ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

१ मिनेट अघि   सेतोपाटी

१९ करोड ८१ लाखभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-११ भद्रकालीबाट प्रहरीले २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। सेफबाट प्रहरीले दुई वटा मोबाइल बरामद गरेको...

प्रधानमन्त्री कार्की र महन्थ ठाकुरबीच भेटवार्ता

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए। प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका...

जनकपुरलाई पोखराको १५६ रनको लक्ष्य

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङमा आएको पोखराले ६ विकेट गुमाएर १५५ रन बनायो। पोखराका लागि सुमित महर्जन सर्वाधिक ५० रन बनाए। दिनेश खरेल ३८, त्रितराज दास २९, आडम रोसिङ्टन २४,...

युएईमा मापदण्ड नपुगेका शैक्षिक संस्थामा नेपाली विद्यार्थी पठाउँदै कन्सल्टेन्सी

११ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली विद्यार्थीहरू समस्यामा परेको युएईस्थित नेपाली दूतावासले जनाएको छ। नेपालका केही शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सीहरू) ले युएईका फ्री-जोनहरूमा सञ्चालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा विद्यार्थी पठाउने गरेको र ती संस्थामध्ये कतिपय मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको...

सबै पक्षलाई विश्वास र सहमतिमै लगेर सरकारले निर्वाचन सम्पन्न गर्छ: मन्त्री अर्याल

१३ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढिसकेको बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक नीति...

एनपिएलमा अर्धशतक हान्ने दशौँ खेलाडी बने सुमित वर्मा

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सका सुमित वर्मा एनपिएलमा अर्धशतक हान्ने दशौँ खेलाडी बनेका छन्। जनकपुर बोल्ट्सविरूद्ध उनले २८ बलमा ५० रन बनाउँदै एनपिएलमा अर्धशतक हान्ने दशौँ खेलाडी बन्न सफल भएका हुन्।  उनले चार छक्का र दुई चौकाको मद्धतले ५० रन बनाएका हुन्। आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिम...

सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

१६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जितबिहीन टोलीको भिडन्तमा पोखरा एभेन्जर्सले सुमित बर्माको अर्धशतक जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनायो। पोखराका लागि ओपनरद्वय दिनेश खरेलले ३८ रन र...

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१८ मिनेट अघि   थाहाखबर

 काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। उहाँले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरेका हुन्। मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना...

अबदेखि पत्रकारहरू सामाजिक सुरक्षाको दायरामा

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पत्रकारहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्। बिहीवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएको हो। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस),...

मधेस प्रदेशकी मन्त्री कञ्चन विच्छालाई साधारण सदस्यबाट निलम्बन गर्ने राप्रपाको निर्णय

२० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेश सरकारमा मन्त्री बनेकी सांसद कञ्चन विच्छालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ। आज धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विच्छालाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। विच्छा पार्टीको...

बालबालिकाको वैकल्पिक हेरचाह प्रवर्धनको खाँचो

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बालबालिकाको परिवार विछोड बढ्दै जाँदा उनीहरूको भविष्य अलमलमा पर्ने भएकाले उनीहरूको वैकल्पिक हेरचाह प्रवर्धनको खाँचो बढेको छ।  बालबालिकालाई बालगृहभन्दा परिवारभित्रै संरक्षण गर्नुपर्ने भन्दै हिमाली नवीन समाजले आयोजना गरेको कार्यक्रममा सहभागीले पारिवारिक विछोड र संस्थागत हेरचाहका नकारात्मक असर बालबालिकाको शारीरिक, मानसिक...

२० लाख धरौटी बुझाएर रिहा हुँदै महरा

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। विद्युतीय चुरोट (भेप) भित्र सुन राखेर तस्करी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद सापकोटाको इजालसले धरौटीमा छोड्न आदेश दिएको हो।...

सामाजिक सुरक्षा कोषमा जम्मा भयो श्रमिकको ९५ अर्ब

३४ मिनेट अघि   सेतोपाटी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार श्रमिक आवद्ध भएका छन्। हालसम्म उनीहरूको ९५ अर्ब ६८ करोड रकम कोषमा जम्मा भएको छ। श्रमिकहरूले जम्मा गरेको ९५ अर्ब रकम सहित कुल एक खर्ब २६ अर्ब रकम कोषले विभिन्न क्षेत्रमा...

राप्रपाले थप्यो ६ महिना कार्यकाल

३६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमित महाधिवेशन नगर्ने भएको छ। २०७८ मंसिरमा महाधिवेशन गरेको राप्रपाले यो मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने भए पनि ६ महिना कार्यकाल थप गर्ने निर्णय गरेको हो। आज धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय...

के-के छन् त्रिविका नीति तथा कार्यक्रम ?

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम हिजो(बुधबार) पारित भएको छ। त्रिविका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजित सभाको साधारण बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। त्रिविको नियमित तालिकाअनुसार...

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने नेकपा एमालेका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।  चुनावभन्दा पनि संसद पुनर्स्थापनामा जोड दिइरहेको एमाले र सरकारबीच द्वीपक्षीय संवाद अहिले भइरहेको हो।  छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल...

हिलारी क्लिन्टन विरूद्ध हावादारी मुद्दा हालेको भनेर ट्रम्पलाई लगाएको १० लाख डलर जरिवाना सदर

४६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टन विरूद्ध हावादारी मुद्दा हालेको भनेर जिल्ला अदालतले लगाएको १० लाख डलर जरिवाना संघीय पुनरावेदन अदालतले सदर गरेको छ। क्लिन्टन र पूर्व एफबीआई निर्देशक जेम्स कमी लगायतले २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले रूससँग साँठगाँठ गरेको...

प्रधानमन्त्री र एमाले नेताहरूबीच बालुवाटारमा भेटवार्ता

४९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। अहिले उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएरहेको हो। छलफलमा प्रधानमन्त्री कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन्। एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी...

उमेर पाको भए पनि हामी जेनजीभन्दा कम छैनौं : प्रचण्ड

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरू नरहेको बताएका छन्।  बिहीबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले  उमेरको हिसाबले धेरैजसो नेताहरु उत्तरार्द्धमा रहेको बताए। तर...

खाना डेलिभरी गर्नेलाई पेस्तोल देखाएर लुटपाट

५६ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते काठमाडौंका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले दुई वटा पेस्तोल र एउटा म्यागजिनसहित तीन जनालाई पक्राउ गरेको छ। मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज...

कर कार्यालयले भन्यो- एनसेलले तिर्नुपर्ने कुनै कर बक्यौता छैन

५८ मिनेट अघि   सेतोपाटी

एनसेलले हाल सरकारलाई कुनै पनि कर तिर्न बाँकी नरहेको ठूला करदाता कार्यालयले जनाएको छ। एनसेलको कुनै पनि बक्यौता नरहेको आन्तरिक राजश्व कार्यालय मातहतको ठूला करदाता कार्यालयले मंसिर दुई गते अर्को एक सरकारी निकायलाई लेखेको पत्रमा उल्लेख गरेको छ।  सञ्चार उपकरण...

राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,  घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि’ विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रूचिपूर्वक पढेका थिए। कतिपय गीत गीतकारबाट...

डिआइजी जयराज सापकोटामाथि विभागीय कारबाही गर्ने प्रधान कार्यालयको तयारी

१ घण्टा अघि   सेतोपाटी

प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटामाथि प्रहरी प्रधान कार्यालय नक्सालले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ। कार्य विभागको कार्य निर्देशनालय नक्सालमा रहेका सापकोटाले डिआइजी सरूवाको विषयमा स्टाटस लेखेपछि विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको प्रधान कार्यालय स्रोतले बतायो। मंसिर ७ गते...

प्रतिनिधि सभा निर्वाचनका सुरक्षा लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा आवश्यक सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ मंसिर ८ गतेको निर्णयअनुसार...