ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विशेष महाधिवेशन चलिरहँदा कार्यवाहक सभापतिले भने- पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्नू

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ती जारी गरेका छन्। सोमबार दिउँसो विज्ञप्ती जारी गरी पार्टीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न भनेका हुन्।  'पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी...

राष्ट्रिय परिवर्तन पार्टीका नामबाट समानुपातिक सूची अद्यावधिक गर्न आयोग पुग्यो उज्यालो नेपाल

४ मिनेट अघि   सेतोपाटी

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। आयोगका एक अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएपछि उनेपा समानुपातिक सूची अद्यावधिकका लागि आइतबार...

फिल्म 'परिवर्तन' को एक्सनप्रधान ट्रेलर सार्वजनिक (भिडिओ)

१४ मिनेट अघि   सेतोपाटी

फिल्म 'परिवर्तन' को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ। ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई अन्याय विरूद्ध दृढतापूर्वक उभिने 'पारस' नामक निडर पात्रका रूपमा देखाइएको छ। एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्ध ट्रेलरमा देखिन्छ। फिल्ममा अञ्जना प्रहरीको भूमिकामा छिन्। सुशील र अञ्जनासहित फिल्ममा करिश्मा मानन्धर,...

२६३५ विन्दुमा नेप्से, ६ अर्ब ४७ करोडको सेयर किनबेच

२४ मिनेट अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक घटेको छ। नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा बन्द भएको हो।  सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त...

खुमबहादुरका छोरा अनुराग पनि आए विशेष महाधिवेशनमा

२५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाका सांसद अनुराग खड्का पनि नेपाली कांग्रेस विशेष महाधिवेशनमा सहभागी भएका छन्। सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुन उनी पुगेका हुन्। दाङ क्षेत्र नम्बर १ (२) का सांसद उनी लुम्बिनी प्रदेश सभाका कान्छा सांसद हुन्। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छोरा...

पार्टी जोगाउन कोशिस गर्दैछु- शेखर कोइराला

२६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन्। सोमबार आफूपक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताएका हुन्।   ‘पार्टी जोगाउन कोशिस गर्दैछु। पार्टी जोगिन्छ। त्यो चिन्ता...

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी

३५ मिनेट अघि   सेतोपाटी

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद (अखण्ड) भण्डारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए यसअघि भण्डारी अन्नपूर्ण पोष्टका प्रधान सम्पादक थिए। यही बैठकले राष्ट्रिय...

आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै देउवा

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्।  ३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए।  छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए।  छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य  र...

वडाध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

४० मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। दोलखा, मेलुङ गाउँपालिका वडा-१ का वडाध्यक्ष सहित ३ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन सचिव विनय उप्रेती, कार्यालय सहायक दलबहादुर थापाविरूद्ध...

माघ ४ गते राष्ट्रियसभा बोलाउन मन्त्रिपरिषदको सिफारिस

४४ मिनेट अघि   सेतोपाटी

सरकारले राष्ट्रियसभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गरेको हो। बैठक सिंहदरबारभित्र पहिले कृषि समितिको बैठक बस्ने हलमा बसिनेछ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले राष्ट्रिय सभा...

संवैधानिक निकायमा दलियकरण अन्त्य गर्न गगन थापाले प्रस्ताव गरेका तीन काम

१ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  संवैधानिक र सार्वजनिक संस्थामा दलियकरण अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  यस्ता संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त तीन काम गर्ने पनि उनले प्रस्तावमा उल्लेख गरेका छन्।  पहिलो, योग्यतामा आधारित...

भ्रष्टाचार मुद्दा दर्तालगत्तै स्वतः निलम्बन हुने व्यवस्था गर्ने गगन थापाको प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेता र सदस्य स्वत: निलम्बन हुने प्रस्ताव अघि सारेका छन्।  सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा थापाले समसामयिक राजनीतिक प्रस्तावमा उक्त कुरा उल्लेख गरेका हुन्। ‘अख्तियारको दुरूपयोग तथा...

विश्वप्रकाशले प्रस्ताव गरे सुशासनका ७ बुँदे एजेन्डा, के–के छन्?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुशासनमा हामी कहाँ कहाँ चुक्यौं र त्यसलाई कसरी सुधार गर्ने भन्नेबारे सातबुँदे प्रस्ताव गरेका छन्। दोस्रो विशेष महाधिवेशनको सोमबार जारी बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा महामन्त्री शर्माले राज्यका विभिन्न निकायहरूमा व्याप्त कुशासनका प्रवृत्ति औंल्याउँदै त्यसलाई...

राजनीतिक दल र निर्वाचन प्रणाली सुधारका लागि गगन थापाका प्रस्तावहरू

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा निर्वाचन प्रणाली र दलीय सुधारका लागि विभिन्न प्रस्तावहरू राखेका छन्। सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा थापाले ‘कार्यमूलक लोकतन्त्र र दलीय सुधार’ र ‘निर्वाचन प्रणालीमा सुधार’ गर्नेका  प्रस्तावहरू अघि सारेका...

‘नो भोट’को अधिकार दिन, दलहरूलाई राज्यकोषबाट अनुदान दिन गगनको प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगनथापाले नो भोटको अधिकार कानुनमा सुनिश्चित गरिने प्रस्ताव गरेका छन्।  त्यस्तै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार कानुनमा समेट्न पनि प्रस्ताव गरेका छन्। ‘मतदाताको अधिकारलाई अर्थपूर्ण बनाउन 'नो भोट' को कानुनी सुनिश्चितता र विदेशमा रहेका नेपालीको...

संविधान संशोधनको पहल गर्ने गगन थापाको प्रतिबद्धता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भृकुटीमण्डपमा जारी बन्द सत्रमा उनले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै संविधान संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।   'संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमी-कमजोरी...

सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न गगनका आठ संकल्प

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आठ संकल्प गरेका छन्। विशेष महाधिवेशनको बन्दसत्र हलमा महामन्त्री थापाले यी संकल्प प्रस्तुत गरेका हुन्। ‘सुशासन भनेको भ्रष्टाचार नियन्त्रण, न्यायपूर्ण, उत्तरदायी र परिणाममुखी शासन प्रणाली हो। यसको लागि...

'पपुलिजम' को चुनौती सामना गर्ने गगनको प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पपुलिजम (प्रियतावाद) को चुनौती सामना गर्दै गरेर उदार लोकतन्त्रको रक्षा गर्ने प्रस्ताव गरेका छन्।  विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावाद नेपालमा पनि देखिएको उनको प्रस्तावमा उल्लेख छ।   ‘विश्वव्यापी रूपमा देखिएको पपुलिजम र...

एमाले अछामका इञ्चार्ज बोहराले त्यागे पार्टी, नेकपामा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) अछामका इञ्चार्ज भैरवबहादुर बोहराले पार्टी त्यागेको घोषणा गरेका छन्।  सोमबार उनले सार्वजनिक वक्तव्यमार्फत नेतृत्वप्रति विभिन्न दोषारोपन गर्दै एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा पार्टी प्रवेश गरेको बताएका छन्। अछाम नेकपाका नेता डा. भीम रावलको गृह जिल्ला हो।  नेता रावत...

वर्षा राउत हिन्दी फिल्ममा अनुबन्ध

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छिन्। उनले हिन्दी फिल्म 'रिमझिम गिरे सावन' मा मुख्य मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी हुन्।  हालै काठमाडौंमा दुई पक्षबीच सम्झौता भएको हो। नेपाली रजतपटमा आफ्नो बलियो उपस्थिति जनाएकी वर्षाका लागि यो...

बैतडी जिप दुर्घटनामा ३ को मृत्यु, ७ जना घाइते

२ घण्टा अघि   सेतोपाटी

बैतडीमा जिप दुर्घटनामा घटनास्थलमै तीन जना र सात जना घाइतेको पहिचान खुलेको छ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।  दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावत,  सिगास गाउँपालिका–१ का २५ निशान्त बोहरा र सोही...

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्नै सक्दैन: गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका छन्। सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव गर्दै उनले विशेष महाधिवेशनलाई आयोगले अवैध भन्नै नसक्ने बताएका हुन्। ‘विशेष महाधिवेशनको आवश्यकता किन पर्‍यो भनेर व्याख्या गरेको...

बैंकबाट निजी क्षेत्रमा जाने ऋण क्रमश: बढ्दै

२ घण्टा अघि   सेतोपाटी

बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने ऋण लगानी बढ्न थालेको छ। बैंकमा लगातार लगानीयोग्य रकम बढ्दै गएको तर ऋणको माग बढ्न नसेकको अवस्थामा पछिल्लो महिना केही सुधार देखिएको हो।  नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै ३७ अर्ब रूपैयाँ यस्तो कर्जा गएको...

गगनको प्रस्ताव- मन्त्रालयको संख्या पुनरवलोकन गर्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रालयको संख्या पुनरवलोकन गर्ने प्रस्ताव गरेका छन्।  विशेष महाधिवेशनको  बन्द सत्रमा महामन्त्री  थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा संघीय र प्रादेशिक सरकारका मन्त्रालयहरूको संख्या पुनरवलोकन गर्ने प्रस्ताव गरेका हुन्। संघीय सरकार मातहत रहेका विभन्न विभागहरूलाई आवश्यकताका आधारमा प्रदेशलाई...