ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गरिमा बैंकको वार्षिकोत्सव : ८ ठाउँमा रक्तदान, १९ वटा सामाजिक उत्तदायित्वका कार्यक्रम

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा आज विविध कार्यक्रम गरेको छ।   बैंकले आज मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

७ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापनको समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जना र एक विद्यालयविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। कास्की पोखरा उपमहानगरपालिका-१ स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन...

खुकुरी प्रहार गरी फरार युवक पक्राउ

९ मिनेट अघि   सेतोपाटी

बाँकेमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गरी फरार एक युवक पक्राउ परेका छन्।  बाँके प्रहरीले खुकुरी प्रहार घटनाका फरार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१३ का नबिन सुनारलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मंसिर ३...

सशस्त्रको प्रवक्तामा डिआइजी थापा

१३ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनिष थापा सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता तोकिएका छन्। आइतबारदेखि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि सूचना अधिकारी तथा प्रवक्ताको रूपमा डिआइजी कालिदास धौवजी थिए। उनी  ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्।  डिआइजी थापालाई...

चार महिनामा ६ खर्ब बढीको आयात, अन्तर्राष्ट्रिय व्यापार २४ प्रतिशतले बढ्यो

१४ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउनदेखि कात्तिक)  महिनामा ६ खर्ब नाै अर्ब बढीको बस्तु आयात भएको छ।  भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा अहिले करिब एक खर्ब रूपैयाँ बढीको सामान आयात भएको छ। अघिल्लो वर्ष कात्तिकसम्म...

जनमतले तराई–मधेसका १५ जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउने

१६ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीले तराई–मधेसका १५ जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले सोमबारदेखि मंसिर २५ गतेसम्म दुई साता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। निर्वाचनकेन्द्रित प्रशिक्षण बर्दियादेखि बारासम्म सञ्चालित हुनेछ। जनमत उपाध्यक्ष वसन्तकुमार कुशवाहाका अनुसार...

एनपिएलमा बेटिङ गरेको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ

२० मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बेटिङ गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आठ जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनीहरूमाथि बेटाकुलर डट लाइभ नामक बेटिङ एपमार्फत बेटिङ गराएको आरोप...

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज होः बाबुराम भट्टराई

२१ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताएका छन्। काठमाडौंमा आज पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो। र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यदि यो कुरा...

रातो मसी छ्याप्ने प्रयास गरिएकामा महेश बस्नेतको चिन्ता

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन्। नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल...

नेतृत्वमा नरहने घोषणा गर्दै बाबुरामले भने : पार्टीको कामकारबाहीमा हस्तक्षेप पनि गर्दिनँ

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पार्टीको कुनै कार्यकारी पदमा नरहने घोषणा गरेका छन्। आइतबार विभिन्न घटकसँग एकता भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कुनै कार्यकारी पदमा नरहने र कामकारबाहीमा हस्तक्षेपसमेत नगर्ने प्रतिबद्धता उनले जनाएका हुन्।  एकता घोषणा सभा...

१० वर्ष कैद तोकिएका फरार कैदी पक्राउ

३८ मिनेट अघि   सेतोपाटी

१० वर्ष कैद तोकिएका एक जना फरार कैदी पुनः पक्राउ परेका छन्।  बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरका ३१ वर्षीय बसिर अली साइ पुनः पक्राउ परेका हुन्।  बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएपछि सजाय भुक्तान गरिरहेका उनी गत भदौ २४ गते  जेनजी...

पत्रकार दीपेन्द्र खनिया बसेकै घरमा मृत भेटिए

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पत्रकार दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत भेटिएका छन्। काठमाडौँको बानेश्वरस्थित थापागाउँमा बस्दै आएका उनको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले...

'चुनावअघि कांग्रेसले महाधिवेशन नगरे जनतामा जाने आधार सिध्दिन्छ'

५५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय समितिले महाधिवेशनबारे निर्णय लिन सकेको छैन। शेरबहादुर देउवा नेतृत्वको यो केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिँदैछ। त्यसैले १५ औं महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्र बलियो बन्दै गएको छ।  ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्। तर...

जब्बर पूँजीवादविरुद्ध लड्न युवाहरूलाई अघि सारेका हौँ : राम कार्की

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : वामपन्थी नेता राम कार्कीले पूँजीवाद जब्बर बनेको भन्दै त्यसविरुद्ध लड्न युवाहरूलाई अघि सारेको बताएका छन्। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा उनले यस्तो धारणा राखेका हुन्।  तत्कालीन माओवादी केन्द्रभित्रको प्रसंग जोड्दै नेता कार्कीले प्रयास गर्दा पुराना नेतृत्वलाई प्रतिस्थापन...

प्रभासबीना नै भयो 'स्पिरिट' को मुहूर्त, सेटमा चिरञ्जीवी र तृप्ति

५८ मिनेट अघि   सेतोपाटी

भारतीय निर्देशक सन्दीप रेड्डी वांगा र अभिनेता प्रभासको आगामी फिल्म 'स्पिरिट' को छायांकन औपचारिक रूपमा सुरू भएको छ। निर्माण पक्षले आइतबार फिल्मको टिमका साथ मुहूर्त गरेको हो। मूहुर्तमा निर्माता भूषण कुमार र अभिनेत्री तृप्ति डिमरी उपस्थित रहे। अभिनेता चिरञ्जीवी मुख्य अतिथिका रूपमा...

२०४७ सालको संविधान कार्यान्वयनको माग गर्दै प्रदर्शन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विसं २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ। आइतवार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो।  प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन्। त्यस्तै रोजगारीको ग्यारेन्टी...

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’। जसअनुसार आज कुनै पनि खेलको तालिका छैन। कूल ३२ मध्ये आठ खेल भइसकेका छन्। विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल...

उच्च करका कारण भारतीय मूलका अर्बपति लक्ष्मी मित्तलले बेलायत छोड्ने!

१ घण्टा अघि   सेतोपाटी

लामो समयसम्म बेलायतको सबभन्दा धनी व्यक्ति रहेका भारतीय मूलका व्यापारी लक्ष्मी मित्तलले उच्च करका कारण बेलायत छोड्ने भएका छन्। सत्तारूढ लेबर पार्टीले अति धनीहरूलाई लाउने कर प्रणालीमा गरेको परिवर्तनको कारण मित्तलले बेलायत छोड्ने भएको भनेर उनी निकट स्रोतहरूको हवाला दिँदै...

पितृस्मरणको रात: आस्थाले धानेका शरीर, सहनशीलताले धानेको परम्परा!

१ घण्टा अघि   सेतोपाटी

मंसिरको चिसो रात, बागमती किनारको कुहिरो, बत्तीले उज्यालो पाइरहेको पाशुपत क्षेत्र— यही वातावरणभित्र यो वर्ष पनि बाला चतुर्दशीको आस्था चम्किलो देखियो। रात गहिरिँदै जाँदा पनि मानिसहरूको उत्साह घट्ने हैन बरु झन्-झन् बढ्दै गइरहेको थियो। विशेष गरी वृद्ध–वृद्धाहरूको धैर्य हेर्दा लाग्थ्यो—...

अदालतको अवहेलना : प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। राजदूत फिर्ताको निर्णयमा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए। सोही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको...

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

१ घण्टा अघि   सेतोपाटी

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनकाअनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘मुचुल्काको काम भइरहेको छ,’ एसपी भट्टराईले भने। खनियाँ...

२६ सयमा बस्यो नेप्से, २० दिनपछि ६ अर्बमाथिको कारोबार

१ घण्टा अघि   सेतोपाटी

आइतबार पटक पटकको प्रयासपछि नेप्से परिसूचक २६ सयको विन्दुमा अडिएको छ। अन्तरदिनको कार्यक्रममा नेप्से परिसूचक एकाध पटक नै २६ सयको विन्दुमा पुग्दै ओर्लदै गरेपछि बजार बन्द हुँदा २६००.२२ को विन्दुमा अडिएको हो। अघिल्लो दिनको तुलनामा नेप्से ३९.९२ अंकले बढेको हो।...

स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन : कुनै पनि राजनीतिक गतिविधिमा नलाग्नू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारीप्रति कडाइ गर्न सुरु गरेको छ। विशेषगरी मन्त्रालय मातहतका स्वास्थ्यकर्मीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न मन्त्रालयले सूचना नै जारी गरेर निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा प्रचलित...

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणाः पूर्वप्रधानमन्त्री भट्टराई अभिभावकीय भूमिकामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ।  आइतवार काठमाडौंमा एक कार्यक्रमका बीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा...