ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चार्ली कर्कको हत्या पछि अमेरिकामा दंगा भड्किन सक्ने खतरा

१० मिनेट अघि   सेतोपाटी

अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टी निकट मानिने दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको सेप्टेम्बर १० मा युटा राज्यको एक क्याम्पसमा बोलिरहेको बेला गोली हानी हत्या भयो। दक्षिणपन्थी संस्था टर्निङ पोइन्ट युएसए (टिपीयुएसए) का ३१ वर्षीय संस्थापकको सार्वजनिक कार्यक्रममा गोली हानेर मारिए पछि अमेरिका...

जिल्ला अदालत कास्कीबाट सिमित सेवा सुरू, कुन कुन सेवा छन् अवरूद्ध ?

१४ मिनेट अघि   सेतोपाटी

जिल्ला अदालत कास्कीले सर्वसाधारणका लागि अत्यावश्यक रहेका सिमित सेवा आइतबारदेखि सुरू गरेको छ।  आइतबार अदालतको मूल भवन पछाडि रहेको टहराबाट अत्यावश्यक सेवा दिन सुरू गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। आज बसेको जिल्ला अदालतको पूर्ण बैठकले म्याद थप, जरूरी पक्राउ पूर्जी...

विराटनगरका विद्यालयमा पठनपाठन सुरू

२२ मिनेट अघि   सेतोपाटी

जेनजी पुस्ताले गरेको आन्दोलनपछि बन्द रहेका विराटनगरका विद्यालयहरूमा पठनपाठन सुरू भएको छ। भदौ २३ र २४ भएको आन्दोलनले बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन्।  विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय तथा कलेज आइतबारदेखि खुलेका हुन्। महानगरपालिकाको शैक्षिक प्रशासन...

के प्रदर्शन क्रममा जलेका नोटहरू साटिन्छन्?

२५ मिनेट अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शनमा सार्वजनिक सम्पत्तिसँगै धेरै नेता र व्यवसायीको निजी घर, उद्योगमा तोडफोड र आगजनी भयो। आगो निभेपछि कतिपय नेता, व्यवसायीको घरमा जलेको अवस्थामा पैसा फेला परेको छ। कतिपयको घरमा विदेशी मुद्रा पनि पाइएको छ। त्यो पैसा राष्ट्र बैंकले साटिदिन्छ भन्ने सोचेर सर्वसाधारणहरू नेताका घरघर पुगेर जलेका नोट जम्मा गर्न थालेका छन्। के साँच्चै यस्ता नोट राष्ट्र बैंकले सजिलै साटिदिन्छ त?...

जेनजी आन्दोलनमा सरकारी संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न कानून व्यवसायीको माग

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेन जी पुस्ताको आन्दोलनको क्रममा सरकारी संरचनामा भएको तोडफोड र आगजनीको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न कानून व्यवसायीहरूले माग गरेका छन्। २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको क्रममा मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत,...

प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

३० मिनेट अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। सबिता नेपालको इतिहासकी प्रथम महिला न्यायाधिवक्ता हुन्।...

जिल्ला प्रशासन मोरङको सेवा अनिश्चितकाललाई स्थगित

३३ मिनेट अघि   सेतोपाटी

मोरङ भदौ २४ मा अराजक समूहले आगजनी गरेर ध्वस्त पारेको मोरङ जिल्ला प्रशासनको सेवा प्रवाह अनिश्चितकालका लागि स्थगित भएको छ। अराजक समूहले कार्यालयको सम्पूर्ण कागजातहरु जलाइदिएको थियो। जसका कारण कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित भएको हो। ...

कांग्रेस नेता प्रदीप पौडेलले भेटे जेनजी आन्दोलनका सहिद धिरजका परिवारलाई

४० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनमा सहिद भएका धिरज श्रेष्ठका परिवारका सदस्यहरूलाई भेटेका छन्। आन्दोलनका क्रममा मृत्यु भएका श्रेष्ठको घरमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरेका हुन्। आफूले जेनजी आन्दोलनका माग...

कसले गर्‍यो कास्की प्रहरीमा डोजर आक्रमण?

४९ मिनेट अघि   सेतोपाटी

जेनजी प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्न डोजर लिएर गए। उत्तेजित भीडले प्रहरी कार्यालय मात्र होइन, प्रहरी अधिकृतहरूको नामै किटेर डोजरले किच्ने धम्की दिए। उत्तेजित भीड थाम्न नसकेपछि प्रहरीले छाडिदियो। प्रदर्शनकारीले प्रहरी कार्यालय आगो लगाएर...

२०६२-६३ पछि को-को भए प्रधानमन्त्री?, १० वर्ष ओली, देउवा र प्रचण्ड पालैपालो

५५ मिनेट अघि   सेतोपाटी

२०६२-६३ सालको जनआन्दोलन सफल भएको १९ वर्ष ४ महिना १२ दिन पुग्दै गर्दा भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्‍यो। आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ।  भदौ २४ गते भएको प्रदर्शनमा सर्वोच्च अदालत, सिंहदरबारसहित सरकारी कार्यालयका भवन तथा नेता, उद्योगपति लगायतका...

भोलिसम्म हत्यारालाई कारबाही नभए पुनः सरकार ढालिन्छ : सुदन गुरुङ

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्। आइतवार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिए। पीडितले...

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद, युवाहरूबीच कुटाकुट

१ घण्टा अघि   सेतोपाटी

जेन-जी समूहको नेता बताउने हामी नेपाल संस्थाको सञ्चालक सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ। आइतबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा युवाहरूबीच हात हालाहालको स्थिति सिर्जना भएको हो। पत्रकार सम्मेलनमा उपस्थित युवाहरूले यति धेरैको मृत्यु भएर सत्ता ढाल्नेबाहेक अरू केही परिवर्तन नआएको भनेपछि...

अरू पार्टीका युवा नेतालाई पनि सुमनाको आग्रह– कि हट्नुस्, कि हटाउनुस्

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठले पार्टी छाडे पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन्। पार्टी छाडेको घोषणा गर्दै उनले भनिन्, 'मैले परिवर्तनको एजेन्डा कहिल्यै छाडेको छैन। यही एजेन्डा बोकेर युवा पुस्ताले जुन आन्दोलन गर्नुभएको छ, त्यसमा साथ दिनुपर्छ। उहाँहरूलाई बदनामी गर्ने...

महान्यायाधिवक्ता कार्यालयमा सिपियू छाडेर चोरले लगे हार्डडिस्क र मनिटर

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा महान्यायाधिवक्ता कार्यालयका अधिकांस हार्डडिस्क र मनिटर चोरी भएको छ। सिपियू छाडेर चोरी तथा लुटपाट गर्ने समूहले कार्यालयमा रहेका अधिकांस हार्डडिस्क र मनिटर लगेको प्रवक्ता तथा सहन्यायाधिवक्ता उद्दवप्रसाद पुडासैनीले जानकारी दिए। कम्प्युटरमा गरिने सबै प्रकारका...

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : २०३० सालको आगलागी र २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि प्रबलीकरण गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो। भाद्र २३ गते भएको जेन जी आन्दोलन र त्यसपछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रूपमा समेत रहेको...

पाँच जना मन्त्री टुंगो लगाउने तयारी

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बेलुकीसम्म मन्त्रीमण्डल विस्तार गर्न छलफललाई तीव्रता दिएकी छन्। उनी बेलुकीसम्म पाँच जना मन्त्री टुंगो लगाउने तयारीमा छिन्। यसका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल जारी छ। धेरैले कार्कीको शपथग्रहण लगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन हुने अनुमान गरेका...

भोलिदेखि फेरि प्रदर्शनमा आउँदैछन् 'रिमै' र 'कोशेढुंगा' सहितका फिल्महरू

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण गत मंगलबारदेखि ठप्प देशभरका सिनेमा हलहरू भोलि (सोमबार) देखि खुल्दैछन्।  हल खुलेसँगै बन्द हुनुअघिका फिल्महरूको प्रदर्शनलाई निरन्तरता दिइँदैछ।  भोलि हलहरू खुलेपछि 'रिमै' र 'कोशेढुंगा' सहितका नेपाली फिल्महरू लाग्दैछन्। त्यस्तै, 'गुन्योचोलो', 'मोहर', 'माग्ने राजा', 'जनै हराएको मान्छे' लगायतका नेपाली फिल्महरूको प्रदर्शनमा पनि...

राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। दशैंका लागि काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंकले सुकिला नोट साट्न सुरु गरेको हो। देशको विकसित परिस्थितिका कारण नोट साट्नका लागि सर्वसाधारणका लागि विगतभन्दा न्यून देखिएको छ।  एक व्यक्तिले बढीमा रु ५...

पार्टी छाडेको हल्लाबारे तोसिमाको प्रष्टीकरण– शून्यबाट देश उठाउनुछ, हल्ला नफैलाउनुहोला

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले पार्टी छाडेको हल्ला अफवाह भएको बताएकी छन्। उनले देशलाई शून्यबाट उठाउनुपर्ने भन्दै यस्तो अवस्थामा अफवाहमा रमाउन नहुने धारणा राखेकी छन्। ‘तोसिमाले पार्टी छाड्यो भनेर समाचार बनाउन भ्याइसक्नुभएछ! अरे यार! मेरो बारेमा लेख्दा मलाई त...

पर्सामा कर्फ्यू र निषेधाज्ञाको जारी, कारागार क्षेत्र र मुख्य राजमार्ग दंगाग्रस्त क्षेत्र घोषणा

१ घण्टा अघि   सेतोपाटी

पर्सामा जेनजीको आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। बजार क्षेत्रमा मानिसहरूको चहलपहल बढेको छ। बजार क्षेत्रमा पसलहरू खुल्न थालेका छन्। वीरगञ्जबाट लामो तथा छोटो दुरीका लागि चल्ने सवारी साधन सञ्चालन भएका छन्। तर स्थानीय प्रशासनले कर्फ्यू तथा निषेधाज्ञाको जारी राखेको छ।...

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

१ घण्टा अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ।  प्राधिकरणले आइतबार निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको हो।  छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी...

६० हजारभन्दा बढी मुद्दाका फाइल जलेपछि सर्वोच्चले निकाल्यो ३ उपाय

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा हजारौं मुद्दाको फाइल जलेर खरानी भएपछि अहिले दुइटा प्रश्न उब्जिएको छ — एउटा, टुंगो लागिसकेका पुराना मुद्दाको फाइल फेरि कसरी प्राप्त गर्ने? दोस्रो, सुनुवाइ क्रममा रहेका मुद्दा कसरी अघि बढाउने? जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि अन्दाजी ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको कर्मचारीहरू अनुमान...

महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।  बडालले...

आगजनीमा संलग्न भएको खुलेपछि रास्वपा पनौती नगर सभापतिले छाडे पार्टी

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको भिडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराईले राजीनामा दिएका छन्। उनले भदौ २५ गते नै राजीनामा दिएको फेसबुकमार्फत् बताएका छन्। नगर सभापति भट्टराईले कांग्रेस नेता...