को हुन् शरीफ उस्मान हादी, जसको हत्याले बंगलादेश फेरि धकेलियो अशान्तितर्फ
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका युवा नेता शरीफ उस्मान हादीको हत्यापछि देशभर फैलिएको हिंसाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था कति नाजुक छ भन्ने देखाएको छ। हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते...
