जेनजी आन्दोलनले क्षति पुर्याएको भैंसेपाटी प्रहरी भवनको पुनर्निर्माण सम्पन्न
जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको प्रहरी प्रभाग बुंगमती–भैंसेपाटीको भवन पुनर्निर्माण भएको छ। उक्त पुनर्निर्माण कार्य प्रगति युवा क्लब ललितपुर–२५ सैंबु भैसेपाटी र स्थानीय समुदायको अग्रसरतामा सम्पन्न भएको हो। आज एक विशेष समारोहकाबीच भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।...
