ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुर्सीको खेलमा

१ मिनेट अघि   सेतोपाटी

डोकाका डोका सपना बोकेर मतको अमूल्य भार चढी सिंहदरबार पस्नेहरू आज आफ्नै चाहनाको सिंहासनमा रमाउँदै छन्। हामीले दिएको भोट उनीहरूका लागि जनतासम्म पुग्ने पुल भएन केवल कुर्सीसम्म पुग्ने भर्‍याङ मात्रै बन्यो। दरबारभित्र उनीहरू कुर्सीमा चम्किन्छन् तर बाहिर मानिसहरूको आँखा ओभाएका...

जोहरन ममदानीले सम्हाले न्यू योर्कका मेयरको कार्यभार

७ मिनेट अघि   सेतोपाटी

न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीले कार्यभार सम्हालेका छन्। नयाँ वर्ष लागेपछि बिहीबार बिहान टाइम्स स्क्वायरमा ममदानीले औपचारिक रूपमा न्यु योर्क शहरको मेयरको रूपमा शपथ लिएका छन्। सिटी हल नजिकै जमिन मुनि रहेको एउटा प्रयोगमा नरहेको कलात्मक सबवे स्टेशनमा आयोजित...

नयाँ पृथ्वी!

१३ मिनेट अघि   सेतोपाटी

आज— छोरो मङ्गल ग्रहमा छ युद्धको मोर्चामा होइन भेटघाटको रंगमञ्चमा। शनि ग्रहले भन्दैछ— ‘भोलि बुध ग्रहमा कार्यशाला छ नयाँ पृथ्वी निर्माण गर्ने।’ यो नयाँ पृथ्वीमा मानव मालिक हुँदैन सहयात्री हुन्छ। प्रकृति शासक होइन, साझेदार हुन्छ। यहाँ, न गोरेटो घोडेटो न...

महामन्त्री थापा र शर्माले आयोजना गर्नेछन् विशेष महाधिवेशन, अध्यक्षता गर्न देउवालाई पत्र दिने

१८ मिनेट अघि   सेतोपाटी

नियमित महाधिवेशन नभएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशन तयारी सुरू भएको छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिबिनै विशेष महाधिवेशन प्रक्रिया अघि बढ्न लागेको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानको धारा १७ को २ कार्यान्वयन गर्न...

मत्त हात्ती र बुद्ध!

२८ मिनेट अघि   सेतोपाटी

बुझेको छु फूलहरू भूलसँगै भुल्न खोज्छन् अनियन्त्रित मन हेर ब्रह्मसँगै डुल्न खोज्छन्। देख्छु म सुखीहरू दुःखसँगै डुकिराछन् देख्छु म भोकाहरू खाली पेटमै हाँसिराछन् नियमभित्र संसारको आफ्नो जीवन बाँचिराछन्। ऊ त्यो हेर- भोको, नाङ्गो के देखेर हाँसिराछ? जो छ धेरै सुख–सयल...

ओलीलाई बयान दिन पत्र काट्दै जाँचबुझ आयोग, अध्यक्ष कार्कीलाई प्रश्न- नआए के गर्नुहुन्छ?

३४ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले सभापति केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानमा बोलाउन पत्र पठाउन...

नेप्सेसँगै घट्यो कारोबार रकम

३७ मिनेट अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ। नेप्से ०.४८ प्रतिशतले घटेर २६२०.९२ विन्दुमा बन्द भएको हो।  बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब १३ करोड रूपैयाँको...

नयाँ वर्ष 'नयाँ' बनेर आओस्!

४० मिनेट अघि   सेतोपाटी

  नयाँ वर्ष, क्यालेन्डरको पाना फेर्ने दिन मात्र होइन मन बचनको धुलो पुछ्ने दिन बनोस् हिजो केही योजना बने केही सपनाले आँखा खोले कतिले समयसँग हात मिलाए कति अधुरोपनमै मनको कुनामा बसाइ सरे। केही नयाँ मानिस भेटिए— हाँसो बोकेका आशा...

सशस्त्रको गोली लागेर स्थानीयको ज्यान गएको घटनामा ५ बुँदे सहमति, सुनसरी तनाव साम्य

४३ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयवासीको ज्यान गएको घटनापछि उत्पन्न तनाव साम्य पार्न प्रशासनले घटना छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। राज्य पक्षको यस्तो प्रतिबद्धतासँगै प्रशासन र पीडित परिवारबीच ५ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय इनरूवामा भएको छलफलमा...

फिल्म 'कुमारी' को गीतमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम (भिडिओ)

४७ मिनेट अघि   सेतोपाटी

प्रेम कथानक फिल्म 'कुमारी' को तेस्रो गीत 'डोको बुन्ने' सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच केहर सिं लिम्बुको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका 'कता छौ मेरो फूल' र 'तिमी बिना' गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो...

केपी ओलीलाई बयान लिन चिठी काट्दै छौं– जाँचबुझ आयोग अध्यक्ष कार्की

५० मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउन लागिएको बताएका छन्। 'उहाँलाई चिठी काट्दैछौं अब,' आयोग अध्यक्ष कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग भने, 'उहाँलाई बोलाउने क्रममा छौं हामी।' उनले...

‘ग्रहणदान’ कविता सङ्ग्रहमा यथार्थवादी चिन्तन

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय मानवअधिकार आयोगको सचिव रहिसक्नुभएका वेद भट्टराई नेपाली साहित्यको फाँटमा नवोदित स्रष्टा हुन्। नेपाली साहित्यको समसामयिक धारामा (२०३६) फुटकर कवितामार्फत उदाएका स्रष्टा भट्टराई लामो समयसम्म गुमनाम रहेका स्रष्टा हुन्। फुटकर कविता लेख्न थालेको करिब ४६ वर्षपछि ग्रहणदान (२०८२) कविता सङ्ग्रहमार्फत...

दुर्गा प्रसाईंसँगको वार्तामा प्रधानमन्त्री कार्कीसहित तीन जना मन्त्री

५४ मिनेट अघि   सेतोपाटी

सरकारले 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' का संयोजक दुर्गा प्रसाईंसँग अहिले वार्ता गरिरहेको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित तीन जना मन्त्री सहभागी छन्। सहभागी मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, सूचना तथा सञ्चारमन्त्री जगदिश खरेल र गृहमन्त्री...

राष्ट्रिय भलिबल : हेल्प नेपाल र नेपाल पुलिस अन्तिम चारमा

५५ मिनेट अघि   सेतोपाटी

नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत टिपटप हेल्प नेपाल सेमिफाइनलमा पुगेको छ।  हेल्प नेपालले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा बुढानिलकण्ठलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। हेल्प नेपाल २५-१३, २५-२३ र २५-१८ अंकले विजयी हुँदै सेमिफाइनलम पुगेको हो।  हेल्प...

कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा 'हल बुकिङ'

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न 'हल बुकिङ' गरिएको छ। काठमाडौंको प्रदर्शनीमार्थस्थित भृकुटीमण्डपमा दुई दिनका लागि हल बुकिङ गरिएको हो। केन्द्रीय सदस्य प्रतिमा गौतमले केन्द्रीय समितिले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन गरिने भने पनि नभएकोले...

अवैध क्रिप्टोलगायतका कारोबारमा निक्षेप खाताको बढ्दो प्रयोग

१ घण्टा अघि   सेतोपाटी

बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन २०२५ अनुसार यस्तो देखिएको हो। बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, एमटी क्वाइन जस्ता अभौतिक मुद्रा...

‘हिट एण्ड रन’ बढेपछि नियन्त्रणमा सक्रिय भयो प्रहरी

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन) का घटना बढ्दै गएका छन्। सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ। यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान...

आमा बनिन् 'कमाउने नी हो रमाउने नी हो' गायिका सुनिता बुढा क्षेत्री

१ घण्टा अघि   सेतोपाटी

लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री आमा बनेकी छन्। उनले बिहीबार काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।  सन्तान लाभ भएपछि सुनिताका श्रीमान लक्ष्मण न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै खुसी साटेका छन्। पेशाले इन्जिनियर रहेका लक्ष्मण र गायिका सुनिताको...

खालिदा जियाको अन्त्येष्टिमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा उपस्थित

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका छन्। बुधबार ढाकास्थित शेर-ए-बांग्ला नगरमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो। मन्त्री शर्माले नेपाल सरकारका तर्फबाट दिवंगत बेगम...

भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा भिरबाट लडेर घाइते एक महिलाको मृत्यु भएको छ। रुन्टीगढी गाउँपालिका १ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्री पुस १४ गते दिउँसो एक बजेतिर खर काट्ने क्रममा भिरबाट लेडर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बेलुकी ६ बजेतिर दाङको घोराहीस्थित राप्ती...

सशस्त्रको गोली लागेर स्थानीयको ज्यान गएको घटनामा प्रदर्शन जारी, इनरूवामा संवाद

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयवासीको ज्यान गएको घटनाले तनाव निम्त्याएपछि सुनसरीमा वार्ता सुरू भएको छ। जिल्ला प्रशासन कार्यालय इनरूवामा केही बेर अघिबाट छलफल सुरू भएको कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिइन्। 'अहिले सिडिओ कार्यालयमा हामी छलफलमा छौं,'...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१ की ४० वर्षीया बालिका पुरीको भैंसी चराउन जंगलमा गएको समयमा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार पुरीको शव बिहीबार भेटिएको हो।...

विधानमै व्यवस्था नभएको ‘अर्ली इलेक्सन’ मा किन जाँदैछ एन्फा?

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विधानमै व्यवस्था नभएको ‘अर्ली इलेक्सन’ गर्नका लागि प्रक्रिया अघि बढाएको छ। एन्फाको बुधबार बसेको कार्यसमितिको बैठकले आगामी माघ २८ गते झापामा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने निर्णय गरेको हो।  पंकजविक्रम नेम्बाङ अध्यक्ष रहेको हालको...

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग पालैपालो छलफल गर्दै आयोग

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ। पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस...