ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजी क्षेत्रसँग 'उन्नत समझदारी' आधारित सहकार्य गर्छौ: अर्थमन्त्री वाग्ले

१ मिनेट अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्र मैत्री रहेको प्रतिक्रिया दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको साथबिना मुलुकको अर्थतन्त्र सुधारको सम्भावना नरहेको भन्दै सरकार निजी क्षेत्र मैत्री हुने बताएका हुन्। उनले निजी क्षेत्रसँग...

कांग्रेसले बोलायो संसद समन्वय वोर्डको पहिलो बैठक

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले संसद समन्वय वोर्डको पहिलो बैठक आह्वान गरेको छ। संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको बैठक मंगलबार बस्नेछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ।...

जनकपुरमा २ अर्ब लगानीको पाँचतारे होटल बन्ने

३८ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष रामेश्वर शाहले जनकपुरधाममा पाँचतारे होटल निर्माण गर्ने परियोजना सुरू गरेका छन्।  मिथिला हस्पिटालिटीमार्फत अघि बढाइएको यस आयोजनाको भुमी पुजन सम्पन्न भएको छ। चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनपछि शाहले जनकपुरमा लगानी विस्तार गरेका हुन्। करिब २ अर्ब...

दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

५१ मिनेट अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका दीपक भट्टलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित हुन आदेश दिएको छ। सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ गर्दै उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो। ‘... यो आदेश प्राप्त...

कतार पुगेर साम्बाले भनिन्-एकातर्फ आफूमैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबल देखेर निराश छु

५२ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बा घुँडाको शल्यक्रियापछि डेढ महिनापछि कतार पुगेकी छन्।  उनी कतारमा रिह्याबका लागि पुगेकी हुन्। गत चैत दोस्रो उनको न्युजिल्यान्डको अकल्यान्डमा शल्यक्रिया भएको थियो। यसअघि साम्बाको कतारमा शल्यक्रिया हुने भनिए पनि खाडी  क्षेत्रको...

घरमा सम्पत्ति शुद्धीकरणको छापापछि के भन्छन् बागमतीका मुख्यमन्त्री?

५८ मिनेट अघि   सेतोपाटी

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै त्यसले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका छन्। सोमबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित आफ्ना घर तथा कार्यालयमा छापा मारी...

जर्मनीको फ्र्यांकफर्टमा ११ औं नेपाल डे मनाइयो

१ घण्टा अघि   सेतोपाटी

जर्मनीको फ्र्यांकफर्टमा ११ औं नेपाल डे कार्यक्रम सम्पन्न भएको छ। 'नेपाल केवल लोकसंस्कृति मात्र होइन: संस्कृति, समुदाय र प्रतिबद्धता' भन्ने नारा सहित नेपाली समाज जर्मनीको आयोजनामा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली, स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता थियो। कार्यक्रममा संगीत, नृत्य, नेपाली परिकार...

भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ। आइतबार मध्यराति भक्तपुर नगरपालिका-५ आदर्शस्थित सडकमा टिपरको ठक्करबाट भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जवेगुका अनुसार बा ४ ख ३१५६ नम्बरको टिपरले सहनीलाई...

आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थाल्यो लुम्बिनी सरकारले

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले सोमबारदेखि  आफ्नै  नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरू गरेको छ।  दाङको राप्ती गाउँपालिका–३ मा मण्डला आकारका भव्य प्रशासनिक भवनहरू निर्माण गरिएका छन्। यो प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरू गरेका छन्। यसअघि स्वास्थ्य मन्त्रालय,...

राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा गराउने तयारी, करिअर डिप्लोम्याट पनि बढाइने

२ घण्टा अघि   सेतोपाटी

सरकारले सार्वजनिक पदाधिकारीलाई 'राजनीति र नातावादबाट मुक्त गर्ने' भन्दै झन्डै १६ सयलाई पदमुक्त गरेसँगै विभिन्न देशका राजदूत नियुक्तिमा पनि नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ। नेपालमा हालसम्म अभ्यास हुँदै आएको राजदूत नियुक्ति प्रणाली परिमार्जन गर्दै खुला प्रतिस्पर्धात्मक मोडालिटी लागू...

लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली सर्‍यो बागमती र मधेस

२ घण्टा अघि   सेतोपाटी

हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको विभागले...

चीनमा नेपाली तेक्वान्दो टोलीले जित्यो चार स्वर्ण

२ घण्टा अघि   सेतोपाटी

चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्।  नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन्। तामाङले व्यक्तिगत पुम्सेको १९ वर्ष मुनी क्याटागोरीको स्वर्ण जिते। यस्तै ४९ केजी तौल समूहको फाइटमा पनि उनी...

सुकुम्बासी बस्तीमा तत्काल 'डोजर आतंक' रोक्न सांसद शर्माको माग

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको ‘डोजर आतंक’ तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन्।   प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद शर्माले वास्तविक सुकुम्बासी र हुकुम्बासीको पहिचान नगरी बस्तीहरूमा...

सुकुम्बासी राखिएको होल्डिङ सेन्टर अनुगमन गर्नुपर्ने नेम्वाङको प्रस्ताव

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा सांसद सुहाङ नेम्बाङले सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। समितिको बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा राज्यको भूमिका संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए। 'राज्य सबैभन्दा बढी त्यही नागरिकको...

सपनाको दाहसंस्कार!

२ घण्टा अघि   सेतोपाटी

रित्तिँदै छन् बस्तीहरू, ओसारेर जवानीको भारी ब्युँझिँदै छन् सपनाहरू, सिमानाका काँडेतार नाघ्ने गरी  दलालका रङ्गिन शब्द–जालमा अल्झिएका ती सोझा आँखा खोज्दै छन् गन्तव्यको जून, तर भेट्छन् केवल अन्धकारका पाखा। कुन भूगोलको कारावास हो यो, जहाँ आफ्नै छायासँग डराउनुपर्छ? कुन मृगतृष्णाको...

नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले दिए राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। उनले सभापति गगन थापासमक्ष आज राजीनामा दिएका हुन्। विश्वकर्मालाई २०८० असोज १३ गते तत्कालीन सभापति शेरबहादुर देउवाले नेपाल दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेका थिए।  उनले पारिवारिक तथा शारिरीक समस्या...

नेप्सेसँगै घट्यो कारोबार रकम

२ घण्टा अघि   सेतोपाटी

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २६ करोड रूपैयाँको...

पोखराका सुकुम्बासी आन्दोलित (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका सुकुम्बासी बस्तीमा सरकारी डोजर चलिरहँदा पोखराका सुकुम्बासी आन्दोलन थालेका छन्। काठमाडौंमा सुकुम्बासीको उचित व्यवस्थापन नगरी अत्याधिक बल प्रयोग गरेर डोजर चलाएको भन्दै विरोध स्वरुप पोखराका सुकुम्बासी सडकमा निस्किएका हुन्। उनीहरुले अब आन्दोलन जारी राख्ने पनि उद्घोष गरेका छन्। पोखरा...

सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बैठक बसेको हो। समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयहरूमाथि बैठकमा छलफल हुनेछ। 

आर्थिक तथा पर्यावरणीय उन्नयनका लागि वनस्पति

२ घण्टा अघि   सेतोपाटी

नेपालजस्तो जैविक विविधताले सम्पन्न देशका लागि वनस्पति स्रोत अमूल्य निधि हो। प्रकृति, मानव जीवन र आर्थिक समृद्धिबिचको अन्तरसम्बन्ध अझ बढी परिष्कृत गराउन वनस्पतिले महत्त्वपूर्ण भूमिका खेल्दछन्। वनस्पतिलाई केवल हरियालीको प्रतीक मात्र नभई दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणको प्रमुख...

अप्रिलमा भित्रिए एक लाख बढी पर्यटक

३ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्।  नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन्। बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा...

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

३ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराति न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू...

स्थानीय तहमा उम्मेदवार बन्न रास्वपाले तय गर्न लागेको ६ खुट्किलो

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको ६ आधार तयार पारेको छ। आगामी वर्ष हुने स्थानीय तहका ३५२२१ पदको उम्मेदवारीका लागि रास्वपाले  क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमीको अनिवार्य अभ्यास गर्न लागेको छ। स्थानीय तहका उम्मेदवार बन्न इच्छुक कुनै...

लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिवद्ध छ— सरकार प्रवक्ता

३ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सीमा विवादका सम्बन्धमा परराष्ट्र...