ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री

२७ सेकेन्ड अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक...

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६  विकेटले जित हात पारेको हो।  १८.३  ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १०...

चितवन राइनोजमाथि लुम्बिनी लायन्सको सहज जित

१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूवात गरेको छ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित निकालेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो। १४३ रनको लक्ष्य लुम्बिनीले ओभरमा...

माइतीघरमा ९ दिनदेखि बसिरहेका यादवले तोडे आमरण अनसन

४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको माइतीघर मण्डलमा ९ दिनदेखि बसिरहेका यादव सिंहले आमरण अनसन तोडेका छन्। बिहीबार साँझ घाइते जेन-जी मदन कार्की र विजेश तामाङको हातबाट जुस खाएर उनले आमरण अनसन तोडेका हुन्। गृह मन्त्रालयको उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा माग सम्बोधन गरिदिने...

ख्याल–ख्यालमा भदौ २४ जस्तै सबै कुरा पुग्ला सेनाको हातमा!

१३ मिनेट अघि   सेतोपाटी

जटिल कुरालाई सरल बनाउनमा अल्बर्ट आइन्स्टाइनको विशेष रूचि र दखल थियो। हुन त हरेक वैज्ञानिकहरूको काम त्यही हो। तर आइन्स्टाइनलाई त्यसका लागि विशेष रूपमा सम्झिइन्छ। उनको एउटा भनाइ प्रसिद्ध छ — यदि कुनै कुरा तिमीले सरल रूपमा बुझाउन सक्दैनौ भने,...

विदेशमा भएका नेपालीलाई मताधिकार- पाँच डलरमा गराउन सकिन्छ एक भोट

१८ मिनेट अघि   सेतोपाटी

विदेशमा भएका नेपालीहरूलाई मतदानको व्यवस्था गर्न सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरिरहेको छ। तर निर्वाचन आयोगले भने फागुन २१ गते हुने निर्वाचनका लागि समयको चाप, आर्थिक स्रोत व्यवस्थापनको चुनौती र कयौँ कानुनी विषयमा अस्पष्टता भएकाले विदेशबाट निर्वाचन...

सरकार र बन्चरेडाँडाका स्थानीयबीच ११ बुँदे सहमति

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकार र बञ्चरे डाँडाका स्थानीय बासिन्दाबीच ११ बुँदे सहमति भएको छ। बिहीवार सिंहदरबारमा उक्त सहमति भएको हो। सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए प्रतिवेदन छिटो तयार गर्न...

सुरक्षा परिषद बैठक : निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो। 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा...

सरकार र बञ्चरेडाँडाका स्थानीयहरूबीच ११ बुँदे सहमति

३६ मिनेट अघि   सेतोपाटी

सरकार र बञ्चरेडाँडाका स्थानीयहरूबीच ११ बुँदे सहमति भएको छ।  बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमति सहित टुंगिएको हो। सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए...

केपी ओलीको जवाफ : सुशीलालाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानको ठाडो उल्लंघन

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ अनुसार सरकार गठन नगरी सुशीला कार्कीलाई नियुक्ति गर्नु संविधानको ठाडो उल्लंघन भएको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्। प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलगायतका विषयमा परेको १६ वटा रिटमा जवाफ...

सिमरामा जेनजी आन्दोलन भोलि १० बजेसम्मका लागि स्थगित

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बाराको सिमरामा जारी युवाहरूको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमाले निकट युवा संघका कार्यकर्तालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरूले बिहीवार पनि आन्दोलन जारी राखेका थिए। बिहीवार अपराह्नदेखि शुक्रवार १० बजेसम्मलाई आन्दोलन स्थगन...

एमालेको विद्यार्थी संगठनको जुलुस

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँबानेश्वरमा मसाल जुलुस निकालेको छ। वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मसाल जुलुस निकालिएको हो। नेकपा एमालेका नेता कार्यकर्तामाथि सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षड्‌यन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुका...

आजलाई सडक प्रदर्शन रोकियो, तर वार्ता भएन– सिमरामा आज के के भयो?

५८ मिनेट अघि   सेतोपाटी

बाराको सिमरामा बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएपछि उत्पन्न तनाव दोस्रो दिन पनि साम्य हुन सकेन। बुधबार आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै जेनजी समूहहरूले सुरू गरेको प्रदर्शनका कारण बिहीबार दिनभर सिमरा बजार तनावग्रस्त रह्यो। त्रिभुवन राजपथ अन्तर्गतको...

चुनावमा सेना परिचालन गर्न सुरक्षा परिषदको सिफारिस

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सुरक्षा परिषदले चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको परिषदको बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव तथा परिषदका सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए। यसअघि केन्द्रीय सुरक्षा...

सभामुखको सर्वोच्चलाई जवाफ : प्रतिनिधिसभा विघटन असंवैधानिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्। प्रतिनिधिसभा विघटन, प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिलगायतविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाबारे सभामुखले महान्यायाधिवक्तामार्फत पठाएको लिखित जवाफमा उक्त जवाफ पठाएका हुन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको...

चोरिएका बाइक/स्कुटर फिर्ता पाएपछि काटे केक, ट्राफिक प्रहरीलाई खादा

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा चोरिएका बाइक/स्कुटर फिर्ता पाएपछि सेवाग्राहीले केक काटेर ट्राफिक प्रहरीलाई खुवाएका छन्। बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० वटा चोरिएका सवारीसाधन फिर्ता गरेको छ। एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्वन्धित...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भन्यो–आफ्नो लागि पैसा उठाएका छैनौं

१ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो लागि कुनै पनि रकम नउठाएको स्पष्ट पारेको छ।  एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले वचत तथा ऋण मिलान कार्यमा शूल्कका रुपमा मिलान रकमको १० प्रतिशत लिएर सोही सहकारीको बैंक खातामा दाखिला गराउने गरिएकोमा उक्त कार्यलाई...

विदेशमा रहेका नेपालीलाई मतदान गराउन ३ विकल्प प्रस्ताव, कुन विकल्पमा कसरी भोटिङ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकलाई तीनवटा विधि प्रयोग गरी मतदानको व्यवस्था मिलाउन सकिने सुझाव दिएको छ। प्रतिष्ठानले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो अध्ययनको निष्कर्ष र सुझाव बुझाएको हो। शुक्रबार निर्वाचन आयोगलाई यसबारे जानकरी गराउँदैछ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ...

चिनियाँ हतियारका कारण पाकिस्तानलाई भारतसँगको लडाइँमा सफलता: अमेरिकी संसदीय प्रतिवेदन

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाको एउटा संसदीय प्यानलले उन्नत चिनियाँ हतियारका कारण पाकिस्तानले भारतसँगको चार दिने लडाइँमा सफलता हासिल गरेको टिप्पणी गरेको छ। अमेरिका-चीन आर्थिक र सुरक्षा समीक्षा आयोगले आफ्नो २०२५ को वार्षिक प्रतिवेदनमा कसरी चीनले सो संकटलाई आफ्नो अत्याधुनिक रक्षा उपकरणको परीक्षण र...

एनपिएलको मौकामा व्यापार गर्नेहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको त्रिवि परिसरमा आजभोलि साविकको भन्दा चहलपहल बढेको छ। चहलपहल बढ्नुको प्रमुख कारण त्रिवि क्रिकेट मैदानमा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हो। रंगशालाभित्र एनपिएलको रौनक भएता पनि रंगशाला बाहिर भने बजार लागेको छ। व्यापारीहरू नेपालको र विभिन्न टिमका झण्डा, ब्याच, स्टिकर, बेच्न बसिरहेका...

व्यवसाय सञ्चालनको पाँचौं वर्षमै ‘द क्लिफ’ ले गर्‍यो उत्कृष्ट करदातामा ह्याट्रिक

१ घण्टा अघि   सेतोपाटी

‘द क्लिफ’ ले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ। यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा/उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो। द क्लिफले...

चुनाव अगावै झन्डै दुई सय गाडी किन्दै नेपाल प्रहरी

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते चुनाव हुँदैछ। चुनाव अगावै नेपाल प्रहरीले झन्डै दुई सय वटा गाडी किन्ने तयारी गरिरहेको छ। गाडी किन्नका लागि नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले दुई वटा बोलपत्र आह्वान गरेको छ। त्यसमध्ये एक बोलपत्रको सम्झौता हुने चरणमा छ भने अर्को...

अस्पतालहरूलाई शोधभर्ना दिन बिमा बोर्डले माग्यो ७ अर्बभन्दा बढी रकम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले सरकारसँग थप सात करोड २५ करोड ८३ लाख रकम माग गरेको छ। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका सेवाप्रदायक स्वास्थ्य संस्थाहरूलाई शोधभर्नाको बक्यौता तिर्न स्वास्थ्य मन्त्रालय हुँदै अर्थ...

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक वर्षझैँ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।  महोत्सव नजिकिँदै जाँदा जानकी मन्दिर परिसरलाई दुलहीझैँ सजाउन थालिएको छ। मन्दिरको...