ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेबाट राष्ट्रिय सभाका कोको बन्दैछन् उम्मेदवार?

१४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने सहमति जुटेको छ। जसअनुसार कांग्रेस र एमालेको भागमाा समान ७, माओवादी केन्द्रको भागमा ४ र जसपाको...

नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस...

नेकपा एक्लै चुनावमा जान्छ, कसैसँग गठबन्धन गर्दैन- प्रचण्ड

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन्।...

लगातार बढिरहेको डलरको भाउ आज कति छ?

३६ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र...

यस्तो छ राष्ट्रियसभा निर्वाचन तालिका

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यही पुस १९ गते...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

४९ मिनेट अघि   सेतोपाटी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको हो।...

एमाले कोशीमा कुन नेतालाई कहाँको जिम्मेवारी?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले को दोस्रो केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेश र त्यहाँका १४ वटै जिल्लाका इन्चार्ज तोकेको छ।  सचिवालयको मंगलबारको बैठकले सचिव शेरधन राईलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।  सचिवालयको  निर्णय अनुसार ताप्लेजुङ  इन्चार्जमा तिलकुमार मेयाङ्बो र पाँचथरमा आइन्द्र सुन्दर...

जो बनको होइन, भातको बर्गर बनाउँछन्

१ घण्टा अघि   सेतोपाटी

बर्गर पिठोका दुइटा बन पाउरोटीको बीचमा मासु वा तरकारीको प्याटी, चिज, साग (लेटस), प्याज, टमाटर लगायत राखेर बनाइएको खाजा हो। नेपालसहित संसारका धेरै देशमा यस्तै बर्गर चल्तीमा छ। जापानमा भने फरक खालको बर्गर पनि पाइन्छ। यो बर्गरमा अरू सबै कुरा उस्तै भए पनि बन पाउरोटीको साटो भात हुन्छ। भातलाई...

यी हुन् बागमती प्रदेशका १० जिल्लामा एमालेले तोकेका नयाँ इन्चार्ज

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले केन्द्रीय नेताहरूको कार्य विभाजन गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तोकेको हो। निर्वाचनलाई लक्ष्य गरेर एमालेले बागमतीका १० जिल्लामा नयाँ इन्चार्ज तोकेको छ। सो अनुसार सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुंगेल, काभ्रेमा अशोक व्यञ्जु, सिन्धुपाल्चोकमा सुवास...

एमाले प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

९ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्। पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गरेका हुन्।...

विमलेन्द्र निधिमाथि गलत व्यवहार भयो– गगन थापा

९ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार कार्यसम्पादन समिति बैठक थियो। बैठकस्थलमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले प्रदर्शन गरेका थिए। बैठकमा सहभागी हुन गएका नेता निधिलाई कार्यकर्ताहरूले...

७७ वटै जिल्लालाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

९ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।  तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सदभाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन...

१० किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ

९ घण्टा अघि   सेतोपाटी

दाङको घोराहीबाट दस किलोभन्दा बढी चरेससहित चार जना पक्राउ परेका छन्। रूकुम पूर्वको भूमे गाउँपालिका–२ घर भई दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँ चौतारी टोलमा कोठा भाडामा बस्दै आएकी ३४ वर्षीया बिनमाया पुन र ३९ वर्षीय दीपक पुन मंगलबार पक्राउ परेका थिए। लागुऔषधको...

सुरक्षाको प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ– प्रमुख निर्वाचन आयुक्त

१० घण्टा अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्।  निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुँदैन भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको...

विश्वप्रकाश शर्माले भने– नेतासँग समर्थन र विरोधको सम्बन्ध हुन सक्छ, तर मर्यादाको दायरामा रहनुपर्छ!

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा भएको घटना गलत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विशेष बैठकका क्रममा प्रवेश व्यवस्थापन, नेतामाथि भएको व्यवहार र फैलिएको हल्लाबारे प्रतिक्रिया दिएका हुन्। उनले समर्थन–विरोधका नाममा मर्यादा नाघ्ने...

टी-२० विश्वकप २०२६ : ५ खेलाडीले पहिलोपटक विश्वकप खेल्दै, ९ खेलाडी लगातार दोस्रोपटक विश्वकप टोलीमा

११ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्। यस्तै बसिर अहमद र...

रास्वपामा उपसभापति बनेका कुलमानले भने– म कुनै पनि पार्टीको सदस्य छैन

११ घण्टा अघि   सेतोपाटी

केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति हुने गरी सहमतिपत्र हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'रास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैन'...

पाँच वर्षअघिको प्रतिनिधिसभा विघटनबारे फैसलाको पूर्णपाठमा के छ?

११ घण्टा अघि   सेतोपाटी

पाँच वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटन उल्ट्याउने फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। पूर्णपाठमा प्रतिनिधिसभा विघटन, त्यसको  निर्वाचन र यसको कार्यकालसम्बन्धी संवैधानिक प्रावधानको व्याख्या गरिएको छ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका...

घाँटीमा गोली लागेको थियो २५ वर्षका धिरजलाई

११ घण्टा अघि   सेतोपाटी

सहिद परिवार धिरज श्रेष्ठ भदौ २३ गते दिनभरि नयाँबानेश्वरको आन्दोलनमै थिए। प्रहरीको गोली लागेर आन्दोलनकारी युवाहरूको मृत्यु भयो भन्ने खबर सुनेपछि बुबा नारायण श्रेष्ठले लगातार फोन गरिरहे। त्यस दिन उनी साँझ ५ बजेतिर घर फर्किए। दिनभर सडकको भागदौडले थाकेर लखतरान...

टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा शेर मल्ल, २ खेलाडीले पुनरागमन गर्दा ९ जना बाहिरिए

११ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्।   यस्तै बसिर अहमद...

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँगको एकताबारे वर्षमान पुन भन्छन्– तत्कालका लागि असम्भव

११ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग एकता तत्कालका लागि असम्भव भएको बताएका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले उक्त कुरा बताएका हुन्। ‘विप्लवजीसँग केही कुरा भएको छैन। अस्ति...

दयाहाङ-प्रकाशको 'मिरमिरे' को ट्रेलर सार्वजनिक (भिडिओ)

१२ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई, प्रकाश सपूतलगायत कलाकारहरूको मुख्य अभिनय रहेको फिल्म 'मिरमिरे' को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा केन्द्रमा छ।  श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ...

जेनजी आन्दोलनपछि पनि 'मन्त्रीमा पालो पुर्‍याउने' खेलमा व्यस्त छन् कांग्रेस–एमाले

१२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनुअघि नेपाली कांग्रेस कोशी संसदीय दलमा ठूलो रस्साकस्सी चलेको थियो।  त्यसअघि मुख्यमन्त्री बनिसकेका संसदीय दलका नेता उद्धव थापा र केदार कार्कीबाहेक बहुसंख्यक कांग्रेस सांसद मन्त्री बन्ने दौडमा थिए।  २०८१ असार १७ मा...

विद्युतीय पोलमा अटो ठोक्किँदा चालकको मृत्यु

१२ घण्टा अघि   सेतोपाटी

रोल्पामा मंगलबार भएको अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ।  लुङ्ग्री गाउँपालिका– १ का २५ वर्षीय अटो चालक जोगमान बस्नेतको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रjक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।  उनका अनुसार म‌ंगलबार दिउँसो लुङ्ग्री–...