ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि

१ घण्टा अघि   थाहाखबर

जनकपुर : मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि हुने भएको छ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट भदौ ५ गते बसेको प्रदेश सरकारको बैठकको निर्णयअनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिए।...

कोरिया पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउपर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा...

बिहीवार पारित शिक्षा विधेयकमा यस्ता छन् माओवादी, रास्वपा र राप्रपाको फरक मत

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्। माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार...

भारत-पाकिस्तानबीचको खेलबारे भारतको नीति : आपसी सिरिज बन्द, तर ठूला प्रतियोगितामा खेल्न खुला

३ घण्टा अघि   सेतोपाटी

भारतले पाकिस्तानसँग द्विपक्षीय (एक-अर्कासँग मात्र हुने) खेल खेल्नका लागि पाकिस्तानको भ्रमण नगर्ने तथा पाकिस्तानलाई पनि आफ्नो देशमा नबोलाउने भएको छ। तर, दुवै देशका खेलाडी तथा टोलीहरू पाकिस्तान पनि सहभागी हुने बहुराष्ट्रिय प्रतियोगिताहरूमा भने खेल्न सक्नेछन्। यसले सेप्टेम्बरमा हुने पुरुष एसिया...

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्। सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह...

उमागौरी सहकारी प्रकरणः अन्जलासहित चार जनासँग १–१ करोड रूपैयाँ धरौटी माग

३ घण्टा अघि   सेतोपाटी

मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन मुद्दामा उच्च अदालत विराटनगरले चार जनासँग जनही एक–एक करोड रूपैयाँ धरौटी माग गर्ने फैसला गरेको छ। धनपालथान गाउँपालिकामा रहेको सो सहकारीको रकम अपचलन प्रकरणमा अदालतमा मुद्दा खेपिरहेकी अन्जला कोइरालासहित चार जनासँग उच्च अदालत विराटनगरले एक–एक...

अब एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन्। एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो। निर्देशिकाले...

लिपुलेक सम्झौताविरुद्ध भारतीय राजदूतावास अगाडि प्रदर्शन, तस्वीहरू

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारत र चीनबीच लिपुलेक व्यापारिक मार्ग प्रयोग गर्ने सहमतिपछि भारतीय राजदूतावास अगाडि आज प्रदर्शन भएको छ। एमाले निकट अनेरास्ववियुले उक्त प्रदर्शन गरेको हो। उसले यहाँ मसाल जुलुससमेत निकालेको थियो। तस्वीरहरू:

उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

४ घण्टा अघि   थाहाखबर

गोरखा : उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो। चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने...

जनार्दनप्रति आक्रोशित प्रचण्डले भने– गुट गर्नेलाई अब छुट दिन सक्दैनौं

४ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब गुट गर्नेलाई छुट दिन नसकिने चेतावनी दिएका छन्। पार्टीभित्र भइरहेको गुटबन्दीतर्फ संकेत गर्दै उनले आफ्नै खुट्टामा बञ्चरो नहान्न पनि नेताहरूलाई निर्देशन दिएका छन्। ‘हाम्रा सबै नेता साथीहरूलाई पनि निर्देशन हो यो।...

भौतिक कारबाहीको 'थ्रेट' झिलेर सांसदहरूले समितिबाट पास गरे विद्यालय शिक्षा विधेयक

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ।  सरोकारवाला निकायहरू शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरुको दबाबबीच समितिले विधेयक पारित गरेको हो।  विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि शिक्षक महासंघले आवधिक बढुवा, शिक्षकहरूको पदपूर्ति, शिक्षक महासंघका...

चार नक्कली परीक्षार्थी पक्राउ

४ घण्टा अघि   थाहाखबर

सुर्खेत : लोकसेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशंकर सिंह...

गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति

४ घण्टा अघि   सेतोपाटी

झन्डै दुई दशक पुरानो गौर घटना अहिले फेरि चर्चामा छ। २०६३ चैत ७ गते रौतहट जिल्लाको सदरमुकाम गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा २७ जना माओवादी कार्यकर्ताहरूको मृत्यु भयो। त्यस घटनामा एक सय ३० जनाविरूद्ध प्रहरीमा...

‘छिमेकीकाे हेपाइ र नेपालको चुकाइ’ले भयो भारत–चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दुई छिमेकी मुलुक भारत र चीनले फेरि नेपाललाई नजरअन्दाज गरेर नेपालकै भूमि लिपुलेक पासलाई प्रयोग गर्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा उनीहरूबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमति भएको हो, जसले नेपाल–भारत सीमा...

के तपाईंको ट्रेडमार्क दर्ता प्रक्रिया रोकिएको छ? ९० दिनभित्र पूरा नगरे खारेज हुने

४ घण्टा अघि   सेतोपाटी

उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि आवेदन दिएर पनि प्रक्रिया पूरा नगरेका व्यक्ति तथा संस्थाहरूलाई ९० दिनभित्र सम्पूर्ण कागजात र शुल्क बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे दर्ता आवेदन स्वतः खारेज हुने विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको...

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र, दसैँ-तिहारका सामान अड्किए

५ घण्टा अघि   थाहाखबर

चौतारा : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारणअवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।  कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका...

चीनको सुरक्षा प्रत्याभूति युक्रेनलाई चाहिँदैन भन्दै जेलेन्स्कीले गरे अस्वीकार

५ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनको सुरक्षा प्रत्याभूति युक्रेनलाई नचाहिने भन्दै अस्वीकार गरेका छन्। रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत पश्चिमा देशका सरकार प्रमुखसँग माग गरिरहेका छन्। यस्तो सुरक्षा प्रत्याभूति दिनेमा पश्चिमा...

टेलिग्राम बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट

५ घण्टा अघि   सेतोपाटी

सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम...

उपेन्द्र यादवमाथि झूटो आरोप लगाएको भन्दै प्रदर्शन (तस्वीरहरू)

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी‚ नेपाल निकट महिला संघले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेको छ। जसपा‚ नेपालका अध्यक्ष उपेन्द्र यादवमाथिको झूटो आरोप लगाइएको भन्दै समाजवादी महिला संघले विरोध प्रदर्शन गरेको हो। 

थापागाउँबाट च्यासलतिर फर्किएर भण्डारी–पोखरेलले ओलीविरूद्ध फेरि खोले 'फायर'

५ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नै स्वभाव उछिनेर बोलिन्। विचार भाव तौलिँदै सन्तुलन मिलाएर बोल्ने र प्रायः लिखित मन्तव्यमार्फत् सुनिने भण्डारी बिहीबार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीविरूद्ध केही आक्रोशित सुनिइन्। 'त्यो च्यासलले मेरो सदस्यतामाथि नै प्रश्न उठायो' भन्दै अध्यक्ष...

भारत र चीनले लिम्पियाधुरा नाका खोल्ने सहमति गरेर नेपालको नजरअन्दाज गर्‍यो : शङ्कर पोखरेल

५ घण्टा अघि   थाहाखबर

महोत्तरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताएका छन्। बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको...

प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने

५ घण्टा अघि   सेतोपाटी

प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे  पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने भएका छन्।  माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक बीच बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतामा पोलीक्लिनिकका डा प्रकाश...

प्रधानमन्त्री ओलीका अगाडि जनार्दन शर्माको नृत्य

६ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नृत्य प्रस्तुत गरेका छन्। सिस्नुपानी नेपालले बिहीबार आयोजना गरेको  'जुरुक्क कर्णाली'मा शर्माको समूहले नृत्य प्रस्तुत गरेको हो।  कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि छन्।  ​मयूर नाच कर्णालीमा परिचित रहेको...

इसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा स्वस्तिमा खड्का

६ घण्टा अघि   सेतोपाटी

इसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको छ। सुरुआतदेखि नै कम्पनीसँग आवद्ध रहेकी खड्काले नेपाल र विदेशमा पुगेर औपचारिक रेमिट्यान्सको महत्वबारे जनचेतना फैलाउँदै आएकी छन्।  कम्पनीका प्रमुख कार्यकारी अजेश कोईरालाका अनुसारयो साझेदारीले सुरक्षित र...