ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। आइतबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले हिरासत मुक्त गर्न आदेश दिएको छ। यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले...

रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पको योजना खासमा रूसले बनाएको अमेरिकी सांसदको दाबी!

२० मिनेट अघि   सेतोपाटी

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना रूसले बनाएको भनेर अमेरिकी सांसदहरूले दाबी गरेका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजनाको अहिले युरोपमा मात्रै...

रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले छाडे पार्टी

२७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। उनले मंसिर ५ गते नै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्। राजीनामा पत्रमा आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पार्टीको वडा, पालिका क्षेत्रको...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सँधै नयाँ सुविधा थप गर्दै जानेक्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका व्यापारिक संस्थाहरूसँग पनि समन्वय अघि बढाएको छ।  सोही अनुसार कफी पारखीहरूलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैँसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान...

प्रगतिशील लोकतान्त्रिक पार्टीले सार्वजनिक गर्‍यो ८ बुँदे प्रतिबद्धता

२८ मिनेट अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो ८ बुँदे संकल्प तथा प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले आइतबार सार्वजनिक गरेको राजनीतिक घोषणापत्रमा उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो। आठ बुँदे प्रतिबद्धता यस प्रकार छन् — १. हामी नागरिकसँग कहिले नकारात्मक व्यवहार गर्ने छैनौं, सकारात्मक सोचबाट अभिप्रेरित हुनेछौं। हामी परिणाममुखी र उदाहरणीय शासन सञ्चालन...

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ

३७ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भदौ २४ गते भएको आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  पक्राउ पर्नेमा...

राष्ट्रियसभा निर्वाचनमा १३ दल सहभागी हुने, प्रतिनिनिसभाका लागि अहिलेसम्म ५६ दल दर्ता

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १३ दलले सहभागिता जनाउने भएका छन्। राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गराउने आज अन्तिम दिनसम्म १३ दलले दल दर्ताको प्रक्रिया पूरा गरेको निर्वाचन आयोगले जनाएको छ।  फागुन २१ गतेका लागि...

कोटेश्वरमा बसबाट खस्दा सहचालकको मृत्यु

३८ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ। आइतबार पौने १२ बजे जडिबुटीबाट बानेश्वर जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको बसबाट सहचालक सडकमा खसेका थिए।  बसबाट खसेका भक्तपुर नगरपालिका-१० का ४० वर्षीय सहचालक सुरेन्द्र गालेलाई किचेर मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

गीत आउनुअघि फिल्म सार्वजनिक, यस्तो छ सुशान्त र थिन्लेको 'यस्तै रैछ' (भिडिओ)

४५ मिनेट अघि   सेतोपाटी

चर्चित गायक सुशान्त केसीको मुख्य अभिनय रहेको लघु चलचित्र (सर्ट फिल्म) 'यस्तै रैछ' सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच फिल्म सार्वजनिक गरिएको हो। गायनमार्फत युवा पुस्तामाझ अत्यधिक लोकप्रिय रहेका सुशान्तको फिल्ममा यो डेब्यु अभिनय हो। १२ मिनेट ३१ सेकेन्डको फिल्ममा...

सुदन र सम्राटलाई सरकारले कारबाही नगरे परिस्थितिजन्य प्रतिरोध गर्ने एमाले भोलेन्टियर फोर्सको चेतावनी

५२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले जेनजी अगुवा र सम्राट उपाध्यायलाई सरकारले कारबाही नगरे परिस्थितिजन्य प्रतिरोध गर्ने चेतावनी दिएको छ। आइतबार विज्ञप्ति जारी गर्दै फोर्सका संयोजक पुष्पराज श्रेष्ठले जेनजी आन्दोलन अपहरण गर्ने गुरूङ र भदौ २४ गते नेताहरूका घरमा आगजनीमा संलग्न...

निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यमा ठूलो नोक्सानी : कुलमान

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिँदा राज्यले ठूलो नोक्सानी बेहोर्नुपरेको बताएका छन्। नेपाल इन्जिनियरिङ परिषद्ले आइतवार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले...

अशोक राई नेतृत्वको जसपा फुट्यो, राजेन्द्र श्रेष्ठसहित नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा जाने

१ घण्टा अघि   सेतोपाटी

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन्। उनीहरूले अध्यक्ष राईलाई पत्र लेख्दै आफूहरू पार्टीबाट अलग भएको जानकारी गराएका छन्। ‘हामी केन्द्रीय कार्यकारिणी...

यस्तो बन्यो प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद

१ घण्टा अघि   सेतोपाटी

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको छ। अध्यक्ष परिषदमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल छन्। डा. बाबुराम भट्टराई र जनार्दन शर्मा भने परिषदमा रहने छैनन्। अध्यक्ष परिषदमा रहेका सदस्यहरूको वरीयता समान रहनेछ भने चक्रीय प्रणालीका आधारमा...

अमेरिकाले हमला गर्ने डरले कडा पारे मदुरोले आफ्नो सुरक्षा व्यवस्था

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्। सुरक्षा खतरा महसुस गरेर उनले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको ढिलो घोषणा गर्ने गरेको र ती कार्यक्रममा सहभागी हुनेहरू सावधानीपूर्वक छानिने गरेको...

नवगठित प्रलोपामा सात सदस्यीय अन्तरिम अध्यक्ष परिषद, नेतृत्व आलोपालो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विभिन्न घटकहरूबीच एकीकरण भएर बनेको नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अन्तरिम अध्यक्ष परिषद् गठन गरेको छ। एकता महाधिवेशन अघि पार्टीलाई नेतृत्व गर्नका लागि आइतबार एकता घोषणासँगै सात सदस्यीय अध्यक्ष परिषद् गठन गरिएको हो।  अध्यक्ष परिषदमा सबै युवा नेताहरू छन्।...

गरिमा बैंकको वार्षिकोत्सव : ८ ठाउँमा रक्तदान, १९ वटा सामाजिक उत्तदायित्वका कार्यक्रम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा आज विविध कार्यक्रम गरेको छ।   बैंकले आज मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापनको समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जना र एक विद्यालयविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। कास्की पोखरा उपमहानगरपालिका-१ स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन...

खुकुरी प्रहार गरी फरार युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बाँकेमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गरी फरार एक युवक पक्राउ परेका छन्।  बाँके प्रहरीले खुकुरी प्रहार घटनाका फरार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१३ का नबिन सुनारलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मंसिर ३...

सशस्त्रको प्रवक्तामा डिआइजी थापा

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनिष थापा सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता तोकिएका छन्। आइतबारदेखि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि सूचना अधिकारी तथा प्रवक्ताको रूपमा डिआइजी कालिदास धौवजी थिए। उनी  ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्।  डिआइजी थापालाई...

चार महिनामा ६ खर्ब बढीको आयात, अन्तर्राष्ट्रिय व्यापार २४ प्रतिशतले बढ्यो

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउनदेखि कात्तिक)  महिनामा ६ खर्ब नाै अर्ब बढीको बस्तु आयात भएको छ।  भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा अहिले करिब एक खर्ब रूपैयाँ बढीको सामान आयात भएको छ। अघिल्लो वर्ष कात्तिकसम्म...

जनमतले तराई–मधेसका १५ जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउने

१ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीले तराई–मधेसका १५ जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले सोमबारदेखि मंसिर २५ गतेसम्म दुई साता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। निर्वाचनकेन्द्रित प्रशिक्षण बर्दियादेखि बारासम्म सञ्चालित हुनेछ। जनमत उपाध्यक्ष वसन्तकुमार कुशवाहाका अनुसार...

एनपिएलमा बेटिङ गरेको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बेटिङ गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आठ जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनीहरूमाथि बेटाकुलर डट लाइभ नामक बेटिङ एपमार्फत बेटिङ गराएको आरोप...

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज होः बाबुराम भट्टराई

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताएका छन्। काठमाडौंमा आज पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो। र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यदि यो कुरा...

रातो मसी छ्याप्ने प्रयास गरिएकामा महेश बस्नेतको चिन्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन्। नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल...