ठण्डीमा पनि घटेनन् डेंगुका विरामी, एक सातामा भेटिए १६० जना
काठमाडौँ : चिसो मौसम शुरु हुँदा पनि देशभर डेंगुका विरामी कम हुन सकेका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक सातामा देशभर १६० जना डेंगुका विरामी भेटिएका छन्। योसँगै नेपालमा गत पुसयता डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८०२ पुगेको छ।...
