ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार उक्त रंगशाला भ्रमण गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको...

चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय

७ मिनेट अघि   सेतोपाटी

सहरी विकास मन्त्रालयले परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चोभार गल्छीका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको बताएको छ। काठमाडौं उपत्यकाको पानीको निकासको विन्दु रहेको चोभार गल्छी नजिकैको बागमती नदीको अवरोध हटाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तयारी रहे पनि...

‘संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो’ : अध्यक्ष दाहाल

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।...

तस्बिरमा हेर्नुहोस् लगनखेलमा बन्दै गरेको सप्तपाताल पोखरी

१४ मिनेट अघि   सेतोपाटी

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ। नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरूप काम भइरहेको हो। ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ। सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको...

झापामा दुई विद्यार्थीको मृत्यु, कुटपिट गरेको आशंकामा ६ जनामाथि अनुसन्धान जारी

१६ मिनेट अघि   सेतोपाटी

झापामा दुई जना विद्यार्थीको कुटपिटबाट मृत्यु भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्‍त्रणमा लिएर अनुसन्धान थालेको छ। शिवसताक्षी नगरपालिका-९ को संगम चोकमा दुई जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि ६ जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी...

कार दुर्घटनामा पोर्चुगाली फरवार्ड जोटाको निधन

२३ मिनेट अघि   थाहाखबर

इलाम : लिभरपुलका पोर्चुगाली फरवार्ड डियगो जोटा २८ वर्षको उमेरमा दुर्घटनामा परि निधन भएको छ। उत्तरी स्पेनको सडकमा उनको लम्बोर्गिनी दुर्घटनाग्रस्त भएर सडकबाट बाहिरिएपछि उनको निधन भएको हो। दुर्घटना जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ। लम्बोर्गिनीको टायर ओभरटेक...

विपद् पूर्वतयारी : उद्धारका लागि ड्रोन उडाने तालिम

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विपद् पूर्वतयारी, खोज तथा उद्धारका लागि ड्रोन उडानेसम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालन गरेको उक्त तालिम आज सकिएको हो। प्राधिकरणका अनुसार एक दिनको सैद्धान्तिक र एक दिनको अभ्याससहितको तालिममा...

१० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न खुल्यो बाटो

२७ मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता...

गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

३० मिनेट अघि   थाहाखबर

बैतडी : गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन्। बिहीवार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए। गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा...

ध्रुवबहादुर प्रधानको संयोजकत्वमा राप्रपाले बनायो उपनिर्वाचन परिचालन समिति

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ। निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिने र सम्भावित उमेदवारहरूको सूची सिफारिस गरी २०८२ असार मसान्तसम्म केन्द्रीय...

दुना-टपरी उद्योगबाट मासिक २५ हजार बचाउँछिन् भावना

३७ मिनेट अघि   थाहाखबर

कैलाली : धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छिनु। छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी आठ लाख लगानीमा उहाँले व्यवसाय गर्दै आएकी छिन्। सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन...

म मेरी छोरीको 'कन्यादान' गर्दिनँ

४७ मिनेट अघि   थाहाखबर

साँझको बेला थियो। केहि दिन अघि म मेरो ८६ वर्षीय मावली हजुरबुबासँग घरको आँगनमा बसेर गफ गरिरहेकी थिएँ।  सोही दिन छिमेकमा एकजना बहिनीको विवाह थियो, जुन विवाह समारोहमा सहभागी भएर मेरी आमा घर आउनुभयो। आउँदा आउँदै उहाँले  सोही विवाहको एउटा...

प्रधानमन्त्रीसँग प्रवासीको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

५० मिनेट अघि   थाहाखबर

स्पेन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन्। स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीसँग भेटघाट भएको हो।  स्पेनका...

एलिना चौहानलाई सामाजिक सञ्जालमा अपशब्द लेख्ने गुञ्जन राई पक्राउ

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौज तथा अपशब्द बोल्ने एक जना पक्राउ परेका छन्।  आफूलाई कवि बताउने गुञ्जन राईलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।   ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको जानकारी दिए। उनले...

२७ सय विन्दुमाथि उक्लियो नेप्से, नौ अर्ब ६४ करोडको सेयर किनबेच

५१ मिनेट अघि   सेतोपाटी

बिहीबार पनि नेप्से परिसूचक बढेको छ। गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नेप्से लगातार पाँचौं दिन बढेको हो। बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही घटेको छ। ...

बारपाकको दलित बस्तीमा २१ घरधुरी छन्, शौचालय एउटा मात्रै

५८ मिनेट अघि   सेतोपाटी

दिपासा विक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरु यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ,...

देउवालाई अजयबाबु शिवाकोटीको प्रश्न- चेतावनीको भाषा कति सुनिरहनुभएको छ?

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले केन्द्रीय सदस्य मोहन बस्नेतले केन्द्रीय समिति बैठकमै महामन्त्री गगन थापा नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएको भन्दै सहेर बस्नुपर्ने हो भन्ने प्रश्न गरेका छन्। बुधबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य बस्नेतले महामन्त्री थापालाई 'ठाउँको ठाउँ पर्ला,...

पुर्पक्षका लागि कारागार चलान भएको ६ दिनमै मृत्यु

१ घण्टा अघि   सेतोपाटी

दाङको घोराही कारगारमा पुर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीको गएराति उपचारका क्रममा मृत्यु भएको हो।   घोराही कारागारका जेलर लक्ष्मणसिंह राठोरका अनुसार चौधरी बलात्कार मुद्दामा पुर्पक्षका...

बैंक लाइसेन्सको आयुबारे गभर्नरको प्रश्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूको लाइसेन्सको आयुबारे प्रश्न उठाएका छन्।​ बिहीवारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा रहेको ७० खर्ब रुपैयाँ कसैको निजी सम्पत्ति नभई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने बताएका हुन्। उनका अनुसार त्यो रकमलाई सुरक्षण गर्नुपर्छ।...

गायिका एलिनालाई अभद्र कमेन्ट गर्नेको मोबाइल बरामद, भेटियो थुप्रै फेक आइडी

१ घण्टा अघि   सेतोपाटी

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको मोबाइल बरामद गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट ३३ वर्षीय उनलाई पक्राउ गरेको डिआइजी नविन्द अर्यालले जानकारी दिए। उनले सामाजिक सञ्जालमा गायिका चौहानमाथि अभद्र कमेन्ट...

'पावर समिट २०२५' असोजमा हुँदै

१ घण्टा अघि   सेतोपाटी

पावर समिट २०२५ आगामी असोज १ र २ गते (सेप्टेम्बर १७–१८, २०२५) काठमाडौंमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकरूको संस्था, (इप्पान) को आयोजनामा हुन लागेको यो सम्मेलनका लागि 'मिसन २८,५०० मेगावाट: पावरिङ नेपाल, इनर्जिङ रिजन' भन्ने नाराका तय गरिएको छ।...

विश्वकै ठूलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

१ घण्टा अघि   सेतोपाटी

पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ। शिलामा जाने बाटो,...

खेलकुदको विकासका लागि प्याब्सन र खेलकुद महासंघबीच सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्ताराष्ट्रिय स्कुल...

अरनिको राजमार्ग बिस्तार: धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो

१ घण्टा अघि   सेतोपाटी

स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ। मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ। उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ। उक्त क्षेत्रको करिब २ सय मिटर...