ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रपतिकहाँ पुग्यो ११० वटा सार्वजनिक संस्थाका पदाधिकारीलाई पदमुक्त गर्ने अध्यादेश

१२ मिनेट अघि   सेतोपाटी

११० वटा सार्वजनिक संस्थामा यसअघिका सरकारले गरेका नियुक्ति खारेज गर्ने गरी अध्यादेश राष्ट्रपति समक्ष पेस भएको छ।  प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दिपा दाहालले बुधबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश सिफारिस गरिएको जानकारी दिएकी थिइन्।  ‘राजनीतिक...

रोल्पा जिप दुर्घटना- मृतकको संख्या २० पुग्यो, एक जना सामान्य घाइते

१६ मिनेट अघि   सेतोपाटी

रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।  उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का  ३२ वर्षीय  समिर कामी घाइते छन्। उनको...

सर्वोच्चका १३ न्यायाधीशको इजलासले माग्यो एमिकस क्युरी, किन?

२० मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले एमिकस क्युरी माग गरेको छ। बिहीबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित १३ जनाको बृहत् पूर्ण इजलास बसेको हो। बृहत पूर्ण इजलास विशेष अवस्थामा मात्रै बसिन्छ।  सर्वोच्च अदालतकै कर्मचारी बालाजीप्रसाद पाण्डेय सहित ५ जनाले...

राष्ट्रपतिले गरे संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श

४३ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेका छन्। बिहीबार भएको उक्त परामर्शमा कानुनविद् बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराईको सहभागिता रहेको थियो। राष्ट्रपतिको सचिवालयका अनुसार...

रोल्पा जिप दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु, १ जना घाइते

४८ मिनेट अघि   सेतोपाटी

रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।  रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर विश्वकर्माका अनुसार दुर्घटनामा परी घटनास्थलमै १८ जनाको मृत्यु भएको हो।  ‘अठार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘एक जना...

सामसङको 'रेमिटमा बेनिफिट क्याम्पेन' सुरू

५१ मिनेट अघि   सेतोपाटी

सामसङ नेपालले 'रेमिटमा बेनिफिट' नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरू गरेको घोषणा गरेको छ। यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिटेन्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो। रेमिटेन्स केवल आर्थिक...

आफै घर भत्काउन थाले टेकुका सुकुम्बासीले (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

टेकु क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीले आफ्ना घरटहरा आफै भत्काउन थालेका छन्। खोला किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र भएसँगै स्थानीय बासिन्दाले घरका झ्याल–ढोका निकाल्दै संरचना हटाउन सुरू गरेका हुन्। केहीले भने घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्। प्रशासनले...

प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएको रिटको सुनुवाइ जेठ ६ गते हुने

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतले जेठ ६ गते सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको सुनुवाइका लागि जेठ ६ गते बुधबारको दिन संवैधानिक इजलासमा हुने भएको...

सामाखुसी खोला किनारका घर टहरा आफै भत्काउन थाले सुकुम्बासीले (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सामाखुसी खोलाको किनारमा रहेका घरटहरा सुकुम्बासी आफैले भत्काउन सुरू गरेका छन्। खोला अतिक्रमण हटाउने तयारीसँगै उनीहरूले घरका झ्याल–ढोका निकाल्दै संरचना हटाउन थालेका हुन्। केही स्थानमा भने धमाधम सामान सार्ने काम भइरहेको छ। त्यहाँ करिब १० वटा घरटहरा खोला र सडकबीचको क्षेत्रमा रहेका...

म्यानपावरलाई बैंकिङ प्रणालीबाट मात्रै पैसा बुझाउनू–विभाग

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरूलाई सेवा शुल्क बुझाउँदा बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन आग्रह गरेको हो। व्यवसायीलाई समेत नगदमा कारोबार नगर्न आग्रह गरेकोछ।...

रोल्पामा गाडी दुर्घटना हुँदा ठूलो मानवीय क्षतिको आशंका

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।  थवाङ गाउँपालिका–१ सल्यानबाट जीप झन्डै आठ सय मिटरमुनि खसेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।  जिप रूकुमबाट थवाङ जलजलातर्फ पूजाका लागि जाँदै थियो। कच्ची सडकखण्डमा बाटोदेखि...

७७ वटै जिल्लालाई गृहको परिपत्र- अतिक्रमित जग्गा पहिचान गर्नू, हटाउन सुरक्षा प्रबन्ध मिलाउनू

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न पत्राचार गरेको छ।  बुधबार गृहका शाखा अधिकृत कृष्ण देवकोटाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएको हो। उक्त परिपत्रमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको...

पुग्न नसकेको त्यो चियाको कप!

१ घण्टा अघि   सेतोपाटी

रातिको खानापछि तिमी आफ्नो कोठामा सुत्न गयौ। म भने बाहिर हलमा रहेको सानो बेडमा निद्रासँग युद्ध लड्न थाले। मनभित्र अनेकौँ कुराहरू खेलिरहेका थिए, काश, एकछिन मात्र तिमीसँग छतमा बसेर मनको कुरा पोख्न पाए, तिमीलाई मेरो भावना बताउन पाए भने सायद...

दिपक भट्ट जोडिएका ८ कम्पनीका संस्थापक सेयरधनीहरूको विवरण छानबिनमा, कारण के?

१ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको हिमालयन रि-इन्स्योरेन्स लगायत ८ वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा कसले कुन तरिकाबाट संस्थापक सेयर किनेका छन् भनेर खोजी गर्न थालिएको छ। यसका लागि ती कम्पनीको संस्थापक सेयर किन्नेहरूको विवरण...

सुकुम्बासी बस्ती हटाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाएको विरोधमा सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ माग गर्दै प्रदर्शन भएको छ। बिहीबार जेनजी मुभमेन्ट अलायन्सका युवाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीले सर्वोच्च अदालत परिसर...

टेकु वंशीघाटमा सुकुम्बासीले ओसार्न थाले सामान (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीबाट मानिसहरूले सामान ‌ओसार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेपछि बिहीबार त्यहाँ बस्दै आएका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा लगेका हुन्। बुधबार काठमाडौं महानगरपालिकाले बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको...

इन्टर्नसिपको पहिलो दिन!

२ घण्टा अघि   सेतोपाटी

काठमाडौँको सडकमा गुड्ने ट्याक्सीको हतारो र मेरा पाइलाहरूको गति लगभग उस्तै थियो। कालो कोट, सेतो सर्ट र टल्किने जुत्तामा म एउटा सपनाको राजकुमार जस्तै सजिएको थिएँ। पाँच वर्षसम्म विश्वविद्यालयको पुस्तकालयमा 'अस्टिन', र 'सालमण्ड' का सिद्धान्तहरू माथि घोत्लिँदै गर्दा मैले कल्पना...

कसरी निर्माण गरिँदै छ धानखोला–लमही सडक? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि भालुवाङ हुँदै पश्चिम लमहीसम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम बुधबारदेखि भौतिक रूपमा सुरू भएको छ। यो सडकखण्ड नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सडक मर्मत...

आयातित वस्तुको जाँचपासमा समस्या भएपछि भन्सारमै स्वघोषणा गर्न प्रस्ताव

३ घण्टा अघि   सेतोपाटी

विदेशबाट आयात गरी नेपालमा बिक्री–वितरण गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार लचक भएको छ। भन्सार जाँचपास र व्यापार सहजीकरणमा समस्या देखिएपछि सम्बन्धित निकायले सहजीकरणको प्रस्ताव अघि सारेका छन्। भन्सार विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई...

नालापानीमा छुटेको एक टुक्रा नेपाल!

३ घण्टा अघि   सेतोपाटी

देहरादूनमा अझै घाम निस्केको थिएन। डिसेम्बरमा बिहान, बिहानै घाम नदेखिनु अनौठो होइन। हामी घामभन्दा पहिले नै बाहिर निस्क्यौँ। देहरादूनको सडक राति ढिला सुतेको मान्छे जस्तो लमतन्न पसारिएको थियो। त्यो पूरै नब्युँझिसकेको सडकमा म भने एकदम फुर्तिलो भएर उभिएको थिएँ। ठाडो...

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्। सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

क्लासिक टेकले ल्यायो '१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्' अफर

३ घण्टा अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एक वर्ष जोड्नुस् ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहकहरूले ३०० एमबिपिएस उच्च गतिको इन्टरनेट र आइपी टिभी जडानमा ४ वर्षसम्म आइपी टिभी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क...

अतिक्रमित जग्गा खाली गर्न दाङ प्रशासनले जारी गर्‍यो सार्वजनिक सूचना

३ घण्टा अघि   सेतोपाटी

स्थानीय प्रशासनले आफ्नो नामको अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको छ।  दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहीबार सार्वजनिक सूचनामार्फत जिल्ला प्रशासन कार्यालय घोराही दाङको नाममा रहेको घोराही उपमहानगरपालिका वडा नं.  १४ र १६ मा  रहेका सुकुम्बासी बस्ती हटाउन...

२७ सय नजिक पुगेर अडियो नेप्से

४ घण्टा अघि   सेतोपाटी

लगातार तेस्रो दिन घटेर नेप्से यस साताको अन्तिम कारोबार दिन २७३८ मा बन्द भयो।  तीन दिनमा नेप्सेले करिब ५८ अंक गुमाएको छ। बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो। त्यसपछि केही घटबढ सहित...