ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विज्ञहरू भन्छन्– ‘राष्ट्र बैंकका नीतिहरू व्यवहारिक भएनन्’

९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरू अव्यवहारिक भएका कारण पछिल्लो समय निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन्। बैंक तथा फाइनान्स एण्ड इन्सोरेन्स इन्टिच्युट अफ नेपालले गरेको एक कार्यक्रममा विज्ञहरूले निष्क्रिय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू रहेको...

एमाले प्रतिनिधि मनोनयनप्रति ईश्वर पोखरेलको असहमति

१० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि प्रतिनिधि मनोनयनप्रति असहमति प्रकट गरेका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार मनोनित १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष ओलीको सूचीको रहेको र त्यसमा पोखरेलको असहमति रहेको छ। ‘महाधिवेशनका...

एमाले महाधिवेशन उद्घाटन सत्रमा कार्यवाहक सभापति खड्का जाने

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ। आज दिउँसो भक्तपुरको सल्लाघारी चौरमा महाधिवेशन उद्घाटन हुँदैछ। महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिन एमालेले १६ दलहरूलाई निम्तो गरेको छ। एमालेले नेपाली कांग्रेसलाई पनि निम्ता गरेको छ। नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर निम्तो...

एमाले महाधिवेशन- बिहान सवा ११ बजेसम्म जम्मा भए चार हजार बढी कार्यकर्ता

२८ मिनेट अघि   सेतोपाटी

भक्तपुरको सल्लाघारीस्थित नेकपा एमालेको महाधिवेशनस्थलमा चार हजार भन्दा बढी कार्यकर्ताहरू जम्मा भएका छन्। शनिबार बिहान ११ बजेसम्म चार हजार भन्दा बढी कार्यकर्ता जम्मा भएका हुन्। कार्यक्रमस्थलमा कार्यकर्ताहरू आउनेक्रम जारी नै छ। यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट गाडीबाट कार्यकर्ताहरू...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का ताेड्ने मन्त्री घिसिङकाे चेतावनी

३२ मिनेट अघि   थाहाखबर

तनहुँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै उनले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई...

एमाले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत (सूची)

३४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको परामर्शका आधारमा प्रतिनिधिहरू मनोनीत गरेको एमालेले जनाएको छ। हिजो बसेको सचिवालय बैठकमा प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष ओली र...

एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा, स्क्यानरले नेता- कार्यकर्ताको जाँच- तस्विर

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ नेकपा एमाले को ११ औँ राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित  महाधिवेशनस्थलमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई लाइन लगाएर गेटमै प्रहरीले सुरक्षा चेक जाँच गरिरहेको छ । नेता कार्यकर्तालाई स्क्यानरले मान्छे र झोला चेकजाच गरेर भित्र पठाइँदै छ। हेर्नुहोस्...

एमाले महाधिवेशनमा भेला हुन थाले कार्यकर्ता (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

भक्तपुरको सल्लाघारीमा हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि कार्यकर्ता तथा नेताहरू भेला हुन थालेका छन्। शनिबार दिउँसो महाधिवेशनको उद्घाटन हुनेछ। कार्यक्रममा २ लाख मानिसको उपस्थिति हुने एमालेले दाबी गरेको छ। उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ।  एमाले...

एमाले महाधिवेशनका लागि काठमाडौं उपत्यका भित्रिए करिब ४ सय गाडी

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमाले महाधिवेशनका लागि अहिलेसम्म करिब चार सय गाडीहरू काठमाडौं उपत्यका प्रवेश गरेका छन्। शनिबार बिहानसम्म काठमाडौं उपत्यका भित्र ३९६ वटा साना र ठूला गाडी प्रवेश गरेको स्रोतले बतायो। ती सवारीसाधनमा १४ हजार भन्दा बढी मानिसहरू भएको...

थाइल्याण्डले बमबारी जारी राखेको कम्बोडियाको आरोप

१ घण्टा अघि   थाहाखबर

युद्धविरामपछि पनि थाइल्याण्डले आफ्नो भूमिमा बमबारी जारी राखेको कम्बोडियाले आरोप लगाएको छ। कम्बोडियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै थाइ सेनाले दुईवटा एफ-१६ लडाकु विमान प्रयोग गरी सातवटा बम खसालेको जनाएको छ।  अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले हिजो मात्रै थाइल्याण्ड र...

त्रिविको ५१ औं दीक्षान्त समारोह पुस १० गते

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै दीक्षान्त समारोह २०२५ डिसेम्बर २५ अर्थात् पुस १० गते बिहीबार दशरथ रंगशालामा सम्पन्न हुनेछ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले बिहान...

लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट सिफारिस

१ घण्टा अघि   सेतोपाटी

लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस भएकी छन्। कांग्रेस धादिङ २ ले उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो। उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन्।...

एनपीएलमा भिड्ने दुवै टिमलाई प्रधानमन्त्रीको शुभकामना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) उपाधिका लागि भिड्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छिन्। सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्। उनले एनपीएलका माध्यमबाट नेपालको चिनारी फैलिएको तर्क गरेकी छिन्।...

जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा अघि सार्दै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा र जनसभा गर्न लागेको प्रचार...

सल्लाघारीमा यसरी भेला हुँदैछन्, एमालेका नेता कार्यकर्ता (तस्विर)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको ११ औं महाधिवेशन आज देखि , बिहान ६ बजे देखि देशभरबाट नेता कार्यकर्ता आउने क्रम जारी छ। तस्विरमा हेर्नुहोस् भकतपुरको सल्लाघारीमा भेला हुँदै गरेका एमालेका नेता-कार्यकर्ता-

एमाले महाधिवेशन उद्घाटन स्थलमा बिहानैदेखि चहलपहल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ११ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ।  तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट २ हजार २६२ प्रतिनिधि काठमाडौं आइसकेका छन्। महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा शनिबार हुँदैछ। उद्घाटन समारोह दिउँसो १ बजेदेखि हुनेछ। उद्घाटन समारोहका लागि सल्लाघारीमा विशेष...

बस्तीबीचमै हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

बेलबारी : हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एकजनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजिव गिरीका अनुसार शनिबार बिहान घिमिरे दूध बिक्रीका लागि स्थानीय...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा...

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको  संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा  रामसार सन्धि भएकाे थियाे। हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो।  सन् १९८७...

लम्बियो राप्रपाको केन्द्रीय समिति बैठक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक शनिबार पनि जारी रहने भएको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा सदस्यहरुको बोल्नेक्रम जारी रहेपछि बैठक शनिबारसम्म सञ्चालन हुन लागेको हो।  शुक्रबारसम्म ७१ जनाले आफ्नो धारणा राखेको प्रवक्ता मोहन...

तस्विरमा हेर्नुहोस् कोशी टापु वन्यजन्तु आरक्षणको जैविक विविधता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल नेपालमा भएको १० वटा रामसार क्षेत्रमध्ये कोशी टापु वन्यजन्तु आरक्षण पहिलो हो। सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर छ ।          यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने...

इतर समूहले प्रतिवाद गरेपछि विधान संसोधन प्रस्तावबाट पछि हटे ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को पदाधिकारी संख्या बढाउने गरी विधान संशोधन गर्ने प्रस्तावबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। ११ औं महाधिवेशनमा पदाधिकारीमा आफ्नै समूहमा आकांक्षीको लर्को लागेपछि अध्यक्ष ओलीले उनीहरूलाई समेट्नका लागि पदाधिकारी संख्या हाल कायम रहेको १५ जनाबाट बढाएर १९...

जेनजी आन्दोलनमा जेलबाट भागे, चोरी गर्दा साढे १० लाख रुपैयाँसहित समातिए

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारगारबाट भागेका एक कैदी चोरी गरेको रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको १० लाख २३ हजार ५ सय नगदसहित नुवाकोट बेलकोटगढी-९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरेको हो।  परिसरका प्रवक्ता प्रहरी उपरीक्षक...

एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

३ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र...