ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केन्द्रीय कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पर्सामा पक्राउ

६ मिनेट अघि   सेतोपाटी

प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागाबाट भागेका एक कैदीलाई पर्साबाट पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं ८ बस्ने ३७ वर्षीय दिपक कुमार महरा पक्राउ परेका हुन्।  उनी पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ कैद तोकिएका कसुरदार हुन्। २४ भदौमा...

हात्तीको आक्रमणबाट बारामा ट्रक चालकको मृत्यु

१३ मिनेट अघि   सेतोपाटी

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डमा उनलाई जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। उनी ना.४ ख १८३०...

मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति अध्यक्ष लिङदेनको गम्भीर आपत्ति

१७ मिनेट अघि   थाहाखबर

इलाम : मधेस प्रदेशको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी  कञ्चन बिच्छाले मन्त्रीको रूपमा सपथ ग्रहण गरेपछि केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन्। नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वको सरकारमा राप्रपाको सहभागिता देखिएपछि पार्टी केन्द्रीय अध्यक्षले आपत्ति जनाएको हो।  राप्रपा अध्यक्ष...

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?

२० मिनेट अघि   थाहाखबर

काठमाडौं :  नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ। समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष,...

तीन जापानी सहरमा गुञ्जिँदै नेपथ्य

२१ मिनेट अघि   सेतोपाटी

लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो। यो कन्सर्टको थालनी नागोया सहरबाट हुनेछ। 'नागोया लाइभ्स' सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुन्जाउनेछ। नागोयामा ब्यान्ड पहिलोपटक...

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म - चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन...

राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक

३२ मिनेट अघि   सेतोपाटी

दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।  कुमारी बैंकलाई कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार...

६ कमेडियनहरूले 'हाँस्छ अमेरिका' टूरमा प्रस्तुति दिने

३८ मिनेट अघि   सेतोपाटी

६ जना कमेडियनहरूले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन्। फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा 'हाँस्छ अमेरिका: भोल्युम १' नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन्। अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की,...

विषाक्त प्रेम!

३८ मिनेट अघि   सेतोपाटी

एउटा अपरिचित सहर, काठमाडौँ मेरो लागि नितान्त नौलो थियो। बेखबर सहर, सहरभित्र घुन जस्तै देखिने घर अनि कमिला जस्ता मान्छे र गाडी। यत्रो भिडमा यत्रतत्र अन्जानका हुल, त्यही हुलभित्र म। मलाई कसैले पनि चिन्दैन न त मैले नै चिन्छु। सबै...

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ। मुलुकमा विकसित पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिका बारेमा छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो। विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो...

कर्णाली सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै

४९ मिनेट अघि   सेतोपाटी

पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ।  प्रदेश सरकार र स्थानीय तहका बीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख सहितको भेला...

कैद बापतको रकम बुझाएर छुटे बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा

५० मिनेट अघि   सेतोपाटी

बहुविवाह मुद्दामा पक्राउ परेका नेकपा (एमाले)का नेता पासाङ शेर्पा कैद बापतको रकम तिरेर छुटेका छन्। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले कैद बराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएसँगै शेर्पा रकम बुझाएर छुटेका हुन्। कात्तिक १८ गते...

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ। गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन्।  'काठमाडौं मात्र नभई निःशुल्क इन्टरनेट...

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

५९ मिनेट अघि   थाहाखबर

 म्याग्दी :  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीय नरिमाया गर्बुजा गुरुङलाई बाल्यकालमा हिउँद याममा गाउँ वरपरका पहाड जस्तै लाग्दथ्यो। संसारको दशौँ अर्थात् आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड तालको छेउमा बेमौसमी होटल सञ्चालन गरेर बसेकी गर्बुजालाई अहिले हिमाल...

नयाँ मुख्यमन्त्री नियुक्तिपछि मधेसमा तनाव: कार्यालयमा तोडफोड, मन्त्रालयहरूमा तालाबन्दी

१ घण्टा अघि   सेतोपाटी

मधेसमा नयाँ मुख्यमन्त्री नियुक्त विवादले तनाव बढाएको छ। नयाँ मुख्यमन्त्री नियुक्ती प्रक्रियाको सदनमा रहेका ७ राजनीतिक दलले विरोध जनाएका छन्। त्यसको विरोधमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा तोडफोड भएको छ। प्रदेश सांसदहरू सहितको टोली कार्यालयभित्र पुगेर कार्यकक्षमा...

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’, बचतलाई प्रोत्साहन

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना संचालन गरिरहेको छ।   यस योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बचत सुरुआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन्। यो...

मुख्यमन्त्री नियुक्तिको विवाद, सात राजनीतिक दलद्वारा मुख्यमन्त्री कार्यालयमा तोडफोड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।  मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन्। सोमवार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका...

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

१ घण्टा अघि   सेतोपाटी

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच...

अशान्तिपछि गएको चिनियाँ कम्पनी नेपाल फर्कियो, मासु प्रशोधनमा २० अर्ब बढी लगानी ल्याउन सुरू

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ को तोडफोड, आगजनी तथा लुटपाटका कारण माहोल अशान्त बनेपछि आफ्नो देश फर्किएका चिनियाँ छेन्दु जियान फुड कम्पनीका प्रतिनिधिहरू नेपाल फर्किएका छन्। यो कम्पनीले नेपालको मासु प्रशोधन क्षेत्रमा अहिलेसम्मको सर्वाधिक लगानी गर्ने गरी उद्योग विभागबाट स्वीकृति लिएर काम सुरु...

भूकम्प प्रभावः आश्रय र सहयोग खोजिमा अफगानी

१ घण्टा अघि   थाहाखबर

गत हप्ताको सोमवार बिहान उत्तरी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प आयो। जसले ठूलो विनाश निम्तायो। विनाशकारी भूकम्पबाट खुल्म जिल्ला बढी प्रभावित भयो। जुन क्षेत्र उत्तरी समंगन प्रान्तको सबैभन्दा ठूलो विनाशबाट पीडित थियो। कमलुद्दिनसहित भूकम्पबाट प्रभावितहरू अहिले पनि आश्रय र सहयोगको खोजिमा...

साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ।  बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो। होटल सफ्रोन सिके प्रा.लि.मार्फत...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

१ घण्टा अघि   थाहाखबर

गुल्मी : गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ। जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ। गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत...

राजस्व बक्यौता उठाउन ‘एसएमएस’

१ घण्टा अघि   थाहाखबर

चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ। उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो। कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न...

एमालेले डाक्यो विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक बोलाएको छ।  प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको एमालेले भने यसलाई संसदीय दलको बैठक भनेको छ।  एमाले केन्द्रीय सदस्य महेश बर्तौलाका अनुसार मंसिर २ गते १ बजेका लागि बैठक डाकिएको हो। ‘मुलुकमा विकसित अहिलेको...