यहाँ मुटु जलिरहेछ!
आजभोलि दैनिकी अचम्मको भएको छ। आफ्नो घर छोडेर एक रात कतै नगएको महिनौँ हुन लागेछ। कामकाजको सिलसिलामा दिउँसो जहाँ पुगे पनि बेलुका घर फर्किएको छु। परिवारसँगै छु। समय छैन भनौं भने छ, छ भनौं भने लिभिङ रूममा भएको टेलिभिजन नखुलेको धेरै भइसकेको...
