थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन, भत्काउन थालियो संरचना
थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन भएको छ। बिहान ८ बजे पुगेको डोजर साढे ८ बजेदेखि परिचालन भएको हो। वस्ती खाली गर्न अहिले दुइटा डोजर परिचालन भएका छन्। एउटाले सडक छेउका संरचना भत्काइरहेको छ। अर्को डोजर बस्तीभित्रै प्रवेश गरेको छ।
