नयाँ नेतृत्वको निर्वाचनमा एमालेले विद्युतीय मेसिन प्रयोग हुने
काठमाडौँ : नेकपा (एमाले)ले महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भएको छ। शुक्रवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। गत भदौ अन्तिम साता सम्पन्न विधान महाधिवेशनबाट पारित निर्णयअनुसार...
