ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुदूरपश्चिममा ४१ हजार मत बदर

५१ सेकेन्ड अघि   सेतोपाटी

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ। प्रदेश निर्वाचन...

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ। यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ। प्रत्यक्षतर्फ १६५ मध्ये...

बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन

१५ मिनेट अघि   सेतोपाटी

रामेछापका पासाङ लामा अमेरिका गएको ३० वर्ष भयो। अहिले उनी अमेरिकामा १४० वटा ग्यास स्टेसन चलाइरहेका छन्। यसबाहेक ग्यास डिलर, होलसेल किराना पसल, साना–ठूला गरेर १२ वटा ट्रक अनि ग्यास स्टेसन बनाउने र मर्मत गर्ने कन्स्ट्रक्सन (निर्माण) कम्पनी पनि छ।...

एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता

९ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा प्रस्तावकमा सुवास लामिछाने र ईश्वर गुरूङ रहेका छन् भने समर्थकमा बाबुराम भण्डारी र...

पाँच दिनदेखि खोजिरहेको छोरालाई अस्पतालको शवगृहमा देखेपछि

१० घण्टा अघि   सेतोपाटी

सहिद परिवारको कथा भदौ २४ गते, दिउँसो १ बजेको थियो। सिन्धुलीको तीनपाटन गाउँपालिका-६ घर भएकी भीममाया सुनुवारले काठमाडौंमा जताततै आगलागी र तोडफोड भएको खबर सुनिन्। खबर सुन्नासाथ उनले काठमाडौं बस्ने छोरा दिपेश सुनुवारलाई फोन गरिन्। 'म आन्दोलनमा आएको छु, हजुरलाई...

वीरगञ्जमा प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा

१० घण्टा अघि   सेतोपाटी

वीरगञ्जमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट तयार भइरहेको छ। वीरगञ्ज महानगरपालिका नगवास्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लान्ट बनाउने काम अन्तिम चरणमा पुगेको हो। प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यले प्लान्ट बनाउन लागिएको वीरगञ्ज महानगरपालिकाले...

'छोराको अनुहार सम्झेर रूँदै रास्वपामा भोट हालेको छु, खेर नजाओस्'

१० घण्टा अघि   सेतोपाटी

नयाँ सरकारबारे के भन्छन् सहिद परिवार? जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको छ,...

एनआरएनए सचिवमा माधव दुलालको उम्मेदवारी

१० घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को सचिव पदका लागि माधव दुलालले उम्मेदवारी दिएका छन्। सन् २०२३-२०२५ को कार्यकालमा एनआरएनए क्यानडाको अध्यक्ष भएका दुलालले यस पटक एनआरएनए आइसिसीको अध्यक्षमा उम्मेदवारी दिएका हुन्।  आफ्नो कार्यकालमा  एनआरएनए क्यानडाले विभिन्न...

मध्यपूर्वमा रहेका नेपालीको अवस्था के छ? यस्तो छ परराष्ट्र मन्त्रालयको ब्रिफिङ

११ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरू गरिसकेको बताएका छन्।  परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन...

माघसम्म थपियो दुई खर्ब २१ अर्ब कर्जा लगानी

११ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनासम्म (साउनदेखि माघसम्म) को तथ्यांक अनुसार निजी क्षेत्रमा बैंकिङ प्रणालीबाट दुई खर्ब २२ अर्ब रूपैयाँ थप कर्जा लगानी भएको छ।  निजी क्षेत्रतर्फ बैंकहरूको कुल कर्जा लगानी ५७ खर्ब १९...

मुलुक पाँच खर्ब रूपैयाँभन्दा धेरैले भुक्तानी सन्तुलनमा

११ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनासम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्ब ७२ अर्ब रूपैयाँले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ। २०८१-८२ को सात महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ८४ अर्ब रूपैयाँले...

माघमा ३.२५ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर

११ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा यस्तो वृद्धिदर ४.१६ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना (साउनदेखि माघसम्म) को औसत मूल्य वृद्धि दर १.९२ प्रतिशत छ।...

३३ खर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

११ घण्टा अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना (साउनदेखि माघसम्म) मा विदेशी मुद्राको सञ्चिति ३२ खर्ब दुई अर्ब रूपैयाँ पुगेको छ।   डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च...

एमाले सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ। बस्नेतविरूद्ध बुधबार  सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएको हो। जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अभिव्यक्ति दिएका भन्दै बस्नेतविरूद्ध मुद्दा दायर भएको हो। सर्वोच्च अदालतमा विचारधीन रहेको मुद्दामा धारणा...

मताधिकार माग्दै एन्फा पुग्यो थ्रीस्टार क्लब

१२ घण्टा अघि   सेतोपाटी

थ्रीस्टार क्लबले उच्च अदालत पाटनले ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेकाले आफूहरूलाई अखिल नेपाल फुटबल संघ  (एन्फा) को निर्वाचनमा मताधिकार प्राप्त हुनु पर्ने माग गरेको छ।  गत फागुन १३ गते उच्च अदालत पाटनले  गरेको फैसालको पूर्ण पाठ प्राप्त भएको बताउँदै...

सात महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

१२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना (साउनदेखि माघ) सम्ममा रेमिटेन्स १२ खर्ब नाघेको छ। माघ एक महिनामा मात्रै एक खर्ब ९८ अर्ब रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने नौ खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको...

'सशक्त विपक्षी बन्ने' तयारीमा छन् २९ वर्षीया सांसद आरेन राई, भन्छन्– माटोको पक्षमा उभिन्छु

१२ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना चलिरहँदा कोशीको पहाडी जिल्ला खोटाङले धेरैको ध्यान खिचिरहेको थियो। मतगणनाको प्रारम्भदेखि नै श्रम संस्कृति पार्टीका आरेन राईले अग्रता बनाएपछि खोटाङतिर धेरैको चासो सोझिएको थियो। धरानका पूर्वमेयर हर्क साम्पाङको नेतृत्वमा चार महिनाअघि मात्र...

संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी ७० औं सभामा मन्त्री श्रेष्ठको सम्बोधन

१२ घण्टा अघि   सेतोपाटी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैंगिक समानताको आधारस्तम्भ भएको बताएकी छन्।  अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको ७० औं सभामा सम्बोधन गर्दै उनले उक्त...

पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार प्रकरणमा थप एक जना पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ...

एक दिनको प्रेमकथा, साईं पल्लवीको बलिउड डेब्यू फिल्मको ट्रेलर सार्वजनिक (भिडिओ)

१३ घण्टा अघि   सेतोपाटी

आमिर खान प्रोडक्सनको फिल्म 'एक दिन' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ट्रेलरमा मुख्य कलाकार साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथाको सुन्दर झलक देखाइएको छ। उनीहरूबीच एक दिनका लागि सुरू हुने रोचक प्रेम र भावनात्मक उतार-चढावको कथा ट्रेलरमा देखिन्छ।...

सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

१३ घण्टा अघि   सेतोपाटी

सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए।  'सुतली बम हो कि के हो भन्ने कुरा हामी बुझ्दैछौं। नेपाली सेनाको...

अमेरिकामा इरानी फुटबल टोलीलाई स्वागत गर्ने ट्रम्पको भनाइ

१३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच युद्धको स्थिति रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी फुटबल टोलीलाई यसै वर्ष हुने विश्वकपमा सहभागी हुन ‘स्वागत’ गर्ने बताएका छन्।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पको भनाइ पुष्टि गरेका हन्।  इन्फान्टिनोले इन्स्टाग्राममार्फत आफूले मंगलबार राष्ट्रपति ट्रम्पलाई भेटेर विश्वकपको...

पटक पटक जनताबाट पराजित नेताहरूले पार्टीको मुख्य जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्छः नरेश रोकाया

१३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायले निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै यसको जिम्मेवारी सिंगो सचिवालय टिमले लिनुपर्ने बताएका छन्। उनले केही नेता पटक पटक जनताबाट अस्वीकृत भएको भन्दै उनीहरूले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। ‘यसपटकको आमनिर्वाचनमा नेकपा (एमाले) को...

टी-२० विश्वकपको खेलाडीको कुल पुरस्कार रकम १ अर्ब ६५ करोड, नेपाली खेलाडीले कति पाउँछन्?

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ कुल ११.२५ मिलियन अमेरिकी डलर (१ अर्ब ६५ करोड रुपैयाँ बढी) खेलाडी पुरस्कार रकम वितरण गरिएको आइसिसीले जनाएको छ।  यो रकम २०२४ मा आइसिसीले गरेको रेकर्ड वृद्धि अनुसार नै छ। आइसिसीले सहभागी २० टोलीलाई नै...