्धी 'म्यान्डेट' आगामी चुनावबाटै लिन सुझाव दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' का संयोजक प्रसाईंलाई यस्तो...

रवि लामिछानेसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्न...

जापानको रहस्यमय यात्रा!

४३ मिनेट अघि   सेतोपाटी

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected] पात्रहरू १. डेजी— वर्षाको साथी, घर: प्यारिस,...

कांग्रेस विशेष महाधिवेशनबारे जानकारी दिन भोलि पत्रकार सम्मेलन

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्। विशेष महाधिवेशनबारे जानकारी दिन उनीहरूले पत्रकार सम्मेलन गर्न लागेका हुन्। नेता सुवास पोखरेलका अनुसार शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी छ। ‘विशेष महाधिवेशन आयोजनाबारे भोलि काठमाडौंमा पत्रकार सम्मेलन आयोजना हुँदैछ,’...

फुकुवा भयो रमेश लेखकको स्थानहद

५७ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ। बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो। लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा...

लुम्बिनीमा थपिए १ लाख ३७ हजार ४३ नयाँ मतदाता

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशमा गत प्रतिनिधि सभा सदस्य निर्वाचन भन्दा एक लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका छन्। यसअघि २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका...

खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल

१ घण्टा अघि   सेतोपाटी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्। रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल...

हल रिलिजको वर्षदिन नपुग्दै 'फेरि रेशम फिलिली' युट्युबमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको शीर्ष अभिनय रहेको फिल्म 'फेरि रेशम फिलिली' युट्युबमा सार्वजनिक भएको छ। फिल्मलाई हल रिलिजको वर्षदिन नपुग्दै बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। गत वर्ष फागुनमा प्रदर्शनमा आएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। निरोज महर्जनको...

प्रवक्ता महतलाई प्रश्न- विशेष महाधिवेशन अघि बढ्न लाग्यो, अब के हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन नेताहरूले तयारी सुरू गरेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजनाको माग गरेका थिए। तर...

वातावरण जोगाऔँ!

१ घण्टा अघि   सेतोपाटी

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected] जलवायु परिवर्तनले पृथ्वी हुँदैछ तातो  यस्तै भइरह्यो...

नयाँ वर्षको पार्टी मनाइरहँदा भीषण आगलागी, दर्जनौंको मृत्यु भएको आशंका

१ घण्टा अघि   सेतोपाटी

स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना पर्यटकीय क्षेत्रमा आयोजित नयाँ वर्षको पार्टीमा भीषण आगलागी भएको छ। बिबिसीका अनुसार एक स्थानीय बारमा नयाँ वर्षको पार्टी भइरहेका बेला लागेको आगोले 'दर्जनौं मानिसको मृत्यु भएको' स्वीस अधिकारीहरूले बताएका छन्। आगलागीमा १०० जना भन्दा धेरै घाइते भएका छन्, जसमा...

फेरि पक्राउ परे अर्जुनबहादुर शाही

१ घण्टा अघि   सेतोपाटी

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्। जेनजी आन्दोलनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तदेखि उच्चपदस्थ व्यक्तिहरूलाई धम्की दिएपछि चर्चामा आएका शाही फेरि पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार २६ वर्षीय शाहीलाई...

भाइरल प्रवृत्तिमाथि व्यंग्य गर्दै 'भाइरल गोर्खे' को ट्रेलर (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म 'भाइरल गोर्खे' को ट्रेलर सार्वजनिक भएको छ। निगम श्रेष्ठको कथा तथा निर्देशनमा तयार फिल्मको ट्रेलरले कथावस्तुबारे छोटकरीमा प्रकाश पार्छ।  ट्रेलर शीर्ष अभिनेता सौगातको पात्र वरपर घुमेको छ। उनको पात्रले सामाजिक सञ्जालमा भाइरल बन्न गर्ने संघर्ष र...

कुर्सीको खेलमा

१ घण्टा अघि   सेतोपाटी

डोकाका डोका सपना बोकेर मतको अमूल्य भार चढी सिंहदरबार पस्नेहरू आज आफ्नै चाहनाको सिंहासनमा रमाउँदै छन्। हामीले दिएको भोट उनीहरूका लागि जनतासम्म पुग्ने पुल भएन केवल कुर्सीसम्म पुग्ने भर्‍याङ मात्रै बन्यो। दरबारभित्र उनीहरू कुर्सीमा चम्किन्छन् तर बाहिर मानिसहरूको आँखा ओभाएका...

जोहरन ममदानीले सम्हाले न्यू योर्कका मेयरको कार्यभार

१ घण्टा अघि   सेतोपाटी

न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीले कार्यभार सम्हालेका छन्। नयाँ वर्ष लागेपछि बिहीबार बिहान टाइम्स स्क्वायरमा ममदानीले औपचारिक रूपमा न्यु योर्क शहरको मेयरको रूपमा शपथ लिएका छन्। सिटी हल नजिकै जमिन मुनि रहेको एउटा प्रयोगमा नरहेको कलात्मक सबवे स्टेशनमा आयोजित...

नयाँ पृथ्वी!

१ घण्टा अघि   सेतोपाटी

आज— छोरो मङ्गल ग्रहमा छ युद्धको मोर्चामा होइन भेटघाटको रंगमञ्चमा। शनि ग्रहले भन्दैछ— ‘भोलि बुध ग्रहमा कार्यशाला छ नयाँ पृथ्वी निर्माण गर्ने।’ यो नयाँ पृथ्वीमा मानव मालिक हुँदैन सहयात्री हुन्छ। प्रकृति शासक होइन, साझेदार हुन्छ। यहाँ, न गोरेटो घोडेटो न...

महामन्त्री थापा र शर्माले आयोजना गर्नेछन् विशेष महाधिवेशन, अध्यक्षता गर्न देउवालाई पत्र दिने

२ घण्टा अघि   सेतोपाटी

नियमित महाधिवेशन नभएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशन तयारी सुरू भएको छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिबिनै विशेष महाधिवेशन प्रक्रिया अघि बढ्न लागेको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानको धारा १७ को २ कार्यान्वयन गर्न...

मत्त हात्ती र बुद्ध!

२ घण्टा अघि   सेतोपाटी

बुझेको छु फूलहरू भूलसँगै भुल्न खोज्छन् अनियन्त्रित मन हेर ब्रह्मसँगै डुल्न खोज्छन्। देख्छु म सुखीहरू दुःखसँगै डुकिराछन् देख्छु म भोकाहरू खाली पेटमै हाँसिराछन् नियमभित्र संसारको आफ्नो जीवन बाँचिराछन्। ऊ त्यो हेर- भोको, नाङ्गो के देखेर हाँसिराछ? जो छ धेरै सुख–सयल...

ओलीलाई बयान दिन पत्र काट्दै जाँचबुझ आयोग, अध्यक्ष कार्कीलाई प्रश्न- नआए के गर्नुहुन्छ?

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले सभापति केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानमा बोलाउन पत्र पठाउन...

नेप्सेसँगै घट्यो कारोबार रकम

२ घण्टा अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ। नेप्से ०.४८ प्रतिशतले घटेर २६२०.९२ विन्दुमा बन्द भएको हो।  बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब १३ करोड रूपैयाँको...

नयाँ वर्ष 'नयाँ' बनेर आओस्!

२ घण्टा अघि   सेतोपाटी

  नयाँ वर्ष, क्यालेन्डरको पाना फेर्ने दिन मात्र होइन मन बचनको धुलो पुछ्ने दिन बनोस् हिजो केही योजना बने केही सपनाले आँखा खोले कतिले समयसँग हात मिलाए कति अधुरोपनमै मनको कुनामा बसाइ सरे। केही नयाँ मानिस भेटिए— हाँसो बोकेका आशा...

सशस्त्रको गोली लागेर स्थानीयको ज्यान गएको घटनामा ५ बुँदे सहमति, सुनसरी तनाव साम्य

२ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयवासीको ज्यान गएको घटनापछि उत्पन्न तनाव साम्य पार्न प्रशासनले घटना छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। राज्य पक्षको यस्तो प्रतिबद्धतासँगै प्रशासन र पीडित परिवारबीच ५ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय इनरूवामा भएको छलफलमा...

फिल्म 'कुमारी' को गीतमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

प्रेम कथानक फिल्म 'कुमारी' को तेस्रो गीत 'डोको बुन्ने' सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच केहर सिं लिम्बुको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका 'कता छौ मेरो फूल' र 'तिमी बिना' गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो...