ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो हकप्रद साधारण शेयर निष्काशन गर्न निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर एक सय अंकित दरका ७५ लाख...

सडकबाट सय मिटर तल खस्यो ट्र्याक्टर, चालकको मृत्यु

७ मिनेट अघि   सेतोपाटी

सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।  रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ३ झुलनेटाका २१ वर्षीय सुरेश विकको मृत्यु भएको छ।  त्रिवेणी–४ खाम्चाका २६ वर्षीय पूर्णबहादुर विक घाइते छन्।  दुर्घटनाबारे स्थानीयले प्रहरीलाई पौने ९ बजेतिर मात्रै खबर गरेका थिए। त्यसपछि पुगेको...

फागुनमा हुने केपिएलका सात टिममा मालिक सार्वजनिक

१७ मिनेट अघि   सेतोपाटी

कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ ।  आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले...

रास्वपा केन्द्रीय समिति बैठक जारी

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरू भएको छ। आजको बैठकबाट सभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्। सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए। उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी...

रविले ओलीलाई चुनौती : चुनाव जितेर देखाउनू!

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै चुनाव जितेर देखाउनु चुनौती दिएका छन्। आज पार्टी कार्यालय वनस्थलीमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै  उनले जेनजी आन्दोलनपछि तोकिएको निर्वाचन नबिथोल्न एमालेलक्षित अभिव्यक्ति...

संसद पुनर्स्थापनाको लागि दौडधुप गर्न थाले रे! षड्यन्त्रको शृंखला बन्द गर्नुहोला– रवि लामिछाने

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थालेको भन्दै षड्यन्त्रको शृंखला बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापनाका नाममा धेरै आँखा नचम्काउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत...

रवि लामिछाने फर्किए पार्टी जिम्मेवारीमा (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले पार्टी जिम्मेवारीमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल परेका लामिछाने धरौटीमा रिहा भएका थिए। त्यसपछि उनले आजदेखि पार्टीको जिम्मेवारी सम्हालेका हुन्। उनलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले स्वागत गरेका हुन्।...

मधेस प्रदेशको सभामुखमा राम आशिष यादव निर्वाचित

३५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा जनता समाजवादी पार्टी (नेपाल) का प्रमुख सचेतक राम अशिष राय यादव सभामुखमा निर्वाचित भएका छन्। सभामुखमा निर्वाचित राम आशिष धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। सभामुख चयनका लागि डाकिएको...

पार्टी कार्यालयमा रविको भव्य स्वागत, तस्वीरहरू

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किएका छन्।  उनका समर्थक र कार्यकर्ताले वनस्थलीमा उनको भव्य  स्वागत गरेका छन्।  बाजागाजा र नाचगान सहित लामिछानेको स्वागत गरिएको हो।  उनी शुक्रबार धरौटीमा रिहा भएका हुन्। ...

काठमाडौं -१ मा राप्रपाका उम्मेदवार रवीन्द्र कि पशुपति शम्शेर?

४० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पहिलो नम्बरमा राखेर फरक-फरक उम्मेदवार सूची सिफारिस भएपछि त्यसले पार्टीभित्र विवाद उत्पन्न गरेको छ। पूर्वअध्यक्ष राणा पहिलो नम्बरमा राखेको सूची क्षेत्रीय कार्यसमितिबाट सिधै केन्द्रीय...

त्रिवि दीक्षान्त मोडालिटी फेरबदल: निर्णय धेरै, कार्यान्वयन कहिले?

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशकै ठूलो र पुरानो विश्वविद्यालयको वर्षेनी हुने दीक्षान्त समारोह अव्यवस्थित र भद्रगोल हुने गरेको छ । मुख्य त सर्टिफिकेट वितरण व्यवस्थित नहुँदा घण्टौ लाइन बस्नुपर्ने विद्यार्थीहरूलाई दु:ख छ। बाहिरबाट समारोह स्थल छिर्न पनि लाइन नै बस्नुपर्छ। त्यसो त विद्यार्थीहरूले...

रूपक अलङ्कारसहित चार जना स्रष्टा पुरस्कृत

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रगतिशील लेखक सङ्घले रूपक अलङ्कारसहित चार जना स्रष्टाहरूलाई पुरस्कृत गरेको छ। श्यामप्रसाद स्मृति पुरस्कारबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस युवा पुरस्कारबाट अलङ्कार, प्रलेस प्रतिभा पुरस्कारबाट अनिल शर्मा तथा प्रलेस बालसाहित्य पुरस्कारबाट सुशीला प्रधानाङ्ग पुरस्कृत भएका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा प्रलेसका...

छुट्टिएर जाने साथीहरूलाई शुभकामना छ: रवि लामिछाने

५५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना दिएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि धुनाबाट धरौटीमा रिहा भएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएका लामिछानेले पार्टीबाट अलग्गिएका नेताहरूको सम्झना गरेका हुन्। ‘यो...

को हुन् शरीफ उस्मान हादी, जसको हत्याले बंगलादेश फेरि धकेलियो अशान्तितर्फ

५८ मिनेट अघि   सेतोपाटी

गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका युवा नेता शरीफ उस्मान हादीको हत्यापछि देशभर फैलिएको हिंसाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था कति नाजुक छ भन्ने देखाएको छ। हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते...

पार्टी कार्यालय आइपुगे रवि, कार्यकर्ताले गरे स्वागत (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। धरौटीमा रिहा भएपछि लामिछाने पहिलो पटक पार्टी कार्यालय पुगेका हुन्। उनी कार्यालय ‍जाँदा पार्टी केन्द्रीय कार्यालय रहेको चःमति क्षेत्रमा कार्यकर्ताहरूको भिड छ। रविलाई स्वागत गर्न बाजा गाजासहित कार्यकर्ताहरू उपस्थित...

अवसान पक्का भएपछि!

१ घण्टा अघि   सेतोपाटी

हिमाल हाँसेको छैन  गोधुली रोइरहेकी छे  गोठालाहरू निराश छन्  आउने रातको सन्नाटा सम्झेर।  रातले धेरै पटक निद्रा चोरेको छ  धेरै नानीहरूको सपना लुटेको छ  आमाहरू पीडाले रोइरहेका छन्  तिनीहरूको काख रित्तिएको छ  रित्तो काख ठटाएर  अलौनाबिलौना गर्दै  चिहान कोट्याउन हिँड्छन् आमाहरू। ...

कविताले अण्डा पार्दैन!

१ घण्टा अघि   सेतोपाटी

जब मनको मरुभूमिमा खडेरी पर्छ कविताले शीतलताको झरी बर्साउँछ  जब पेट भरिएर पनि अन्तर्मन भोको रहन्छ शब्दका साना दानाहरूले तृप्ति दिलाउँछ। जसरी अन्नले शरीर पाल्छ कविताले चेतना जगाउँछ निरीहको दबिएको आवाजलाई उभिन सक्ने साहस दिन्छ कविताले शासकको तरबार कलमको नोकले...

पीडितको स्वीकृति लिएर मात्रै कैदी छाड्ने प्रावधान कार्यान्वयन नै नभई सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले पीडितको स्वीकृति लिएर मात्रै कैदीको कैद मिनाहा/ छुट गर्नुपर्ने भन्दै दिएको फैसला कार्यान्वयन हुन नपाउँदै उल्ट्याएको छ। नेपालगन्जका चेतन मानन्धरको हत्या मुद्दामा दोषी भएका योगराज ढकाल (रिगल) लाई दुई वर्षअघि राष्ट्रपतिले कैद मिनाहा/छुट दिएपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।...

सोचेर यो नसकिने!

१ घण्टा अघि   सेतोपाटी

माकुरे यो जालो, मगजमै मक्किन्छ कि क्या हो विचार मेरो जुन छ भित्र जालोमा जडिएको। पोखेर यो पोख्न नपाउँदै पोखिन्छन् कि भावहरू जुन कहिल्यै भएनन् आफ्नो न तिम्रो, न मेरो। नबोलेरै बोलूँ भन्छु बाँधिएको बोली मेरो नखोलेरै खोलूँ भन्छु खाँदिएको...

रविलाई स्वागत गर्न पार्टी कार्यालयमा पञ्चेबाजा र नाचगान, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने भएसँगै उनका समर्थक र कार्यकर्ता वनस्थलीमा उनको स्वागतको लागि तयार भएर बसेका छन्। बाजागाजा र नाचगान सहित लामिछानेको स्वागतको तयारी भइरहेको छ। उनी शुक्रबार धरौटीमा रिहा भएका हुन्। ...

मिराज ढुंगानाको समूहले सोमबार माइतीघर मण्डलमा प्रदर्शनी गर्ने

१ घण्टा अघि   सेतोपाटी

मिराज ढुंगाना नेतृत्वको जनेजी समूहले सरकारविरूद्ध प्रदर्शनी गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलि (सोमबार) देखि माइतीघर मण्डल लगायत जिल्ला-जिल्लामा प्रदर्शनी हुने घोषणा गरेको छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले पनि भनेअनुसारले काम नगरेको भन्दै प्रदर्शनी गर्न लागेको मिराज समूहका सदस्य...

२५९५ विन्दुमा झर्‍यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से १९.९२ अंकले घटेको छ। नेप्से ०.७६ प्रतिशतले घटेर २५९५.१० विन्दुमा झरेको छ।  आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार चार अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार...

पार्टी काममा फर्किए रवि, केन्द्रीय समितिलाई सम्बोधन गर्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार अपराह्न बस्दैछ। आजको बैठकबाटसभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्। सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए। उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकेको...

सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न- तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन? भनी सरकारलाई प्रश्न...