ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूची)

१ मिनेट अघि   सेतोपाटी

सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो। उनीहरूको नाम समेत सार्वजनिक भएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा...

सरकारी सरह तलब सुविधा दिने सहमतिपछि टुंगियो युसिएमएसका नर्सहरूको आन्दोलन

४ मिनेट अघि   सेतोपाटी

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (युसिएमएस) का नर्सिङ तथा प्यारामेडिक्सले विगत दुई सातादेखि गर्दै आएको आन्दोलन टुंगिएको छ। नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुसरण गर्दै युसिएमएसका नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीहरूले पनि कात्तिक...

साथीको आवरणमा गुम्सिएको त्यो माया…

५ मिनेट अघि   सेतोपाटी

सधैँझैँ समय बदलिँदै थियो, जीवनको गति पनि फेरिँदै थियो। दिनहुँजस्तै सामाजिक सञ्जालमा अपरिचित अनुहारहरू देखा पर्थे— कोही पुराना साथी, कोही सँगै पढेका, कोही कहिल्यै नदेखेका पनि थिए। ती सबैका माझ एक दिन एउटा नयाँ अनुहार देखा पऱ्यो। म उसलाई चिन्दिनँ,...

हिमपहिरोमा परेर तीन जनाको मृत्यु, आठ बेपत्ता

७ मिनेट अघि   थाहाखबर

दोलखा : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन्। हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।   आरोहणका...

अस्ट्रेलियन ब्याटर जोस ब्राउनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

१२ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले...

ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम!

१४ मिनेट अघि   सेतोपाटी

‘ल यो पालि कहाँ जाने भन त?’ शारदीय ऋतुको आगमनसँगै चोक, गल्ली र चिया पसलमा घुमघामको कुरा नहुने त कुरै भएन। दसैँ नजिकिँदै थियो, यो वर्ष चाडपर्वलाई मौसमले साथ नदिने भयो। दसैँमा पानी पर्ने भयो रे ‘अविरल झरी।’ लौजा! अब...

मरिण गाउँपालिकाले स्नातक पास गरेका अविवाहित युवतीलाई एक लाख दिने

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने युवतीलाई एक लाख दिने भएको छ। गाउँपालिकाले प्रोत्साहन स्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो। यसका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ। सूचना कात्तिक...

हेटौडाको गौरीटारमा एन्फा प्रेसिडेन्ट लिग हुँदै, सेमिफाइनलमा पुग्ने चार टोलीले राष्ट्रिय लिग खेल्ने

१९ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक १९ देखि सुरू हुँदैछ। मकवानपुरको हेटौडास्थित गौरीटार रंगशालामा हुने लिग मंसिर २ गतेसम्म चल्नेछ। एन्फा फुटबल विकास कार्यक्रम हुन लगेको लिगमा जिल्ला लिगबाट च्याम्पियन भएर प्रदेश लिगबाट छनोट भएका १० वटा क्लबबीच प्रतिस्पर्धा...

एक-दुई हजारको लोभमा फस्दा आठ लाखको ऋणको भारी!

२० मिनेट अघि   सेतोपाटी

६२ वर्षीय लखपति सुनार पेसाले सुन व्यवसायी हुन्। तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय नजिकै उनको सुन चाँदी पसल छ। गत चैत १ गते कलकत्ता घर बताउने अन्दाजी ७० वर्षीय मुकेश मुकेश आफ्नी श्रीमती सहित लखपतिको पसलमा आउँछन्। मुकेशले आफूसँग काँचो सुन...

एनपिएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनर बन्यो ओमोडा एन्ड जेइको–१

२३ मिनेट अघि   सेतोपाटी

ओमोडा एन्ड जेइकोले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।  यसअघि सिजन–१ मा पनि सह–प्रायोजक रहिसकेको ब्रान्डले यस वर्ष ‘म्यान अफ द टुर्नामेन्ट’ लाई आफ्नो प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ। एसपिजी...

देउसी भैलो खेलेर प्रहरीले किन्यो मोटरसाइकल

२५ मिनेट अघि   सेतोपाटी

पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल किनेको छ। देउसी भैलो कार्यक्रमबाट संकलित २ लाख २१ हजार ५१४ रुपैयाँमा कार्यालयका तर्फबाट केही रकम थप गरेर २ लाख २४ हजार ९७० रुपैयाँमा कार्यालय प्रयोजनका...

जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

३० मिनेट अघि   थाहाखबर

काठमार्डौँ : सरकारले राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ।  सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको...

युएईलाई ४९ रनमा अलआउट गरेको अमेरिकाको सानदार जित

३२ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीच दुबईमा त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले आफ्ना चारै खेल जितेको छ।  सोमबार अमेरिकाले घरेलु टोलीमाथि २४३ रनको सानदार जित निकालेको हो। यससँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको २४ खेलबाट ३६ अंक भएको...

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

३७ मिनेट अघि   सेतोपाटी

सरकारले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। उनले नेपालको राष्ट्रहित, सुशासन तथा...

शरीरको गन्ध र खानेकुराबीच के छ कनेक्सन?

५१ मिनेट अघि   सेतोपाटी

जसरी प्रत्येक मान्छेको औंलाको छाप फरक हुन्छ, त्यस्तै हरेक मान्छेको शरीरको गन्ध पनि विशेष हुन्छ। स्कटल्यान्डको युनिभर्सिटी अफ स्टर्लिङका सामाजिक मनोविज्ञान प्राध्यापक क्रेग रोबर्ट्सका अनुसार जीन, हर्मोन, स्वास्थ्य र सरसफाइको बानीले मात्र होइन, हामीले खाने खानेकुराले पनि शरीरको गन्ध फरक पार्छ। यीमध्ये जीन...

राष्ट्रपति पौडेल दोहा पुगे

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज दोहा पुगेका छन्।  राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा...

यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु, कम्तीमा पाँच बेपत्ता

१ घण्टा अघि   सेतोपाटी

दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह सोमबार हिमपहिरोमा परेको हो। उक्त क्षेत्रमा सोमबार बिहान १०ः३० तिर हिमपहिरो गएको र कम्तीमा पाँच जना बेपत्ता भएको खबर आएको दोलखाका सहायक...

बारापछि सप्तरीमा पनि देखियो झाडापखाला, आरडिटी परीक्षणमा तीन केश पोजेटिभ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ लोखरम मुसहरी टोलमा झाडापखला संक्रमण देखिएको छ। झाडापखालासँग मिल्ने लक्षण भएका तीनजनाको मृत्युसमेत भइसकेको छ तर यो मृत्यु झाडापखलाले नै भएको हो वा होइन भन्ने पुष्टि भने भएको छैन। उक्त गाउँमा झाडापखलाका लक्षण भएका...

सबै मन्त्रालयको ब्लु-प्रिन्ट तयार पार्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लु-प्रिन्ट तयार पार्न निर्देशन दिएकी छिन्। आज सिंहदरबारमा मन्त्रीहरू र मुख्यसचिवसहित सबै सचिवहरूलाई राखेर प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्। उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूत गर्नेगरी  सेवा...

नियुक्ति र फिर्तासहित राजदूतका भूमिकाबारे यस्ता छन् सर्वोच्चका तीन नजिर

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न ११ देशका राजदूत फिर्ता गरेको निर्णयमा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदिएको छ। कतिपयले राजदूत पठाउने र फिर्ता बोलाउने सरकारको अधिकार भएकाले यसलाई कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।  तर सर्वोच्च अदालतले तीन छुट्टाछुट्टै मुद्दामा गरेको...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक शुरु भएको छ। बैठकमा आगामी निर्वाचन र वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी थिइन्। उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक...

माधव नारायण नगरपालिकाका प्रमुख र नित्तिम प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेकाे छ। आयोगको कार्यालय काठमाडौंमा साेमबार नगर प्रमुख बैजनाथ प्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रराय यादवविरुद्ध उजुरी दर्ता भएकाे हाे।  नगर प्रमुख र...

आफैँले गरेको सहमतिबाट ‘ब्याक’ भयो नर्सिङ संघ, प्रतिबद्धता गरेर नहुने तत्काल सबै माग पूरा गर्नुपर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शनिवार राति स्वास्थ्य मन्त्रालयसँग सहमति गरेर फर्केका आन्दोलनरत नर्सहरू २४ घण्टा नबित्दै आफैँले गरेको निर्णयबाट‘ब्याक’ भएका छन्।  शनिवार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सर्वपक्षीय छलफलपछि नर्सहरूले सहमित गरेका थिए। मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको एक नम्बर बुँदामा...

बिजुली महसुल विवाद सुल्झाउन उद्योग वाणिज्य महासंघले राख्यो यस्तो प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

बिजुली महसुल विवाद सुल्झाउन सरकारसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघले नयाँ प्रस्ताव पेस गरेको छ। विद्युत प्राधिकरणले बक्यौता महसुल रकम २८ किस्तामा तिर्न उद्योगीहरूलाई भनेको थियो। त्यसै अनुसार २८ किस्ताको एक किस्ता धरौटीका रूपमा बुझाए बिजुली लाइन जोडिने र त्यसपछि उद्योगीहरू पुनरवलोकनमा...