ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बेइजिङबाट पुटिनले भने- जेलेन्स्की मस्को आए वार्ताका लागि तयार छु

४७ सेकेन्ड अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन्। चीन भ्रमणको अन्तिम दिन बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेनमा जारी युद्ध संवादमार्फत अन्त्य गर्नका लागि आफू तयार रहेको बताएका हुन्। वार्ताको तयारी भने राम्ररी...

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

८ मिनेट अघि   थाहाखबर

नारायणगढ : मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराहा। यहाँ आउने जो कोहीले सौराहाको आसपासमा  साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यमा रमाउने यी गैँडा वास्तवमा मानिसले नै पालेका हुन्।  निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति...

पोर्चुगलमा केबुलकार रेल दुर्घटनामा १५ जनाको मृत्यु

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं :  पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर केबुलकार रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको...

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलबाट लागि विशेष सुविधा प्राप्त गर्नेगरी नयाँ साझेदारी गरेको छ।  साझेदारीसँगै एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्। यस्तै ग्राहक तथा कर्मचारीले...

भायानेटले शुरु गर्‍यो ‘इन्टरनेट फर ड्रिमर्स’

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई  ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान इन्टरनेट फर ड्रिमर्सको शुरुवात गरेको छ। यो अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनाकर्मी र डिजिटल माध्यमबाट केही गर्न चाहने...

आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा सुरु हुने

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ हुने भएको छ।  गुठी संस्थानले बुधबार पत्रकार सम्मेलन गरी बिहीबार विहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौं उपत्यकामा विधिवत रूपमा इन्द्र...

नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदै, खापुङलाई विहानै दर्ज्यानी चिह्न प्रदान गरिने

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका ३२औँ महानिरीक्षक चन्द्र कुबेर खापुङले आजदेखि कमान्ड सम्हाल्दैछन्।  आइजीपी दीपक थापा हिजोदेखि अनिवार्य अवकाशमा गएपछि खापुङ प्रहरीको नेतृत्वमा आउन लागेका हुन्। उनलाई आजै बिहान साढे ९ बजे गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ। ​ त्यस...

भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आउँदैछन्। गवई नेपालमा हुने ‘नेपाल-इण्डिया ज्युडिसियल डाइलग’मा सहभागी हुन  आउन लागेका हुन्। यससँगै लुम्बिनी, पाटन र पशुपतिनाथ क्षेत्रको भ्रमण गर्ने पनि उनको तालिका छ।  गवई गत मे १४, देखि भारतको ५२औँ प्रधानन्यायाधीश छन्। ...

१५ लाख धरौटी बुझाएर रिहा भइन् राप्रपा सांसद बस्नेत

१ घण्टा अघि   थाहाखबर

नवलपुर : सहकारीको रकम हिनामिना गरेको आरोप लागेककी  राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहेकी गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन्।  उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन्। उनीअदालतमा उपस्थित भई...

बेइजिङ परेडमा सी र पुटिनले गरे अमर रहने विकल्पबारे कुराकानी

१ घण्टा अघि   सेतोपाटी

चिनियाँ राष्ट्रपति सि चिनफिङ  र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमर रहने विकल्पबारे कुराकानी गरेको खुलेको छ। बेइजिङमा सोमबार बिहान सम्पन्न सैन्य परेड अवलोकनका लागि विश्वका नेताहरूसँगै मञ्चतर्फ अगाडि बढ्दा पुटिन र सीले अमरत्वबारे कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मञ्चतर्फ...

एमाले सचिवालय बैठक बस्दै, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतबारे पनि छलफल हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ। शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुने बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोग...

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको छ। कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा भण्डारीमाथि आक्रमण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए। बोहराले...

सूचना अधिकारीले नै पाउँदैनन् सूचना !

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, संविधान र कानुनले नागरिकलाई सूचना माग्ने अधिकार दिएको छ...

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभरि मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ। बिहीबार दिउँसो देशभर साधारणतया...

एमालेको सचिवालय बैठक आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ। भोलिदेखि  सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो। बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ।  महाधिवेशन  भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज...

कति आज विदेशी मुद्राको सटही दर?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा...

दुई संसदीय समितिको बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ।  दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ।  बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।  बैठकमा नेपाल कानून समाजका...

आज प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर...

बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौंमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौं आएको छ। बंगलादेशको टोली राति साढे ८ बजे त्रिभुवन विमानस्थलमार्फत् नेपाल आइपुगेको हो। नेपाली र बंगलादेशबीच यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल...

साँघुरो ठाउँमा पनि मोड्न मिल्ने सस्तो चिनियाँ कार, कति पर्छ मूल्य?

२ घण्टा अघि   सेतोपाटी

कार किन्ने रहर भएर पनि महँगो मूल्य तिर्न नसकेर मन मार्नुपरेको छ? छ भने चिनियाँ अटोमोबाइल कम्पनी जिनपेङले नेपाली बजारमा ल्याएको पहिलो मोडल 'लिङबक्स इको–१' ले तपाईंको रहर पूरा गर्न सक्छ। कम मूल्यका सवारी साधन उत्पादनका लागि परिचित जिनपेङको यो...

आज कहाँ-कहाँ वर्षा?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।...

नेपाल ताजकिस्तानसँग पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिता पराजित भएको छ।  बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो । ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह...

प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित...

एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

८ घण्टा अघि   सेतोपाटी

एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ। बुधबार राति सकिएको खेलमा नेपाललाई‌ घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो। खेलमा नेपाल ४-० ले पराजित भयो। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन...