ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति

५० सेकेन्ड अघि   सेतोपाटी

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको सहमति भएको हो। सहमति पत्रमा आज बेलुकी ७ बजे अध्यक्ष लिङ्देन र अध्यक्ष थापाले हस्ताक्षर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

नेपाल ट्रष्टको जग्गा लिज प्रकरण: पूर्वसहसचिव लेख बहादुरलाई १० लाख धरौटीमा छाड्न आदेश

१३ मिनेट अघि   सेतोपाटी

नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको प्रकरणमा पक्राउ परेका ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार सहसचिव कार्कीलाई १० लाख र अर्का प्रतिवादी अर्जुनकुमार कार्कीलाई ६ लाख रूपैयाँ धरौटीमा छाड्न...

९ दिनमा बालुवा गिट्टी चोर्ने ३१ सवारी साधन नियन्त्रण

२३ मिनेट अघि   सेतोपाटी

दाङ प्रहरीले नौ दिनको अवधिमा  बालुवा गिट्टी चोर्ने २१ सवारी साधन नियन्त्रणपछि कारबाही गरी छोडेको छ।  पुस १ गतेदेखि पुस ९ गतेसम्म जिल्लास्थित खोला तथा नदीबाट बालुवा, गिट्टी तथा ढुंगा चोरी निकासी तथा पैठारी कार्यमा संलग्न १९ ट्र्याक्टर र २ टिपर नियन्त्रणपछि आर्थिक...

बुकारामा एसिया इन्टरनेसनल युनिभर्सिटीमा 'नेपाल फेस्टिवल २०२५' सम्पन्न

३४ मिनेट अघि   सेतोपाटी

एसिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको छ। कार्यक्रममा नेपाली र उज्बेक अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष सम्मान प्रदान गर्यो। कार्यक्रममा नेपालका सांस्कृतिक नृत्य, परम्परागत प्रस्तुति, र नेपाली खानाका...

एकैदिन तीन भारतीय ब्याटरको कीर्तिमानी शतक

३५ मिनेट अघि   सेतोपाटी

सकिबुल गानीले भारतीय पुरुष लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने रेकर्ड बनाएका छन्। २०२५-२६ विजय हजारे ट्रफीको (भारतको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता) पहिलो दिन गानीले ३२ बलमा शतक प्रहार गरेका हुन्।  बुधबार नै इशान किशनले ३३ बलमा कीर्तिमानी शतक...

केही ठाउँहरूमा बदनियतका साथ क्रियाशील सदस्यताको काम गर्न दिइएको छैन: गगन थापा

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ठाउँहरूमा बदनियतका साथ क्रियाशील सदस्यतासम्बन्धी काम गर्न नदिइएको पाइएको बताएका छन्। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण र वितरणका कामहरू तीव्र गतिमा भइरहे पनि केही...

प्रदेश सभा बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय भएको छ: प्रवक्ता महत

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रदेश सभा समानुपातिक बन्द सूचीमा समावेश रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘प्रदेश सभा समानुपातिक सूचीमा रहेका १९...

नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको आइस स्केटिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रियस्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ र  अन्तराष्ट्रिय स्केटिङ महासंघसँगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिंङ प्रतियोगितामा नेपालबाट २ जना महिला तथा...

राप्रपाका ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेद्वार सिफारिस भएका छन्। शाही जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ बाट उम्मेदवार सिफारिस भएका हुन्। २०७९ सालमा भएको...

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने

१ घण्टा अघि   सेतोपाटी

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुने सेतोपाटीलाई जानकारी दिए। ‘दुई...

लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसनमा कन्सर्ट आयोजना गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ। हाल लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन पुस १६ गते भव्य कन्सर्ट गर्ने घोषणा...

ओली र लेखक आयोगमा बयान दिन जानुपर्छ कि पर्दैन?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगले बयानका लागि पूर्वगृहमन्त्री रमेश लेखकलाई पत्र काटेको छ। पूर्वप्रधानमन्त्री केपी ओलीलाई पनि बयानका लागि बोलाउने तयारी छ। जाँचबुझ आयोगले पत्र काट्नुअघि नै ओलीले आफू बयान दिन नजाने बताइसकेका छन्। लेखकले...

विराट ट्रेड एक्स्पो–२०२५ : आत्मविश्वास जुटाउन हातेमालो गर्दै निजी क्षेत्र

१ घण्टा अघि   सेतोपाटी

विराटनगरका उद्योगी नविन रिजालले पछिल्लो महिना दिनको धेरै समय आफ्नो उद्योगहरूमा भन्दा ‘बजार’ मा बिताएका छन्। रिजालको समूहका मुख्य नेतृत्वकर्ता उनी मात्रै होइन, विराटनगरका सय जनाभन्दा बढी उद्योगीहरूले पछिल्लो महिना दिन नविनले जस्तै दौडादौडमै बिताएका छन्।  उनीहरू सबै आफ्नो उत्पादनको...

एच-१ बी भिसामा १ लाख डलर शुल्क लगाउन अदालतले ट्रम्पलाई दियो अनुमति

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एच-१ बी भिसामा कर्मचारी ल्याउने कम्पनीलाई १ लाख अमेरिकी डलर शुल्क लगाउन अदालतले बाटो खुला गरेको छ। ट्रम्पले सेप्टेम्बरमा एच-१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले अमेरिकी सरकारलाई १ लाख डलर शुल्क तिर्नुपर्ने नियम ल्याएका थिए।...

चुनाव फागुन २१ मै हुन्छ, भदौ २३ निम्त्याउने जस्तो सरकार नचुन्नुहोस्

१ घण्टा अघि   सेतोपाटी

लगभग तीन महिनाअघि नेपालमा जुन किसिमले द्वन्द्व चर्कियो र ठूलो क्षति भयो, त्यो हेर्दा आज यसरी यो मेलामा सहभागी हुन पाइएला भन्ने सोच्न सकिने अवस्था थिएन। त्यो सात दिनको घटना र त्यसपछिको कम्पनले निजी क्षेत्रको मनोबल ज्यादै खस्केको थियो। तर...

एनसिएचएलको १७औं वार्षिकोत्सव सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले आफ्नो १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसिएचलका पूर्व अध्यक्ष,...

ट्रम्पलाई सिकागो सहरमा नेसनल गार्ड परिचालन नगर्न सर्वोच्चको आदेश

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाको सर्वोच्च अदालतले सिकागो सहरमा नेसनल गार्डका सैनिक परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई रोकेको छ।  आप्रवासीलाई सामूहिक-देशनिकाला गर्ने आफ्नो नीति कार्यान्वयन गरिरहेका संघीय अधिकारीहरूको सुरक्षाका लागि ट्रम्पले अक्टोबरमा सिकागोमा नेसनल गार्ड परिचालन गर्ने आदेश दिएका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीको...

सभापतिले नाम मात्रको कार्यवाहक दिनुभयो, शक्तिको अभ्यास आफैले गर्नुभएको छ: गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। पार्टीमा कार्यवाहक दिने, बैठकहरूमा नआउने तर शक्तिको सबै अभ्यास कायमै राखिरहेको भन्दै महामन्त्री थापाले केन्द्रीय कार्यालय सानेपाबाटै खुला असन्तुष्टि राखेका हुन्। गत असोज २८ गते सभापति देउवाले उपसभापति...

समानुपातिक उम्मेदवार छान्न रास्वपाले १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचन गर्दैछ। रास्वपाले आगामी पुस १२ र १३ गते सातै प्रदेशमा प्रारम्भिक मतदान गराउन लागेको हो।  रास्वपाका पार्टी सदस्यहरूले उक्त मतदानमा भोट हाल्न सक्नेछन्। प्रारम्भिक निर्वाचनको...

ठमेलको वाल्डो क्यासिनोमा इभेन्ट- तीन पत्तीमा ठगी गर्न प्रयोग गरियो लेन्स र म्याग्नेटिक तास

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं ठमेलको वाल्डो क्यासिनोमा संगठित रूपमै ठगी भएको खुलेको छ। फ्लस खेल (तीन पत्ती) खेलाएर लुट्नका लागि भारतीय र नेपाली समूहले संगठित रूपमा ठगी गरेको पाइएको हो।  ठगी गर्नका लागि प्रविधि समेत प्रयोग भएको यस घटनामा ६ जना जिल्ला प्रहरी...

यी हुन् एमाले पोलिटब्युरो सदस्यका आकांक्षीहरू

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको पुसको २६ देखि २९ गतेसम्म बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने भएको छ। उक्त बैठकले ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो निर्वाचित गर्ने एमालेले बताएको छ। एमालेको विधानमा केन्द्रीय कमिटी संख्याको एक तिहाइ पोलिटब्युरो बन्ने प्रावधान...

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा

२ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता भएको छ। दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको घोषणा गरेका हुन्। २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको...

रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्।  पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ। यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो।  केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश नेताहरूले तत्कालीन गृहमन्त्री लेखकलाई...

कलाकारहरूको नाम र तस्बिर दुरूपयोग गर्दै ठगी प्रयास, सजग हुन अनुरोध

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय कलाकारहरूको नाम दुरूपयोग गर्दै ठगी गर्ने क्रम बढेको छ। अभिनेत्रीद्वय केकी अधिकारी, स्वस्तिमा खड्का, अभिनेता आकाश श्रेष्ठ लगायतले आफ्नो नाम र तस्बिर दुरूपयोग गर्दै पैसा मागिएको गुनासो गरेका छन्। आफूहरूको नाम र तस्बिर दुरूपयोग गर्दै ह्वाट्स एप र भाइबरबाट पैसा...