संविधानविदहरू भन्छन्– संवैधानिक परिषदमा कानुनी शून्यता छैन, अध्यादेश ल्याउनुपर्दैन
करिब दुई-तिहाइ बहुमत रहेको सरकारले आफूले बोलाइसकेको संसद अधिवेशन स्थगित गरेर धमाधम अध्यादेशहरू राष्ट्रपतिकहाँ पठाएको विषय अहिले आलोचित बनेको छ। सोमबार राति सरकारले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। मंगलबार राति थप तीनवटा अध्यादेश (स्वास्थ्य...
