ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

४४ सेकेन्ड अघि   थाहाखबर

जनकपुरधाम : जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ। सातवटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि...

दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

१३ मिनेट अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, नवलपरासीका अनुसार शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशातर्फ...

संसद् विघटन गर्नेहरूले नै संसद् पुनःस्थापना माग्नु हास्यास्पद : प्रचण्ड

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद् विघटन गर्नेहरूले संसद् पुनःस्थापना माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका...

कालीगण्डकी खोँचमा हाइलाइनको अभ्यास

१ घण्टा अघि   सेतोपाटी

पर्वतको कुस्मा र बाग्लुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ।  हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शंकर कोइरालाले आफ्नो 'ड्रिम प्रोजेक्ट' का रूपमा यो कार्यक्रम गरेका हुन्। कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन्।...

के जेनजी आन्दोलनको प्रभाव विद्यार्थी भिसामा पर्छ?

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली भदौ २३ र २४ गतेको घटनापछि विश्व समुदायलाई हामीले बुझाउन पर्ने विषय धेरै छन्। तथापि नेपालबाट विद्यार्थी जाने प्रक्रियामा अहिलेसम्म कुनै जटिलता आएको छैन। अर्थात् हामीले विद्यार्थी लिँदैनौं भनेर कुनै देशले अहिलेसम्म भनेको छैन। यद्यपि जेनजी आन्दोलनको केही असर पर्न सक्छ भन्ने...

युएईमा हुने लिग-२ एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा, टी-२० टोलीबाट ३ खेलाडी परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगेको नेपाली टोली अहिले युएई पुगेको छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई पुगेको हो। नेपाल, युएई र अमेरिकाबीच...

झाझ खोलामा डुबेर दुई बालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

रौतहट: रौतहटको झाझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका–५ शिवनगरस्थित झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उनका...

राष्ट्र जोगाउन बृहत् वामपन्थी एकता आवश्यक : दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन बृहत् वामपन्थी एकता आवश्यक रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न...

पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक  पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्दै छाड्न तयार रहेको...

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्योः ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष ओलीले सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर...

पटक-पटक विघटन गर्नेहरुले संसद पुनःस्थापनाका कुरा गर्नु हास्यास्पद: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले पटक—पटक संसद विघटन गर्नेहरुले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार गरेको कार्यक्रमा प्रचण्डले एमालेलाई संसद पुनःस्थापनातिर नभई निर्वाचनतिर लाग्न आग्रह गरेका हुन्।...

सरकारले हामीलाई तर्साउन खोज्यो: वर्षमान पुन

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेन—जी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो माओवादीका नेता, कार्यकर्ता, विद्यार्थीलाई सरकारका...

आफैमाथि आगो लगाएका गायिका नितु पौडैललाई प्रहरीले गर्‍यो उद्धार

२ घण्टा अघि   सेतोपाटी

गायिका नितु पौडेललाई जलेको अवस्थामा प्रहरीले उद्धार गरेको छ।  शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शनिबार दिउँसो पौने ३ बजे अनामनगरको एउटा स्टुडिओमा एक युवतीले...

किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं। लामो माघे झरीपछि त्यही दिन बिहानदेखि आकाश खुलेको थियो। मृदुला खाना खाएर घरको छतमा घाम ताप्न गइन्। मोबाइलको स्क्रिन 'स्क्रोल' गर्दै बसिन्। केही दिनअघि सत्रौं वैवाहिक दिवस थियो। त्यही छेको पति महेशले फेसबुकमा उनीहरूका युगल तस्बिरहरू हालेको रहेछ। ती...

थापाथलीस्थित सुकुम्बासी वस्तीको एउटा घरमा खानतलासी गर्दा प्रहरीले भेट्टायो पेस्तोल

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीको एउटा घरमा प्रहरीले खानतलासी गरेको छ। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-११ थापाथलीमा रहेको सुकुम्बासी वस्तीको एउटा घरमा खानतलसी गरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार त्यहाँ बरूण पोखरेल नाम गरेका व्यक्तिको...

भदौ २३ र २४ गतेको आन्दोलन प्रतिक्रान्ति हो : एमाले अध्यक्ष ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र १४ गतेको आन्दोलन प्रतिक्रान्ति भएको आरोप लगाएका छन्। शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले उक्त आरोप लगाएका हुन्। अध्यक्ष ओलीले वर्तमान...

सारिकाको सिउँदो

३ घण्टा अघि   सेतोपाटी

अस्पतालको आइसियू बेडमा वार कि पार जस्तै थिइन् सारिका। उनका शून्य आँखाले छत हेर्दै वरिपरि गर्दै थिए। टाउकोमा गहिरो चोट, शरीरमा थकाइ, र मनमा पहाडजस्तो बोझ। गुम्सिएर निसास्सिएका भावनाहरू कसैसँग सेयर गर्ने मौका नै थिएन। उनी एक हप्ता अघिसम्म विराटनगरको एउटा कलेजमा...

देश बचाउन पद मात्रै होइन‚ बलिदान गर्न तयार छु : प्रचण्ड

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद आफ्ना लागि सामान्य भइसकेको...

जेनजीलाई प्रचण्डको सुझाव- मित्र र दुस्मन समयमै छुट्याउनुस्

३ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ । नेकपा (माओवादी...

वेलका प्याराग्लाइडिङः तराईको फाँटमा हावासँग कावा खाँदै

४ घण्टा अघि   सेतोपाटी

चरा जस्तै उड्ने रहर कसलाई हुँदैन? सोच्नुस् त चराझैं हावामा कावा खाँदै उड्नुको मज्जा। अब मान्छेले ठ्याक्कै चराको रूप धारण गर्न त सक्दैन तर केही यस्ता गतिविधि छन् जसले तपाईंलाई चरा झैं महसुस गराउँछ। त्यहीँ गतिविधिमध्ये एक हो प्याराग्लाइडिङ। एक साहसिक गतिविधि...

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो। कांग्रेसका पूर्व केन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेष गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक...

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँटिरहेकाे छ : ओली

४ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्। सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर...

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

४ घण्टा अघि   थाहाखबर

पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो । उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित...

जेनजीलाई संयोजक प्रचण्डको आग्रह : मित्र र दुस्मन छुट्याउनुस्

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गरेका छन्। शनिबार केन्द्रीय...