ओलीलाई बधाई दिँदै विद्या भण्डारीले भनिन् : लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक
काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेकाे ११औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेकी उनले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त...
