ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन आयोगले सेतोपाटीलाई तोक्यो १ लाख जरिवाना

५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिवाना तोकेको छ। निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सोमबार आयोगले सेतोपाटीलाई जरिवाना तोक्ने निर्णय गरेको हो।  सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड...

बिहारका मुख्यमन्त्री नितिश कुमार पद छाडेर राज्यसभा जाँदै, आफ्नै इच्छा कि भाजपाको दबाब?

३५ मिनेट अघि   सेतोपाटी

भारत, बिहारको मुख्यमन्त्रीका १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै नितिश कुमारले बिहीबार राज्य सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। पहिलो पटक सन् २००० मा सात दिनका लागि बिहारका मुख्यमन्त्री बनेका नितिश कुमार सन् २००५ पछि लगातार जस्तो बिहारको सरकार...

डोजोभित्रको अन्तिम घण्टी!

४१ मिनेट अघि   सेतोपाटी

कीर्तिपुरको बाघ भैरव डोजोभित्र हरेक साँझ घण्टी बज्थ्यो। घण्टीको आवाजसँगै सुरु हुन्थ्यो सन्ध्याको पसिना, संघर्ष र सपनाहरू। त्यही डोजोकी सबैभन्दा कडा र मेहनती खेलाडी थिई सन्ध्या। सन्ध्या राष्ट्रिय स्तरकी कराँते खेलाडी थिई। उसको जीवनमा अनुशासन थियो, नियम थियो तर प्रेमको...

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

१ घण्टा अघि   सेतोपाटी

झन्डै डेढ वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका चारमध्य एक जना मात्रै सफल भए। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको चुनाव लड्का लागि प्रदेश सभा सदस्यबाट राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै सफल...

गुल्मीमा रास्वपालाई समानुपातिकतर्फ ४३.९७ प्रतिशत मत, चार वटा दलले मात्र कटाए थ्रेस होल्ड

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ गुल्मीका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ४३.९७ प्रतिशत मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २२ हजार १८६ मतदाता रहेको क्षेत्र नं. १ मा ६४ हजार ७८७ जनाले...

इलामबाट संसद पुगेका पुराना दलका दुई युवा

१ घण्टा अघि   सेतोपाटी

इलामका दुई निर्वाचन क्षेत्रबाट पुरानो दलका उम्मेदवार निर्वाचित भएका छन्। इलाम १ बाट नेपाली कांग्रेसका उम्मेदवार ३५ वर्षीय निश्कल राई र इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भएका हुन्।  लामो समयदेखि एमालेको गढ मानिने इलाम १ मा...

गोरखा १ मा रास्वपाका सुधन गुरूङ विजयी

२ घण्टा अघि   सेतोपाटी

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्। ३८ वर्षीय उनले २९ हजार ८ सय ९६ मत ल्याएका हुन्। उनी गोरखाकै चुमनुब्री गाउँपालिका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत...

इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

२ घण्टा अघि   सेतोपाटी

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्। यहाँ...

किशोरी साहको उम्मेदवारी खारेज विरूद्धको रिटमा सर्वोच्चले बोलायो आयोगलाई छलफलमा

३ घण्टा अघि   सेतोपाटी

धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजी विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा फागुन २९ गते छलफल हुने भएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको पनि कुरा सुन्नुपर्ने बताउँदै...

झरना थापाको फिल्म 'एक भागवत् र एक गीता' युट्युबमा सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

झरना थापाको निर्देशनमा बनेको फिल्म 'एक भागवत् र एक गीता' युट्युबमा सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको फिल्मलाई हल रिलिजको दुई वर्षपछि युट्युबमा प्रिमियर गरिएको हो। सोमबार ओएसआर मुभिज युट्युबमा फिल्म सार्वजनिक भएको छ।  'एक भागवत् र एक गीता' ले यौनिक...

खोज्दै...

३ घण्टा अघि   सेतोपाटी

इच्छा खोज्दै-खोज्दै  म मामाको किराना पसल छिरेँ मामाले मलाई सक्कली घ्यु बेचे साहूको जागिर पसल पुगेँ उसले मलाई तहमा किन्यो गुफा हेरेँ, अँध्यारो देखेँ गाउँ पसेँ, छिँडीमा बसेँ सहर छिरेँ, बेसरी कुदेँ  बाटैभरि भएँ बैंकले मेरो नाम सोधेर खाता लेख्यो...

चुनावमा पराजय व्यहोरेपछि नेतृत्व परिवर्तनबारे एमालेमा उठ्न थाल्यो बहस

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस बाक्लिन थालेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायत दोस्रो र तेस्रो तहका नेताहरूले निर्वाचन परिणामप्रति जिम्मेवार ठहर्‍याउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज पार्टीभित्र...

फुटबल खेलाडी संघको तीन बुँदे मागमा एन्फा भन्छ- तालाबन्दीले सहमति कार्यान्वयन असम्भव

३ घण्टा अघि   सेतोपाटी

अखिले नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रीय कार्यालयमा आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  यसअघि खेलाडी संघले तीन बुँदे माग राख्दै तालाबन्दी गरेको थियो।  सार्वजनिक विदाको दिनमा कुनै पूर्व जानकारी र संवादविना अप्रत्याशित रूपमा...

माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

गुल्मीमा माछा मार्न भन्दै खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडा नं. १ अरेवाका २१ वर्षीय दीपजन दर्लामीको बढिगाड खोलामा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी...

२१५ करोडको ओटिटी प्रस्ताव अस्वीकार गर्दै 'अल्फा' थिएटर रिलिजतर्फ, तोकियो मिति

३ घण्टा अघि   सेतोपाटी

आलिया भट्ट, शर्वरी वाघ, अनिल कपूर र बबी देओल अभिनीत स्पाई युनिभर्स फिल्म 'अल्फा' को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म १० जुलाई २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउने भएको हो। प्रोडक्सन हाउस यशराज फिल्म्सले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ।...

ढुंगाले हानेको देवदारु!

३ घण्टा अघि   सेतोपाटी

कहिलेकाहीँ,  देशले आफ्नै साहसलाई चिन्दैन उ त्यो पहाडजस्तै मानिसलाई पहिले ढुंगा हान्छ र पछि त्यही ढुंगाबाट मूर्ति बनाउँछ। तिमीलाई सम्झँदा मलाई अदालतका ती चिसा गल्छेडा याद आउँछन् जहाँ शब्दहरू, कानुनका अनुच्छेद मात्र थिएनन्, ती त, अडानको धारिलो फलाम थिए। सुशीला,...

तस्बिरमा हेर्नुस् राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा उनीहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्।   गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट...

बूढानीलकण्ठमा एक जना मृत फेला

४ घण्टा अघि   सेतोपाटी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृत फेला परेका छन्। हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए। ‘बूढानीलकण्ठ–१०...

रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरूद्धको रिट हेर्न नभ्याइनेमा

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ गर्न नभ्याइने भएको हो।...

४० जिल्लामा रास्वपाको क्लिनस्वीप

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४० जिल्लामा एकलौटी जित हात पारेको छ। २०७९ सालमा स्थापना भएको पार्टीले चार वर्षको छोटो अवधिमै असाधारण सफलता हासिल गरेको हो। २०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट...

बुटवलबाट विद्यार्थी लिन पाल्पा जाँदै गरेको स्कुल बसमा ढुंगा खस्यो

४ घण्टा अघि   सेतोपाटी

बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै स्कुल बसमाथि ढुंगा खसेको छ। विद्यार्थी लिन बुटवलबाट पाल्पातर्फ जाँदै गरेको स्टार इङ्लिस बोर्डिङ स्कुल बुटवलको लु १ क ३६३७ नं. को बसमाथि ढुंगा खसेको हो। प्रहरी चौकी दोभान पाल्पाका अनुसार तिनाउ गाउँपालिका-३ सिद्धबाबा सुरूङ मार्गको बुटवल...

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित 'पल्सर नेक्ट जेन १५०' सार्वजनिक

५ घण्टा अघि   सेतोपाटी

नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ।  आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। नयाँ संस्करणको पल्सर १५० मा...

रेखा थापाको निर्देशनमा 'माया भनेकै यस्तो होला' बन्दै, शिवपुरीबाट थालियो छायांकन

५ घण्टा अघि   सेतोपाटी

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'माया भनेकै यस्तो होला' को छायांकन थालिएको छ। सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायांकन सुरू गरिएको हो। 'हिम्मतवाली' र 'मालिका' जस्ता फिल्म निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्।...

निर्वाचनले एमालेको नीति र नेतृत्व अस्वीकृत गर्‍यो– योगेश भट्टराई

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव योगेश भट्टराईले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी...