ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दलहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन्- युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहन्छौं

३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताएकी छन्। निर्वाचन आयोगमा दर्ता भएका दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारको मुख्य कार्यदिशा 'सुरक्षा र सुशासन' भएको बताइन्। ‘भर्खरै भएको युवाहरूको विद्रोहले दलाल, बिचौलिया, भ्रष्ट, माफियालाई संरक्षण दिने...

एनपिएल हेर्न गएका दर्शकको लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन

१० मिनेट अघि   सेतोपाटी

एनपिएल हेर्न गएका दर्शकको लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि  निः शुल्क बस सेवा सुरू गरिएको हो।  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपिएल खेल हेर्न...

द्वेष र घृणा फैलाउने अभिव्यक्ति दिनेलाई कारबाही गर्छौं : प्रधानमन्त्री कार्की

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले द्वेष र घृणा फैलाउने अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएकी छिन्। राजनीतिक दलहरूसँग सिंहदरबारमा छलफलका क्रममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्। उनले निर्वाचनको सँघारमा आफ्ना आचार र अभिव्यक्तिमा ध्यान दिन सचेत...

गीत गाउँदै गर्दा प्रकाश दुतराजलाई स्टेजमै पुगेर फ्यानले अंगालो हालेपछि...

२० मिनेट अघि   सेतोपाटी

स्रोता तथा दर्शकमाझ राम्रो लोकप्रियता बनाएका लोक गायक हुन्, प्रकाश दुतराज। उनले ल्याउने गीतहरूले राम्रो चर्चा कमाउने गरेका छन्। मेला–महोत्सवमा समेत उनी उत्तिकै खोजिन्छन्। महोत्सवमा पुग्दा उनले स्रोता तथा दर्शकहरूबाट माया पाउँछन्। गत वर्ष पोखरामा आयोजित एक महोत्सवमा मञ्चमै पुगेर...

सुदूरपश्चिमले काठमाडौँलाई दियो १४८ रनको लक्ष्य

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कमजोर सुरुआत गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा अलआउट हुँदै काठमाडौँ गोर्खाजलाई १४८ रनको लक्ष्य पेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम सबै विकेट गुमाएर १४७ रनमा समेटियो। सुदूरपश्चिम ४ रन बनाउँदा ३ विकेट नै गुमाउन...

भदौ २३ गतेको घटनापछि फेरि बारामा एमाले नै शान्ति बिगार्नेमा लाग्यो- जेनजी फ्रन्ट

२९ मिनेट अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले नेकपा एमालेले बारामा शान्ति सुव्यवस्था बिगार्ने काम गरेको भन्दै खेद व्यक्त गरेको छ। बुधबार अपराह्न एक विज्ञप्ति जारी गर्दै फ्रन्टले दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेको र अहिले फेरि एमालेकै व्यक्तिहरूले शान्ति बिगार्ने काममा...

खिइँदो रास्वपा, प्रभावशाली नेताले नै धमाधम किन छाड्दै छन् पार्टी ?

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो आमनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खिइँदो बाटोमा अग्रसर देखिएको छ। स्थापनाको छोटो समयमै एकपछि अर्को संस्थापक नेताहरू पलायन हुनुका साथै कतिपय नेता कारबाहीमा पर्दा समग्र पार्टीको आकार भने खिइँदै गएको हो। पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै...

मंसिर ६ गतेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ: महेश बस्नेत

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर ५ र ६ गते काठमाडौंमा एमालेले कार्यक्रम गर्ने पनि बताए। ‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि...

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित

४४ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो।  बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए। जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा...

बारामा एमालेलाई निषेध गर्न माओवादी र राजावादीले जेनजीका नाममा तोडफोड गरे : महेश बस्नेत

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीका नाममा माओवादी र राजावादीहरूले एयरपोर्टलगायतका स्थानमा तोडफोड गरेको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरू सिमरा एयरपोर्टमा बन्द हुनेगरी...

साढे ४ लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

४७ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साढे ४ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। रौतहट जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र राजदेवी नगरपालिका-७ का अरविन्द प्रकाश साहविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...

अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोगसम्बन्धी छलफल जङ्गी अड्डामा

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रमको छैटौँ संस्करण आजदेखि यहाँ सुरु भएको छ। जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना...

बञ्चरेडाँडामा किन फेरि रोकिए फोहोर बोकेका गाडी? (तस्बिरहरू)

५७ मिनेट अघि   सेतोपाटी

नुवाकोट र धादिङका स्थानीय बासिन्दाहरूले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा क्षेत्रमा फाल्नै नदिने गरी फेरि आन्दोलन सुरू गरेका छन्। कात्तिक १६ गते ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा पुगेरै पुराना सम्झौताहरू १५ दिनभित्र कार्यान्वयन गर्ने वाचा गरेका थिए। तर...

हर्मित सिंहले १९ बलमै अर्धशतक प्रहार गर्दा सुदूरपश्चिमले काठमान्डुविरूद्ध जोड्यो १४७ रन

५७ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अमेरिकी अलराउन्डर हर्मित सिंहले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेकोकाठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा १४७ रनमा अलआउट भयो।  खराब...

पोखरीमा डुबेर बालकको मृत्यु

५७ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया–३ का ४ वर्षीय शिवराम सोनार बुधबार दिउँसो घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। इलाका प्रहरी कार्यालयकाले बताएअनुसार बालक बिर्ती प्रष्टोकाबाट करिब...

तस्बिरमा हेर्नुस् नाटक 'महारानीको जात्रा'

१ घण्टा अघि   सेतोपाटी

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा नाटक 'महारानीको जात्रा' मञ्चन भइरहेको छ। अभिनेत्री उषा रजक, राज न्यौपानेसँगै नवअभिनेत्रीहरू सुहाना आचार्य, निकिता आचार्य लगायतका कलाकारको अभिनय रहेको नाटकले मिडियाको अतिरन्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथिको व्यंग्य गरेको छ। लामो समयदेखि...

संसद पुनःस्थापनको कुरा गर्नु अराजकता रोजेको ठहर हुनु हो : प्रधानमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गरेकी छिन्। बुधवार राजनीतिक दलहरुसँगको छलफलका क्रममा उनले यस्तो आग्रह गरेकी हुन्। उनले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक...

ट्रम्पले आक्रमण गर्ने डरले भेनेजुएलाका राष्ट्रपति मदुरोले गरेका थिए दुई वर्षपछि राजीनामा दिने प्रस्ताव!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले दुई वर्षपछि राजीनामा दिन सहमत भएको खुलासा भएको छ। अमेरिकाले भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरे पनि गोप्य रूपमा अमेरिकी अधिकारीले मदुरोसँग वार्ता पनि गरेका थिए। सोही...

कांग्रेसको विशेष महाधिवेशन मिति र स्थान तोक्न माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन मिति र स्थान तोक्न माग भएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते नै विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएकोले विधानअनुसार विशेष महाधिवेशन तोक्न माग भएको हो। हस्ताक्षर अभियानमा सक्रिय गुरूराज...

प्रधानमन्त्री कार्कीले गरिन् १३२ दलका प्रतिनिधिसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्। निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन्। फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले...

प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न ६ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।  कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार पक्राउ पर्नेहरूमा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट...

जेनजी आन्दोलनले क्षति पुगेका संरचना पुनर्निमाण कोषलाई निर्माण व्यवसाय विकास परिषदले दियो एक करोड

१ घण्टा अघि   सेतोपाटी

निर्माण व्यवसाय विकास परिषदले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रूपैयाँ जम्मा गरेको छ।  परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो। ...

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग आयोजना गरेको सर्वदलीय बैठक शुरु भएको छ।  निर्वाचन, सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन आयोजना गरिएका सर्वदलीय बैठक केहीवेर अघि शुरु भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ। बैठकमा विभिन्न...

जेनजी मधेस प्रदेश संयोजक यादव भन्छन्– एमालेबाट हाम्रा साथीहरूमाथि कुटपिट भयो

१ घण्टा अघि   सेतोपाटी

काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवले बुधबार सिमरा विमानस्थलमा भएको घटनामा आफूहरूले एमालेको कार्यक्रममा अवरोध नपुर्‍याएको र त्यस्तो मनसाय पनि नभएको बताएका छन्। एमालेद्वारा परिचालित व्यक्तिहरू पसेर जेनजी मुभमेन्ट अलायन्सको बारा जिल्ला संयोजक सम्राट उपाध्याय लगायत जेनजी प्रतिनिधिहरूलाई कुटपिट गरेको...