ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

झापा–१ मा इन्जिनियर घिमिरेले दिए स्वतन्त्र उम्मेदवारी

५४ मिनेट अघि   सेतोपाटी

झापा–१ भने इन्जिनियर अशेष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मंगलबार मनोनयन प्रक्रिया पूरा गरेपछि घिमिरेले मजदुरको पक्षमा केन्द्रित राजनीति र अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसको सुरूआत उनले टेम्पो चढेर नजिकैको सतिघट्टस्थित चिया बगान पुगेर गरेका थिए। त्यहाँ उनले...

उज्यालो नेपालबाट सिन्धुपाल्चोक-२ मा रामसिं तामाङले दिए उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीबाट सिन्धुपाल्चोक-२ मा रामसिं तामाङले उम्मेदवार दर्ता गराएका छन्। मंगलबार मुख्य निर्वाचनको कार्यालय पुगेर तामाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीबाट उम्मेदवार दर्ता गराएका हुन्। उनी सामाजिक अभियानी भनेर चिनिन्छन्। उनी हेलम्बु गाउँपालिकाका स्थानीय हुन्। उनीसँग उज्यालो...

झन्डै ४ घन्टा ढिला पुगेपछि उम्मेदवारी दर्ता गर्न पाएनन् रास्वपाका अनिल गुरूङले, के भएको थियो?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङको टिकट दिएर पठाएका उम्मेदवार अनिल गुरूङले निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला पुगेपछि मनोनयन पत्र दर्ता गर्न पाएनन्। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो।...

कांग्रेस सभापति गगन थापालाई प्रश्न– तपाईं काठमाडौं छाडेर सर्लाही किन जानुभयो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले यसपालि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। उनले आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। त्यहाँ उनको सामना २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमरेशकुमार सिंहसँग हुनेछ,...

दाङमा तीन पदका लागि ६२ जनाको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

दाङका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने तीन पदका लागि मंगलबार ६२ जनाले उम्मेदवारी दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको निर्वाचनका लागि दाङको क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २३...

१६५ मध्ये नेकपाले ‍दर्ता गर्‍यो १६४ क्षेत्रमा उम्मेदवारी (सूची)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा नेकपाले देशभरिका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो। नेकपामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले...

तनहुँ–१ मा स्वर्णिम र गोविन्द फेरि आमने सामने, एमालेबाट थपिइन् भगवती

२ घण्टा अघि   सेतोपाटी

तनहुँ–१ मा फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेस तनहुँका नेता गोविन्द भट्टराई आमने–सामने हुने भएका छन्। उनीहरूबीचको पुरानै प्रतिस्पर्धामा एमालेकी भगवती न्यौपाने थपिएकी छन्, जो मेयरको चुनाव हारेपछि राष्ट्रिय सभा सांसद र संघीय मामिला...

पर्सा– १ मा ३० जनाको उम्मेदवारी, महिला एक जना मात्रै

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीन जनामध्ये एक जना मात्रै महिला उम्मेदवार छन्। पर्सा क्षेत्र नम्बर १ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिश्वा बस्ने आर्य शशिकला...

सर्लाही–२ मा महिन्द्र राय यादव र राजेन्द्र महतोको वर्षौंदेखिको रोचक प्रतिस्पर्धा यसपालि पनि

२ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीचको रोचक प्रतिस्पर्धा यसपालि पनि हुने भएको छ। यी दुई उम्मेदवारसँगै प्रमुख पार्टीहरू नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा...

एन्फा निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित

३ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी माघ २८ मा झापामा तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ। एन्फाको निर्वाचन समितथिका सदस्य सचिव लोकेन्द्र ओलीले सूचना निकाल्दै निर्वाचन प्रक्रिया स्थगित गरेका हुन्।  उनले जारी गरेको सूचनामा भनिएको छ, ‘उच्च...

देउवा र गगनले टिकट बाँड्दा देखिएका ५ फरक

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाले 'नयाँ कांग्रेस' बनाउने अठोट प्रकट गर्दै भनेका थिए — कांग्रेसमा अब भागबन्डा हुने छैन। ६० पनि हुने छैन, ४० पनि हुने छैन। कांग्रेसमा अब परिवारवादको पनि अन्त्य हुनेछ! तत्कालीन संस्थापन पक्षले अस्वीकार...

मनोनयन दर्ता गर्न जाँदा दाङ ३ का उम्मेदवारका प्रमुख नारा ‘एयरपोर्ट’ (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

दाङमा मंगलबार दलहरुले उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन्। दलहरुले झाँकी जुलुससहित नाचगानसहित मनोनयन दर्ता गराए। मतदातालाई आकर्षित गर्न र आफ्नो पक्षको माहोल प्रदर्शन गर्न सबैले सक्दो प्रयास गरेको देखिन्थ्यो।  फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नेता र उनीहरूका कार्यकर्ताले...

एमालेले दर्ता गर्‍यो १६५ क्षेत्रमै उम्मेदवार, कति परे नयाँ अनुहार?

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन। ‘नेकपा (एमाले) ले देशका सबै १६५ वटै निर्वाचन...

राष्ट्रिय स्वतन्त्र पार्टीका यी हुन् १६४ उम्मेदवार (सूची)

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। रास्वपाबाट  यसपटक मनाङमा उम्मेदवारी परेन। रास्वपाले मनाङबाट अनील गुरूङलाई टिकट दिएको थियो। तर उनले अन्तिममा उम्मेदवारी नै दिएनन्। रास्वपा केन्द्रीय नेताहरूले दिएको जानकारी अनुसार उनी टिकट लिएर सम्पर्कविहीन भएका थिए।...

रोचक चुनावी भिडन्तको अर्को क्षेत्र झापा–२

४ घण्टा अघि   सेतोपाटी

केपी शर्मा ओली र बालेन शाहको चुनावी भिडन्तले झापा–५ धेरैको आकर्षण केन्द्र बनेका बेला झापाकै अर्को क्षेत्र पनि उत्तिकै रोचक चुनावी प्रतिस्पर्धाको थलो बनेको छ। झापा–२ त्यस्तो क्षेत्र भएको छ, जहाँबाट विघटित प्रतिनिधिसभाका सभामुख, उपसभामुख र एक जना सदस्य गरी...

नवलपरासी-२ मा कांग्रेसका दुई जनाले नै उम्मेदवारीको टिकट ल्याएपछि...

४ घण्टा अघि   सेतोपाटी

नवलपरासीमा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारका लागि टिकट ल्याएका छन्। पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि को आधिकारिक हो भन्ने विवाद सिर्जना हुने स्थिति बनेको छ।  नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर...

पर्सा-४ मा २४ जनाले गरे मनोनयन दर्ता

४ घण्टा अघि   सेतोपाटी

पर्सा क्षेत्र नम्बर ४ मा २४ जनाले मनोनयन दर्ता गरेका छन्। निर्वाचन अधिकृत नुतन झाका अनुसार मनोनयन दर्ता गर्नेहरूमा १३ जना राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवार मध्ये ६ जना महिला छन्। पर्सा क्षेत्र नम्बर ४ पूर्व उद्योग,...

रास्वपाले मनाङमा किन गरेन उम्मेदवारी दर्ता?

४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा देशभर उम्मेदवार खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मनाङमा भने गरेको छैन।  पार्टीका तर्फबाट उम्मेदवार बनाइएका अनिल गुरूङले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता नै गरेनन्। रास्वपा गण्डकीका प्रवक्ता नवीन त्रिपाठीका...

सिन्धुलीमा नेकपा विवाद- बागी उम्मेदवारका प्रस्तावक बने हरिबोल गजुरेल

४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा सिन्धुली क्षेत्र नम्बर २ को उम्मेदवारको विषयमा विवाद भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लेखनाथ (राजन) दाहाललाई टिकट दिएका थिए। तर असन्तुष्ट पक्षले छुट्टै उम्मेदवारी दर्ता गरेको हो। नेकपामा नेता हरिबोल गजुरेलको प्रस्तावमा महेश्वर दाहालले मनोनयन...

कास्कीमा ३ क्षेत्रका लागि ४५ जनाको उम्मेदवारी, ६ जना स्वतन्त्र उम्मेदवार

५ घण्टा अघि   सेतोपाटी

तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार यसरी उम्मेदवारी दिनेहरूमा ६ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी ४९ जनाले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता...

मनाङ र मुस्ताङमा सबभन्दा कम उम्मेदवार, कुनमा कति?

५ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन लागेको  प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा सबभन्दा कम दुई जिल्लामा देखिएको छ। मंगलबार साँझसम्म मनाङ र मुस्ताङ दुई जिल्लामा सबभन्दा कम उम्मेदवारी दर्ता भएको हो। मनाङमा ५ र मुस्ताङमा ८ जनाले मात्र उम्मेदवारी दर्ता...

नेपालमा यो साता रिलिज हुँदैछन् यी फिल्म

५ घण्टा अघि   सेतोपाटी

यो साता नेपालमा नेपालीसहित बलिउड र हलिउड फिल्म प्रदर्शनको तयारीमा छन्। शुक्रबार (माघ ९) देखि नेपाली फिल्म 'परिवर्तन' प्रदर्शन हुँदैछ।  सुशील श्रेष्ठको मुख्य अभिनय रहेको 'परिवर्तन' एक्सन-ड्रामा फिल्म हो। यसमा सुशीलले अन्यायविरूद्ध दृढतापूर्वक उभिने पात्रको भूमिका निर्वाह गरेका छन्।  विजय केरूङ निर्देशित...

गगनविरूद्ध देउवाको रिटमा सर्वोच्चले खोज्यो यी ६ प्रश्नको जबाफ

५ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै ६ वटा प्रश्नको जबाफ खोजेको छ। निर्वाचन आयोग, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउन आदेश...

गुल्मी-२ मा उम्मेदवारी दिएपछि गोकर्ण विष्ट र भुवन श्रेष्ठको अंकमाल

५ घण्टा अघि   सेतोपाटी

चुनावी प्रतिस्पर्धामा फरक राजनीतिक दलका उम्मेदवारहरूबीच पनि आपसी सद्भाव र मित्रता कायम हुन सक्छ भन्ने गतिलो सन्देश गुल्मीमा देखिएको छ।  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवारहरूबीच खुसी साटासाट भएको दृश्यले चुनावी...