ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थलको उडान प्रभावित

२ मिनेट अघि   थाहाखबर

एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा  शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।   दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि  सक्रिय...

पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त

९ मिनेट अघि   थाहाखबर

पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले...

कट्रिना कैफ र विक्की कौशल बने आमाबुबा

१५ मिनेट अघि   सेतोपाटी

बलिउडका चर्चित जोडी कट्रिना कैफ र विक्की कौशल आमाबुबा बनेका छन्। यसै वर्षको सेप्टेम्बरमा उनीहरूले आफ्नो पहिलो सन्तानको अपेक्षा गरिरहेको घोषणा गरेका थिए। शुक्रबार बिहान विक्की कौशलले सामाजिक सञ्जालमार्फत कट्रिनाले छोरालाई जन्म दिएको खबर सार्वजनिक गरे।  विक्कीले खुसी साट्दै लेखेका...

महाधिवेशन गरेर नयाँ नेतृत्वमा चुनावमा जानुपर्छ: शेखर कोइराला

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका छन्। फागुन २१ गते सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ। त्यसअघि नै १५ औं महाधिवेशन गरेर जानुपर्ने पक्षमा कोइराला उभिएका हुन्। ‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन...

भोलि मावि तहको लाइसेन्स परीक्षा, किन उपत्यकामा तोकिएन केन्द्र ?

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा भोलि(शनिवार) सञ्चालन हुँदै छ। शिक्षक सेवा आयोगका अनुसार उक्त परीक्षा भोलि दिउँसो १ बजेबाट सञ्चालन हुने छ। तर,आयोगले यसपालि बागमती प्रदेशको हकमा काठमाडौं उपत्यकामा(काठमाडौं,भक्तपुर र ललितपुर)मा कुनै पनि परीक्षा केन्द्र नतोक्दा परीक्षार्थीहरू टाढा...

संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक (तस्बिरहरू)

२१ मिनेट अघि   सेतोपाटी

संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा शुक्रबार दिउँसो साढे १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्।  तस्बिरहरूः  ...

पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन जारी, के–के छ व्यवस्था ?

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन–२०८२ जारी गरेको छ। पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरुपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो। खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित,...

हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउन मन्दिरमा लाम लागेपछि

४२ मिनेट अघि   सेतोपाटी

भारतको मथुरा-वृन्दावनस्थित एक प्रसिद्ध मन्दिरमा भक्तजनहरूले हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउँदै गरेको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भयो। उक्त भिडिओमा मथुरा-वृन्दावनको बाँके बिहारी मन्दिरमा भक्तजनहरू हातमा गिलास लिएर हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउँदै गरेका देखिए। भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का...

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै, तस्वीरहरू

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य सेवा विभागले आज शुक्रबार पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ। ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज खुवाइँदै गरेको...

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस सेयर कति?

४९ मिनेट अघि   सेतोपाटी

माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको...

एलन मस्क खर्बपति बन्ने दिशामा

५६ मिनेट अघि   थाहाखबर

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्। उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ। टेस्लाको...

घनश्याम, विप्लव र जनार्दनबीच भेटवार्ता, के भयो कुराकानी?

१ घण्टा अघि   सेतोपाटी

घनश्याम भूसाल, जनार्दन शर्मा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ। विप्लवलाई भेट्न हरिसिद्धीस्थित निवासमा शुक्रबार बिहान भूसाल र शर्मा पुगेका थिए।  भेटवार्ताबारे जानकार नेकपाका नेता असल सीकाअनुसार नेताहरूबीच सहकार्य गरेर जाने विषयमा कुराकानी भएको...

प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं...

सुनको मूल्य फेरि उकालोतर्फ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुनको मूल्य उकालो लाग्न थालेको छ। अघिल्लो दिन बिहीवार ६०० रूपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार ६ सय रूपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम...

हलमा लागे 'जारी २' र 'मन बिनाको धन'

१ घण्टा अघि   सेतोपाटी

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'मन बिनाको धन' एकसाथ रिलिज भएका हुन्। हलहरूले दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'जारी २' लाई उच्च शो दिएका छन्। फिल्मको...

विहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

१ घण्टा अघि   थाहाखबर

भारतको पूर्वी राज्य विहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक ‘लोकप्रियताको परीक्षा’ का रूपमा हेरिएको छ। देशको प्रभावशाली राज्यहरूमध्ये एक विहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत...

मस्कलाई स-सर्त १० खर्ब डलर बराबरको सेयर र पैसा दिन टेस्लाको बोर्डले जनायो सहमति

१ घण्टा अघि   सेतोपाटी

टेस्लाका मालिक इलन मस्कलाई १० खर्ब डलर बराबरको तलब प्याकेज दिन कम्पनीको शेयरधनीहरू सहमत भएका छन्। बिहीबार बसेको बोर्ड बैठकले मस्कलाई सेयर र पैसा गरी वार्षिक १० खर्ब डलरको पारिश्रमिक प्याकेज दिन स्वीकृती दिएको हो। उक्त प्रस्तावको पक्षमा ७५ प्रतिशत...

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम

१ घण्टा अघि   थाहाखबर

दिल्लीमा वायु प्रदूषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित बिरामीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन्। मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि...

संसदीय बैठकमा पहिलो पटक पुगे अन्तरिम सरकारका मन्त्री

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा अन्तरिम सरकारका मन्त्री पहिलो पटक सहभागी भएका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। आज बसेको राष्ट्रिय सभा...

सर्वोच्च अदालतले मंसिर १ देखि सबै सेवा सञ्चालन गर्ने

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। भदौ २४ गते आगजनी भएपछि रोकिएको सेवा मंसिर १ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो।  बिहीबार पूर्ण बैठकले निर्णय गरेपछि एक सूचना जारी गर्दै मुद्दा, पुनरावेदन, दोहोर्‍याइ पाऊँको...

'अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो'

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ। तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः...

यस्तो रह्यो प्रतीक्षित फिल्म 'जारी २' को प्रिमियर (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको प्रतीक्षितमध्येको फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' शुक्रबारबाट प्रदर्शनमा आएको छ। दयाहाङ राई र मिरूना मगर अभिनित यो फिल्म विश्वव्यापी रिलिज भएको हो।  फिल्म रिलिजको पूर्वसन्ध्यामा बिहीबार कमलपोखरीस्थित बिग मुभिजमा यसको प्रिमियर शो आयोजना गरिएको थियो। उपेन्द्र सुब्बा निर्देशित...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।  शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको...

डिपिएल र पिपिएलको उपाधि जितेका सन्नी पटेल अब एनपिएल खेल्न आउने

१ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेटमा निकै लोकप्रिय छबि बनाएका अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ। यो सँगैं काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा...