उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदानपश्चात द्विपक्षीय सम्बन्धका विषयमा महत्त्वपूर्ण संवाद भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जनाएको छ। ...