ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुलमानबारे सुमना भन्छिन्– विस हिम द बेस्ट

१६ मिनेट अघि   सेतोपाटी

एउटै पार्टी निर्माण गरेर अघि बढ्ने छलफलमा रहेका उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठ फरक फरक बाटो हिँड्ने भएका छन्।  घिसिङ, श्रेष्ठ, हामी नेपालका संस्थापक सुदन गुरुङलगायत एउटै पार्टी निर्माण...

गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस

२२ मिनेट अघि   सेतोपाटी

गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले प्रस्तावित विधेयक प्रदेश सभामा पेस गरेको छ।  सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा बनेको विधेयक’ पेस गरेका...

नि:शुल्क आधारभूत स्वास्थ्य सेवा दिन स्थानीय सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री शर्मा

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले नि:शुल्क पाउनु पर्ने बताएकी छन्। आधारभूत स्वास्थ्य सेवाको लागि स्थानीय तहका सरकार जिम्मेवार हुनुपर्ने समेत उनले बताइन्। भक्तपुर क्यान्सर अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले भनिनन् ' संविधानमै उल्लेख भएको निःशुल्क...

मधेसको मुख्यमन्त्री नियुक्तिविरूद्ध अदालत जाने सात दलको निर्णय

४५ मिनेट अघि   सेतोपाटी

सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा मधेस प्रदेशका सात राजनीतिक दल अदालत जाने भएको छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी बैठक बसेर यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा अदालत...

ओलीको सिफारिसमा प्रदेश प्रमुख बनेकी थिइन् झिसमिसेमै होटलमा मुख्यमन्त्रीको शपथ गराउने भण्डारी

१ घण्टा अघि   सेतोपाटी

एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराएपछि अहिले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी चर्चामा छिन्। संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको निम्ति आह्वान गर्न भन्दै लोकतान्त्रिक समाजवादी पार्टी सहितका दलले धर्ना दिन थालेपछि त्यसलाई छल्न...

सुमनाको लामो असहमतिका बाबजुद अन्तत: पार्टीको नाम उज्यालो नेपाल नै राख्ने निर्णय

१ घण्टा अघि   सेतोपाटी

लामो समयको गृहकार्यपछि कुलमान घिसिङले पार्टी गठन गर्न लागेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका हुन्। यो पार्टीको संयोजकमा...

एन्फासँग वार्ता गर्न पुगे खेलाडी, प्रत्यक्ष प्रशारण गर्नुपर्ने अडान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले वार्ताको लागि बोलाएको छ। एन्फासँगको वार्ताका‌ लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा भारतमा ६ वटा अभ्यास खेल खेल्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारतका तीन वटा क्रिकेट टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने भएको छ। आगामी नोभेम्बर १३ देखि १९  सम्म नेपाल, उत्तराखण्ड, बङ्गाल र राजस्थानको महिला क्रिकेट टिमले एक आपसमा कुल ६/६ वटा खेलहरू खेल्ने कार्यक्रम रहेको छ।...

जलवायु शिखर सम्मेलन (कोप–३०) किन महत्वपूर्ण छ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) आज (सोमबार) ब्राजिलको वर्षा वन शहर बेलेममा सुरु हुँदैछ।  कोप–३० मा नेपालका तर्फबाट सहभागी हुने प्रतिनिधिमण्डल पनि आफ्ना एजेन्डासहित ब्राजिल पुगिसकेको छ। झण्डै २०० देश...

संक्रमण देख्नेबित्तिकै काम गर्न थाल्छ हाम्रो 'इम्युन सिस्टम' ले

१ घण्टा अघि   सेतोपाटी

मानव शरीर कसरी चल्छ र अंगहरूले कसरी काम गर्छन् भनेर बुझ्न वैज्ञानिकहरूले लामो समयदेखि प्रयास गरिरहेका छन्। पछिल्ला दशकमा यसमा धेरै प्रगति भइसकेको छ। तर पनि यी सबै कुरा बुझ्न धेरै जटिल छ। रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) मानव शरीरको...

सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव, लगानी गर्नेहरू पनि सशंकित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम...

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ। बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। जेल प्रशासन एसएनएआईले एक विज्ञप्तिमा...

काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार काठमाडौं महानगरपालिका-१५ किमडोलमा ७८ वर्षीय आमकी लामाको हत्या भएको हो। उनको हत्या आरोपमा छोरा गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरूङ भन्ने पेम्बा लामा पक्राउ परेका छन्। पेम्बाले कुटपिट...

केन्द्रीय कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पर्सामा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागाबाट भागेका एक कैदीलाई पर्साबाट पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं ८ बस्ने ३७ वर्षीय दिपक कुमार महरा पक्राउ परेका हुन्।  उनी पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ कैद तोकिएका कसुरदार हुन्। २४ भदौमा...

हात्तीको आक्रमणबाट बारामा ट्रक चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डमा उनलाई जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। उनी ना.४ ख १८३०...

मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति अध्यक्ष लिङदेनको गम्भीर आपत्ति

२ घण्टा अघि   थाहाखबर

इलाम : मधेस प्रदेशको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी  कञ्चन बिच्छाले मन्त्रीको रूपमा सपथ ग्रहण गरेपछि केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन्। नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वको सरकारमा राप्रपाको सहभागिता देखिएपछि पार्टी केन्द्रीय अध्यक्षले आपत्ति जनाएको हो।  राप्रपा अध्यक्ष...

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ। समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष,...

तीन जापानी सहरमा गुञ्जिँदै नेपथ्य

२ घण्टा अघि   सेतोपाटी

लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो। यो कन्सर्टको थालनी नागोया सहरबाट हुनेछ। 'नागोया लाइभ्स' सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुन्जाउनेछ। नागोयामा ब्यान्ड पहिलोपटक...

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म - चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन...

राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक

२ घण्टा अघि   सेतोपाटी

दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।  कुमारी बैंकलाई कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार...

६ कमेडियनहरूले 'हाँस्छ अमेरिका' टूरमा प्रस्तुति दिने

२ घण्टा अघि   सेतोपाटी

६ जना कमेडियनहरूले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन्। फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा 'हाँस्छ अमेरिका: भोल्युम १' नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन्। अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की,...

विषाक्त प्रेम!

२ घण्टा अघि   सेतोपाटी

एउटा अपरिचित सहर, काठमाडौँ मेरो लागि नितान्त नौलो थियो। बेखबर सहर, सहरभित्र घुन जस्तै देखिने घर अनि कमिला जस्ता मान्छे र गाडी। यत्रो भिडमा यत्रतत्र अन्जानका हुल, त्यही हुलभित्र म। मलाई कसैले पनि चिन्दैन न त मैले नै चिन्छु। सबै...

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ। मुलुकमा विकसित पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिका बारेमा छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो। विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो...

कर्णाली सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ।  प्रदेश सरकार र स्थानीय तहका बीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख सहितको भेला...